रौतहट, २४ माघ । नेकपा एसका नेता रेवन्त झाले सरस्वती मूर्ति पूजा मनाउने क्रममा हुने विकृति घटाउन सरकारी र गैर सरकारी विद्यालयहरूमा स्थायीरुपमा सरस्वती मूर्ति स्थापना गरी निकास निकाल्न आग्रह गरेका छन् ।सरस्वती मूर्ति विसर्जन गर्ने क्रममा हुने दुर्घटनाको विकल्प खोज्न स्थानीय प्रशासन गम्भीरता देखाउन आवश्यकता देख्नु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको नेता रेवन्त झाले मूर्ति विसर्जनमा दुर्घटना हुनु अति दु:ख महसुस गर्दै आफ्नो फेसबूक आइडीमा स्टेटस राखेको´सरस्वती मूर्ति सेलाउने क्रममा अश्लील गितमा रोक र दुर्घटनाबाट बच्न स्थानीय प्रशासनले सरकारी र गैर सरकारी विद्यालयहरूमा स्थायी सरस्वती मुर्ति स्थापना गराउने तथा पूर्व विद्यार्थीहरूद्वारा पूजा मनाउने अस्थायी अनुमती दिने प्रक्रिया गर्ने आवश्यकता प्रति गम्भीर हुनु पर्ने`भनाई रहेको छ ।
जिल्लामा सरस्वती मूर्ति पूजा मनाउने क्रममा सरकारी र गैर सरकारी विद्यालयमा विद्यार्थीहरूद्वारा अश्लील गीत तथा गल्ती क्रियाकलाप गर्न नदिन विद्यार्थी प्र. अ तथा व्यवस्थापनलाई स्थायीरुपमा सरस्वती मूर्ति स्थापना गराई पूजा मनाउन व्यवस्था लागू गर्न सरोकारवालालाई आग्रह नेता झाले गरेका छन् ।
साथै पूर्व बिद्यार्थीहरुले गाउँका टोलटोलमा सरस्वती पूजा मनाउन अस्थायी रूपमा सरस्वती पूजा मनाउने र अश्लील गीत नबजाई धार्मिक गीत बनाउने सहमति तथा अनुमतिपत्र दिने स्थानीय प्रहरी प्रशासनले व्यवस्था मिलाउन सामाजिक सञ्जाल मार्फत नेता रेवन्त झाले सुझाव दिएका हुन् । जिल्लाका विभिन्न पालिकामा सयौँको सङ्ख्यामा सरस्वती पूजा मनाइने गर्दछ र मनाउने क्रममा अश्लील गीत बाक्लो आवाजमा बजाई वातावरण प्रदूषण लगायत निन्द्रा अवरोध गर्ने तथा सेलाउने क्रममा रक्सी खाई नाच्ने र मूर्ति लालबकैया,बागमती नदीमा सेलाउन जाने विद्यार्थी केही मात्र सम्पर्क विहीन तथा डुब्ने खबर बर्सेनि आइ नै रहन्छ, यसलाई रोकथाम गर्ने स्थानीय प्रशासन गम्भीर हुनु पर्ने झाले रायसुझाब राखेका छन् ।