आइतबार ०३ चैत, २०८१

नेपाली समय

ने.क.पा (माओवादी केन्द्र) को कृष्णानगरमा वडा कमिटी गठन

ने.क.पा (माओवादी केन्द्र) को कृष्णानगरमा वडा कमिटी गठन

रौतहट, ३ फागुन । ने.क.पा (माओवादी केन्द्र) कृष्णानगरकाे आयोजनामा वडा नं १ र २ मा वडा कमिटी गठन भएको छ । उक्त कमिटी गठन प्रक्रियामा वार्ड नम्बर १ र वार्ड नम्बर २ का जनताले उत्साहपूर्वक भाग लिएका थिए । पार्टीको सङ्गठन पुनः निर्माण र जनताको समस्याहरूको समाधानतर्फ एउटा महत्त्वपूर्ण कदम रहने सहभागीहरुको धारणा रहेको थियो।

कार्यक्रमका प्रमुखअतिथि शान्ति देवी हरिजनले भनिन् "माओवादी केन्द्र पार्टी जनताको समस्याहरूको समाधान र विकासको लागि काम गर्दैछ।" 

विशिष्ट अतिथि राजेन्द्र आचार्यले भने, "पार्टीको उद्देश्य सत्ता प्राप्ति मात्र नभई जनताको अधिकारको रक्षा गर्नु र उनीहरूको जिवनस्तर उकास्नु पनि हो।"

मौलाना मशहूद खां नेपालीले भने, "माओवादी केन्द्र पार्टी सधैँ उत्पीडित, कमजोर वर्ग र अल्पसङ्ख्यकका अधिकारहरूको आवाज बनेको छ। आज हामी जुन परिवर्तन देख्न चाहन्छौँ, त्यो प्राप्त गर्न हामीलाई एकजुट भएर काम गर्नुपर्ने छ। हामीले न्याय, समानता र विकासका सिद्धान्तलाई सुदृढ बनाउनुपर्नेछ। यो आन्दोलन केवल शब्दहरूको युद्ध होइन, बरु व्यवहारिक कदम र बलिदानको यात्रा हो। " 

उनले कृष्णा नगरका जनतालाई शैक्षिक, आर्थिक र सामाजिक समस्याहरू समाधान गर्नका लागि पार्टीको प्रतिबद्धताको महत्त्वमा जोड दिए।

कार्यक्रममा कृष्णनगर नगर समितिका अध्यक्ष जावेद आलम खांले पार्टीलाई अगाडि बढाउनका लागि एकजुट भएर काम गर्नुपर्ने कुरा बताए । सदस्य तुफैल आलम खांले पनि पार्टीको विकासात्मक घोषणापत्रको बारेमा चर्चा गरे। कार्यक्रमकाे सञ्चालन रेनु शर्माकाे सञ्चालनमा भएको कार्यक्रममा स्वागत भाषण  अब्दुल रहमानले गरेका थिए।

यसका अतिरिक्त, वार्ड नम्बर १ मा मनु शाहको अध्यक्षतामा १७ सदस्यीय समिति र वार्ड नम्बर २ मा दम बहादुर पनको अध्यक्षतामा २३ सदस्यीय समिति पनि गठन गरिएको छ।