शनिबार १३ बैशाख, २०८२

नेपाली समय

राइस मिलको जग्गा सम्बन्धी महत्त्वपूर्ण निर्णय, २ बिघा १५ कट्ठा नगरपालिकाको नाममा दान

राइस मिलको जग्गा सम्बन्धी महत्त्वपूर्ण निर्णय, २ बिघा १५ कट्ठा नगरपालिकाको नाममा दान

रौतहट, २१ फागुन । जिल्लाको सदरमुकाम गौर नगरपालिकाले  राइस मिलको मोही बाहेक भोगमा रहेको ४ बिघा ११ कट्ठा जग्गासम्बन्धी महत्त्वपूर्ण निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकबाट गौर नगरपालिकाको नाममा २ बिघा १५ कट्ठा जग्गा दानमा प्राप्त गर्ने र बाँकी १ बिघा १६ कट्ठा सम्बन्धित जग्गा धनीलाई फुकुवा गर्ने निर्णय भएको हो।

नगर प्रमुख शम्भू साहका अनुसार सम्माननीय अदालत, अख्तियार लगायत कुनै पनि निकायबाट उक्त जग्गा रोक्का राख्ने निर्देशनात्मक आदेश नआएकाले गौर नगरवासीको हितमा कानून बमोजिम निर्णय लिइएको हो। नगरपालिकाले पटक-पटक छलफलपछि कानुनी प्रक्रिया पूरा गर्दै यो निर्णय गरेको प्रमुख साहले जानकारी दिए ।

नगरपालिकाले जग्गा अधिग्रहण गर्न परेमा अनुमानित लागत करिब १६ देखि १७ करोड रुपैयाँ लाग्ने बताइएको हो । साथै, गौर राइस मिलको जग्गामा रहेको सार्वजनिक बाटो, मन्दिर र धर्मशालाको जग्गालाई सार्वजनिक रूपमा पास गरिने सहमति समेत भएको नगर प्रमुख साहले ।

नगरपालिकाको यो निर्णयले स्थानीयवासीलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विश्वास गरिएको र सो जग्गा दानमा दिने भएको जनाइएको हो ।