रौतहट, १६ माघ । जिल्लाको यमुनामाई गाउँपालिकामा विद्यालयका शिक्षकले विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि कुटपिट गरेका छन् । गाउँपालिका-५, झुनखुनवामा रहेको श्री यमुनामाई माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम विश्वास राय याद माथि कुटपिट भएको हो ।
स्थानीयहरूको भनाई अनुसार, श्री यमुनामाई माध्यमिक विद्यालयमा कार्यरत शिक्षक मदन साह र उनका छोरा विवेक साह मिलेर अध्यक्ष यादवलाई सामूहिक रूपमा कुटपिट गरेका छन् । अध्यक्ष यादवले जानकारी दिएअनुसार, विद्यालयमा भएको हिनामिना आर्थिक अनियमितता सम्बन्धमा सोधपुछ गरेको विषयलाई लिएर बुधवार गाउँकै चौकतिर जाने क्रममा आफ्नै घर अगाडी मलाई बन्दीबनाई शिक्षक मदन साह र उनका छोरा विवेक साहले मिलेर कुटपिट गरेको बताए ।
घटनापछि स्थानीयवासी, अभिभावक तथा विद्यार्थीहरूले दोषीलाई छानबिन गरी कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।