रौतहट, २१ माघ । जिल्लाको उत्तरी भेगमा पर्ने चन्द्रपुर नगरपालिकाबाट लागूऔषध खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन् ।
चन्द्रपुर न पाको वडा नं. ४ चिडियादहबाट प्रहरीले ३१ वर्षीय सागर श्रेष्ठलाई खैरो हेरोइन सहित पक्राउ गरेको हो ।गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटेको टोलीले श्रेष्ठलाई १.५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताए ।