शुक्रबार २५ माघ, २०८१

नेपाली समय

डा विनोद निता आँखा अस्पतालले नौ महिनाको अवधिमा ३१ हजार एक सय ७२ जना उपचार सेवा

डा विनोद निता आँखा अस्पतालले नौ महिनाको अवधिमा ३१ हजार एक सय ७२ जना उपचार सेवा

परासी, २० माघ । नेपाल नेत्र ज्योति संघ नवलपरासी ३४ ओैँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज पाल्हीनन्दन गाउँपालिका स्थित रहेका पाल्ही भगवती मन्दिरको हलमा सङ्घको ३४ ओैँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

नेपाल नेत्र ज्योति संघ नवलपरासीका सभापति देवेन्द्रराज काण्डेलको अध्यक्षयता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्री सारुले आँखा अस्पतालले संसार नदेखिने व्यक्तिलाई शल्यक्रियामार्फत दृष्टि दिने काम प्रसंशनीय रहेको बताए ।

प्रदेश सरकारका मातहत रहेका सामुदायिक र सरकारी स्वास्थ्य संस्थालाई भौतिक पूर्वाधार र स्तर उन्नति विकास र अभाव रहेको जनशक्तिलाई पूर्ति गर्न प्रदेश सरकार काम गरिरहेको बताए । डा विनोद निता आँखा अस्पतालले गरिबी जेष्ठ नागरिकलाई जुन किसिमको कार्य र जनतालाई दिइरहेको सेवा प्रसंशनीय कार्य गरेको बताए । स्वास्थ्य मन्त्री सारुले आँखा अस्पतालले निर्माण गर्न लागेको सुविधा सम्पन्न भवन सघ सरकार र स्थानीय सरकारसँग प्रदेश सरकार समन्वय सहकार्य गरेर भवन निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेत्र ज्योति सङ्घद्वारा सञ्चालित डा विनोद निता आँखा अस्पतालले दस वटा निःशुल्क शिविरमा २५ सय ७ जना  अप्रेसन  र ३१ हजार एक सय ७२ जना बिरामीलाई उपचार  गरिएको नेत्र ज्योति सङ्घका सचिव सञ्जय कुमार कर्ण  जानकारी दिए  । उनको अनुसार दुर्गम क्षेत्रका चार हजार बिरामी लाई निःशुल्क आँखा शिविर सेवा प्रदान गरी ८ सय १९ जना बिरामीहरूको मोतियबिन्दु शल्यक्रिया गरिएको  बताए । भुजहवा,त्रिवेणी सूर्यपुरा र सुनवल आँखा उपचार केन्द्र सेवा प्रवाह गदै आएको कर्णले बताए । ०८१।०८२मा  १२ वटा विद्यालय विद्यालयहरूमा दुई हजार ६ सय ३७ जना परीक्षा गरी जसमा १ सय ८२ जना दृष्टिदोष विद्यार्थीलाई निःशुल्क चस्मा बितरण गरिएको सङ्घका सभापति देबेन्द्रराज काण्डेलले जानकारी दिए ।

डा विनोद निता आँखा अस्पतालका  व्यवस्थापक अजय पाण्डे सम्पूर्ण रोगको उपचार गरिरहेको दक्ष जनशक्ति रहेको पूर्वाधार र उपकरण ईकुमेन्ट नभएको समस्या रहेको बताए ।कार्यक्रममा बन तथा वातावरण मन्त्री देवकरण कलवार, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव,सुनवल नगरपालिका मेयर विमला अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष केशव पराजुली  नवलपरासी उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश अग्रहरी पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नुरूल होदा, डा विनोद निता काण्डेल आँखा अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष मन्जु काण्डेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।