शुक्रबार २५ माघ, २०८१

नेपाली समय

कवयित्री अधिकारीद्वारा रचित गीतको भिडियो सार्वजनिक

कवयित्री अधिकारीद्वारा रचित गीतको भिडियो सार्वजनिक

काठमाडौँ, १६ माघ । कवयित्री सुशीला ढकाल अधिकारीले रचना गर्नुभएको राष्ट्रभावले ओतप्रोेत ‘उठ नेपाली, जुट नेपाली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीद्वारा स्वरबद्ध उक्त गीत अधिकारीको आफ्नै युट्युब च्यानल सिर्जनाको चौतारीमार्फत आज सार्वजनिक गरिएको हो ।

राष्ट्रभावले ओतप्रोत शब्दमा सिर्जित उक्त गीत सहिद दिवसको अवसर पारी भिडियो सार्वजनिक गरिएको गीतका रचनाकार अधिकारीले जानकारी दिनुभयो । 

मनोहर सुनामले सङ्गीत संयोजन गर्नुभएको उक्त गीत मिक्सिङ प्रकाश मिश्र र भिडियोको छायाङ्कन वीरेन्द्र भाटले गर्नुभएको हो ।