शनिबार ०६ बैशाख, २०८२

नेपाली समय

प्रचण्डले ज्ञानेन्द्र शाहलाई 'मूर्ति चोर, भाइ मारा र  तस्कर'को आरोप लगाएपछि किरणले प्रचण्डलाई प्रश्न गरे, "हजारौँ नेपाली मर्न र मार्ने बाध्य भएर अझै पुगेन ?"

प्रचण्डले ज्ञानेन्द्र शाहलाई 'मूर्ति चोर, भाइ मारा र  तस्कर'को आरोप लगाएपछि किरणले प्रचण्डलाई प्रश्न गरे, "हजारौँ नेपाली मर्न र मार्ने बाध्य भएर अझै पुगेन ?"

काठमाडौँ, २ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । उनले संसदीय व्यवस्थाका विरुद्ध हजारौँ मानिसलाई मर्न र मार्ने बाध्य पारिसकेपछि, पुनः संसदीय व्यवस्थामै लम्पसार परेको आरोप समेत लगाएका छन् ।

किरणले प्रचण्डलाई भनेका छन् ज्ञानेन्द्र सरकारको विषयमा छानबिन गरेर कारबाही गर्न समेत माग गरेका छन्‌ होइन भने सकिन तयार हुन समेत चेतावनी दिएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारे कार्यक्रममा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर, भाइ मारा र  तस्करको आरोप लगाएका थिए । देशभर राजसंस्थाको पक्षमा जनमत बढिरहेको बेला गणतन्त्रवादी नेताहरू आत्तिएका छन्। उनीहरू राजसंस्था विरुद्ध अभिव्यक्ति दिँदै हिँडेका किरणको भनाइ छ । 

किरणले प्रश्न गर्दै भनेका छन् , 'कसैलाई दुई दशक यता देशलाई लुट्ने बाहेक के गर्नुभयो ? नेपाली युवाहरूलाई स्वदेशमा बस्न नसक्ने परिस्थिति निर्माण गर्ने बाहेक के गर्नु भयो? त्यसका सार्वजनिक संस्थाहरूलाई ध्वस्त पार्ने बाहेक के चाहिँ गर्नुभयो?'

उनले प्रचण्डलाई अभिव्यक्ति फिर्ता लिन  र सच्चिन समेत आग्रह गरेका छन्। संसदीय व्यवस्था भनेर लडेर काङ्ग्रेस एमालेसँग लम्पसार पर्दै विदेशी भूमिमा गएर १२ बुँदे समझदारी गरेको विदेशीकै इशारामा संविधान बनाएको कारण देश असफलतातर्फ हुनुभएको किरणले दाबी गरेका छन्।