शनिबार ०६ बैशाख, २०८२

नेपाली समय

रौतहट चन्द्रपुरमा बेवारिसे शव फेला

रौतहट चन्द्रपुरमा बेवारिसे शव फेला

रौतहट, २ चैत । रौतहटमा शनिवार बेवारिसे शव फेला परेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ बनबौहरीकाे आँप खोलामा शनिवार एक जना पुरुषको बेवारिसे शव फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले दिएको जानकारी अनुसार शनिवार बिहान अन्दाजी ११:३० बजे अन्दाजी ३६ वर्षीय देखिने एक युवकको मृत अवस्थामा शव फेला परेको थियो ।

प्रहरीका अनुसार स्थानीयहरूले सो शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो खबर प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर मातहतको प्रहरी चौकी बनबहुअरी र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक साजन कुमार शर्माको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएका थिए । सो प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानका कार्य गरी प्रादेशिक अस्पताल गौर, रौतहटमा शव परीक्षणको लागि पठाइएको जनाएको छ ।

हालसम्म पनि मृतकको सनाखत नभएकोले मृतकको शवलाई चिन्नुहुने महानुभावहरूले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको मो.नं ९८५५०९०१६६ र ९८५५०१५२१३ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

मृतकको शवको हुलिया वर्ण गहुगोरो, उचाई ५.५ फिट, कालो छोटो कपाल,कालो जिन्स पाईन्ट र कालो भेष्ट लगाएको,तराई मुलुक जस्तो देखिने हातमा रातो धागो बाधेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।