शनिबार १३ बैशाख, २०८२

नेपाली समय

सांसद जैदअलामद्वारा सडक निर्माणको  शिलान्यास

सांसद जैदअलामद्वारा सडक निर्माणको  शिलान्यास

रौतहट, २७ फागुन । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ३ अन्तर्गत मद्रसा इम्दादुल उलुम नजिकै रहेको बलुवा टोलमा अधुरो कब्रस्तानको बावन्डरी शिलान्यास भएको छ। यस शिलान्यास कार्यक्रमको नेतृत्व पूर्व मधेस प्रदेश खेलकुद, महिला तथा बालबालिका मन्त्री एवं वर्तमान प्रदेश सांसद मोहम्मद जैद आलमले गर्नुभएको हो। यो परियोजना प्रदेश स्तरीय बजेटबाट ३५ लाख रुपैयाँको लागतमा सम्पन्न हुने योजना रहेको छ।

शिलान्यास कार्यक्रममा राजपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शेख हसिन अख्तर, नेकपा एमालेका युवा नेता शेख हाबिल, नेकपा नगर इन्चार्ज मोहम्मद फोजैल, युवा जमिलखतर शेख, मोहम्मद मिन्नतुल्लाह लगायतका स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। नगरभित्रका युवा, समाजसेवी, बुद्धिजीवी, र सञ्चारकर्मी  इप्रका राजपुरको प्रहरी जवान लगायत सयौँ व्यक्तिहरूको सहभागिता रहेको थियो।

त्यसैगरी, ईशनाथ नगरपालिका वडा नम्बर ३ औरैयामा पनि प्रदेश स्तरीय २५ लाख रुपैयाँको बजेटमा आर.सी.सी.  सहित सडक ढलानको शिलान्यास गरिएको छ। यस कार्यक्रममा प्रदेश सांसद मोहम्मद जैद आलम, पूर्व मेयर सन्तोष मेहता, पूर्व वडा अध्यक्ष राम कैलाश राउत लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। राजपुर नगरपालिका नेकपा नगर इन्चार्ज फोजैल आलमले बताए