शुक्रबार २५ माघ, २०८१

नेपाली समय

अटो तथा मोटरसाइकल एकआपसमा ठोकिंदा ५ जना घाइते

अटो तथा मोटरसाइकल एकआपसमा ठोकिंदा ५ जना घाइते

रौतहट, २० माघ । जिल्लाको यमुनामाई गा.पा. १ सुकदेव चौक स्थित गौर चपुर सडक खण्डमा गरुडा तर्फबाट आउँदै गरेको प्र. २-०२-००१ ह ०८३३ नं. को अटो र सुकदेव चौकबाट जाँदै गरेको प्र. २-०३-०१८प२५६८ नं. को मो.सा. एक आपसमा ठोकिदा दुर्घटना भएको छ। दुर्घटना हुँदा अटोमा रहेका ३ यात्रु र मोटरसाइकलमा सवार २ जना सहित ५ जना घाइते भएका छन् । 

अटो सवार. यमुनामाई गा.पा. ३ का ३४ बर्षीय राधेश्याम यादव, अटो सवार  गढीमाई न. पा. ४ का ६८ बर्षीय नरेश ठाकुर, अटो सवार-ऐ.ऐ.३ बस्ने शेख सराजुलको श्रीमती अं. बर्ष ६० की मेरातुन नेसा, मो.सा.सवार यमुनामाई गा.पा १ का जय राम यादवको छोरा अंदाजी १८ वर्षिय आकाश राय र मो.सा. चाकल यमुनामाई गा.पा. १ का राम एकवाल पासवानको छोरा अं. १८ वर्षीय चन्दन पासवानको टाउको र छातीमा चोटपटक लागी अवस्था गम्भीर भई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको हो ।

सामान्य घाइतेहरूको उपचार सुकदेव चौक स्थित शिवदर्शण इस्पातमा उपचार भईरहेको छ। अटो चालक इलाका प्रहरी कार्यालय सुकदेव को नियन्त्रणमा रहेको प्रहरीले जनाए।