शनिबार ०६ बैशाख, २०८२

नेपाली समय

आगलागी पीडित चार परिवारलाई त्रिपाल बितरण

आगलागी पीडित चार परिवारलाई त्रिपाल बितरण

​​​​​​टक्सार (भोजपुर), ६ चैत्र । लघुवित्त कर्मचारी मिलन केन्द्र भोजपुरले आगलागीबाट पूर्णरुपमा घरबार विहीन बनेका चार परिवारलाई राहत स्वरूप त्रिपाल बितरण गरेको छ । 

चैत्र ४ गते जङ्गलमा लागेको डढेलो गाउँबस्तीमा पस्दा भोजपुर नगरपालिका वडा नम्बर १२, पारपानीका स्थानीयको आठ घर र आठ पाली जलेर नष्ट भएको थियो । लघुवित्त मिलन केन्द्रले बुधवार आगलागी भएको ठाउँमा पुगी पीडित चार परिवारलाई बस्नका लागि त्रिपाल बितरण गरेको केन्द्रका अध्यक्ष अर्जुन ढुङ्गानाले बताउनुभयो । अध्यक्ष ढुङ्गानाले भन्नुभयो, “पीडित परिवारलाई बसोवासमा सहजता होस भन्ने उद्देश्यले केन्द्रले सहयोग गरेको हो ।”

केन्द्रले पूर्णरुपमा घरबार विहीन शम्भु प्रसाद चापागाई, शेखर प्रसाद धमला, शक्ति श्रेष्ठ र गोमा दमाईको परिवारलाई त्रिपाल बितरण गरेको हो । केन्द्रको सहयोगले बसोवासमा सहजता हुने आगलागी पीडित शम्भु प्रसाद चापागाईले बताउनुभयो ।