आइतबार ०३ चैत, २०८१

नेपाली समय

उत्कृष्ट आधारभूत विद्यालय बनाउन सफल भएका प्रधानाध्यापक कुशवाहाका आमा बुबा समुदायद्वारा सम्मानित

उत्कृष्ट आधारभूत विद्यालय बनाउन सफल भएका प्रधानाध्यापक कुशवाहाका आमा बुबा समुदायद्वारा सम्मानित

रौतहट, २४ माघ । उत्कृष्ट आधारभूत विद्यालय बनाउन सफल भएका विजय कुमारकुशवाहाका आमा बुबा समुदायद्वारा सम्मानित् भएका छन्।  जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ११ स्थित रहेको श्री आधारभूत विद्यालयका प्रधानाध्यापक विजय कुमार कुशवाहाकाे आमा बुबालाई सरस्वती पूजाको दिन आयोजित एक कार्यक्रमका बिच समुदायले नै सम्मान गरेको हो । 

प्रधानाध्यापककाे जिम्मेवारी सम्हालेका करिब दुई वर्ष भित्रै २५ जना विद्यार्थीबाट बढार २ सय जना पुर्याएकाे र भौतिक अवस्थामा पनि उल्लेखनीय सुधार गरेको भन्दै अभिभावक उनीप्रति हौसिएका हुन् । साथै विद्यालयमा सुन्दर सरस्वती माताको मन्दिर स्थापना गराई विद्यालयलाई पालिकामै सुन्दर र उत्कृष्ट आधारभूत विद्यालय बनाउन सफल भएकोले सम्पूर्ण अभिभावक, समाजसेवी, शिक्षा प्रेमी जनप्रतिनिधिहरूले प्रधानाध्यापक कुशवाहाकाे कार्यबाट खुशी र सन्तुष्ट भई उनको बुवा चन्द्रदेव कुशवाहा र आमा अन्हिया देवी कुशवाहालाई दाेसल्ला र खादा सहित फूलमाला लगाएर उच्च सम्मान गरिएको हो । 

प्रधानाध्यापक कुशवाहाकाे उदाहरणीय कार्यबाट प्रभावित भई पालिका भरिकै शिक्षक,कर्मचारी,जनप्रतिनिधि, शिक्षा प्रेमी,समाजसेवी लगायत सम्बन्धित सम्पूर्ण समुदाय खुशी भएको सो विद्यालयका विद्यालय व्यवस्थापन समिति  अध्यक्ष सिताराम चौधरिको भनाई रहेको छ । प्रधानाध्यापक कुशवाहाकाे आमाबुबाले सम्मान ग्रहण गरेपछि  कुशवाहा अत्यन्त भावुक भएका थिए ।

भावुक भएर कुशवाहाले संक्षिप्त मन्तव्य राख्दै भने – "विद्यालयलाई अझ बढी प्रगतिको बाटोमा लैजाने प्रतिबद्धता जाहेर गरेका छौँ ।"