रौतहट, २० माघ । जिल्लाको पश्चिमी भेग पर्ने अजगैबीमा जसपा नेपालको वडा स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ। बौधिमाई नगरपालिकाको वडा नं. १ बौधा अजगैबीमा जनता समाजवादी पार्टी नेपालको वडा स्तरीय विस्तारित बैठकबाट ३१ सदस्यीय वडा कमिटी गठन कार्य सम्पन्न गरिएको हो।
पालिकाको वडा नं.१ अजगैबी स्थित माईस्थानमा नगर कमिटी अध्यक्ष हृदय नारायण राय यादवको अध्यक्षतामा वडा नं.१ अजगैबीमा जसपा नेपालको वडा कमिटीको विस्तारित बैठकबाट रामजोधी राउत कुर्मीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नगर अध्यक्ष यादवले जानकारी गराएका हुन।
कार्यक्रमको प्रमुख वक्ता बौधिमाई नगरपालिकाको पूर्व मेयर राजीव रंजन यादवले नव गठित जसपा नेपालको बौधिमाई नपा-१ बौधा अजगैबीको सम्पूर्ण वडा कमिटीका पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिए । साथै कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी युवा सङ्घ नेपालको केन्द्रीय महासचिव दिलीप कुमार पटेलले सयौँ वर्ष देखी देश चलाएका नेपाली काँग्रेस र नेकपा एमालेले मधेश र मधेशीको लागि एक पटक पनि आवाज नउठाएको तर समग्र मधेश र मधेशीको हकअधिकारको लागि अगाडी बढ्ने एक मात्र माननीय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल रहेको बताए। देश निर्माण तथा विभिन्न मधेशी आन्दोलनमा लगायत मधेश र मधेशीको अधिकार प्राप्तिमा युवा वर्गको ठुलो भूमिका रहेकोले बौधिमाईमा गठन भएको समाजवादी युवा सङ्घ नेपालको नगर स्तरीय युवा कमिटीले असल विचार तथा जोस जागर सहित सङ्गठन निर्माण गरी पार्टी तथा देश निर्माणमा सहयोग गर्न अपिल गरेका छन् ।
कार्यक्रममा समाजवादी युवा सङ्घ नेपालको केन्द्रीय महासचिव दिलीप कुमार पटेल, जसपा राजकुमार पटेल, वडा नं.१ को वडा अध्यक्ष रामजोधी राउत, वडा नं.३ को वडा अध्यक्ष मणिभूषण प्रसाद साह,वडा नं.७ को वडा अध्यक्ष नरेन्द्र प्रसाद सिन्हा, वडा सदस्य लगायत समाजवादी युवा सङ्घ नेपाल जिल्लाको कार्यवाहक अध्यक्ष अजय यादव, नगर उपाध्यक्ष मोतिम हासमी, नगर सचिव रामाकान्त कुमार पटेल, वडा नं.६ पिपरिया निवासी युवा नेता गजाधर राय यादव, युवा नेता असेशर राय यादव लगायत वडा नं.१ बौधा अजगैबीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।