आइतबार ०७ बैशाख, २०८२

नेपाली समय

उत्कृष्ट पाँच केन्द्र सहित जीवन विकासले गर्‍यो विभिन्न सम्मान

उत्कृष्ट पाँच केन्द्र सहित जीवन विकासले गर्‍यो विभिन्न सम्मान

भोजपुर, ८ चैत्र । लघुवित्तको क्षेत्रमा काम गर्दे आई रहेको संस्था जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको भोजपुर शाखाले बिहीबार विभिन्न विद्याहरूमा उत्कृष्ट हुनेहरूलाई सम्मान गरेको छ । 

केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा शिवालय जीवन विकास केन्द्र नम्बर एकका युवा कुमारी प्रधान, नव बुद्ध जीवन विकास केन्द्र नम्बर ४६ का अनुसार तामाङ र बाक्टुवा जीवन विकास केन्द्र नम्बर ७७ का तारादेवी राईलाई सम्मान पत्र सहित उत्कृष्ट बचत पुरस्कारबाट सम्मान गरिएको हो । यस्तै उत्कृष्ट एटिएम पुरस्कारबाट भूमिका जीवन विकास केन्द्र नम्बर ५७ का शान्ता कुमारी राई, उत्कृष्ट ऋणी पुरस्कारबाट जाल्पादेवी जीवन विकास केन्द्र नम्बर ६२ का सृजना तामाङ, हेमखामा जीवन विकास केन्द्र नम्बर ३९ का निर्मला देवी राई र यायोक्खा जीवन विकास केन्द्र नम्बर ३० का रञ्जना राईलाई सम्मानपत्रबाट सम्मान गरिएको शाखा प्रमुख खगेन्द्र चौलागाईले जानकारी दिनुभयो । 

सोक्रममा शिवालय जीवन विकास केन्द्र नम्बर एकका सुशीला श्रेष्ठलाई उत्कृष्ट उद्यमी पुरस्कार प्रदान गरिएको छ भने रामप्रसाद राई गाउँपालिकाको हाङचेवा जीवन विकास केन्द्रलाई प्रथम, टेम्केमैयुङ गाउँपालिकामा रहेको चखेवा जीवन विकास केन्द्रलाइ दोश्रो, रामप्रसाद राई गाउँपालिकाको बुङवा बारा जीवन विकास केन्द्रलाई तेश्रो र रामप्रसाद राई गाउँपालिकाको ओमशान्ति जीवन विकास केन्द्र, टेम्केमैयुङ गाउँपालिकाको चाम्लिङ जीवन विकास केन्द्रलाई सान्त्वना उत्कृष्ट केन्द्र सम्मान गरिएको छ । 

शैक्षिक क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले आबद्ध सदस्यहरूका बालबालिकाहरूलाई झोला सहितको शैक्षिक सामाग्री समेत प्रदान गरिएको छ । उनीहरूलाई भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले ती सामाग्री प्रदान गर्नुभयो । 

भोजपुर नगरपालिका, टेम्कैमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र पौवादुङमा गाउँपालिका कार्य क्षेत्र रहेको जीवन विकास लघुवित्तको भोजपुर शाखा मातहत ७१ वटा केन्द्र छन । जसमा कुल सदस्य नौ सय ८३ जना र कुल ऋणी चार सय ४५ जना रहेको शाखा प्रमुख चौलागाईले जानकारी दिनुभयो । पाँच करोड ३३ लाख ५८ हजार चार सय २९ रुपैयाँ ऋण परिचालन गरिएको छ भने दुई करोड १८ लाख ९४ हजार एक सय १९ रुपैयाँ कुल बचत रहेको शाखाले जनाएको छ । 

जीवन विकासको बिकासक्रम, लक्ष्य, उद्देश्य र कृयाकलापहरुको बारेमा कोशी प्रदेश विभागीय प्रमुख साबित्री देवी श्रेष्ठले कार्यक्रममा जानकारी गराउनु भएको थियो । संस्थाले बचत तथा ऋण परिचालनको बाहेक सामाजिक, आर्थिक, शैक्षिक र वित्तीय व्यवस्थापनको कार्यक्रम समेत सञ्चालन गर्दे आई रहेको विभागीय प्रमुख सुदिप कुमार मण्डलले बताउनुभयो । 

कार्यक्रममा नगर प्रमुख कैलाश कुमार आले, वडा नम्बर सातका वडाध्यक्ष जय कुमार तामाङ, शान्ता राई, विभागीय प्रमुख मण्डल लगायतले विभिन्न क्रियाकलाप सहित जीवन विकासले उद्यमशीलता लगायतको क्षेत्रमा खेलेको भूमिका पनि प्रभावकारी रहेको धारणा राख्नु भएको थियो ।