शनिबार १३ बैशाख, २०८२

नेपाली समय

भोजपुरमा पनि विविध कार्यक्रम सहित मनाइयो नारी दिवस (फोटो सहित)

भोजपुरमा पनि विविध कार्यक्रम सहित मनाइयो नारी दिवस (फोटो सहित)

भोजपुर, २४ फागुन । भोजपुर जिल्लामा पनि विविध कार्यक्रम सहित एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।

‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने  नाराका साथ विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइएको हो । जिल्लाका ९ वटै स्थानीय तहहरूले विविध कार्यक्रम सहित कार्यक्रम गरेका छन । नृत्य, बकतृत्वकला, सम्मान लगायतका कार्यक्रम जिल्ला तहमा सञ्चालन भएका छन । 

दिवसको अवसरमा भोजपुर नगरपालिकाले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नृत्य, शिक्षिका, महिला स्वयम् सेविकाहरूलाई सम्मान सहितको कार्यक्रम गरिएको नगर उपप्रमुख निर्मला शेर्पाले बत्ताउनुभयो । जिल्ला समन्वय समिति उपप्रमुख अनिशा खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । २० वर्षभन्दा लामो अवधि काम गर्ने २१ शिक्षिकाहरूलाई सम्मान गरिएको छ । नृत्य तर्फ भोजपुर बहिरा आवासीय विद्यालयका विद्यार्थी उत्कृष्ट भएका छन । 

विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्ने लगायतका उद्देश्य पनि यस दिवसको रहेको छ ।