सहिदहरू केवल सत्ताको लागि होइन, मुलुकको हित र जनताको हकका लागि लडेका थिए। त्यसैले, नेताहरू र राजनीतिक दलहरूले सहिदको भावनाअनुसार प्रजातान्त्रिक र सामाजिक न्यायको मार्गमा कदम चाल्दै जान जरुरी देखिन्छ । यसो गर्न सकियो भने पनि सहिदहरूप्रति सच्चा सम्मान हुन्छ ।
आज माघ १६ गते सहिद दिवस । नेपाल सरकारले दिवस मनाउनका लागि सार्वजनिक बिदा नै दिएको छ । विभिन्न कार्यक्रमहरू गरेर सहिदहरूलाई सम्झने कार्य हुदैछ । सहिदहरूको बलिदान र सपनालाई पुरा गर्ने हो भने एक दिन फोटामा माल्यार्पण गर्दैमा पुरा हुन सक्दैन । त्यसैले सहिदले परिवर्तनका लागि खेलेको भूमिका र सपनाहरू पुरा गर्न केवल एक दिनको सम्झनामा सीमित हुनु हुँदैन ।
सहिदहरूले किन आफ्नो जीवन आहुति दिएका थिए होलान् त, सरकार परिवर्तन गर्न, राजनीतिक दलहरूको सङ्ख्या बढाउन, व्यक्तिलाई पहुँचका आधारमामाथि पुर्याउन पक्कै पनि होइन होला । नेपाली जनताले सुख पाउन, देशमा परिवर्तन र समृद्धि आउँला भनेर नै सहिदहरूले आफनो जीवनको आहुती दिएका होलान् । लोकतन्त्र, स्वतन्त्रता र समानताको लागि पनि सहिदहरूले खेलेको भूमिका उतिकै सम्झन योग्य छन । सहिद भएर गएकाहरूले आफू जीवित हुँदा उठाएका ती आवाजहरू कति पुरा भए, बाँकी पुरा गर्न केके गरिँदै छ र के-के गर्नुपर्छ यो विषय अहिलेसम्म हुदैछ त ? त्यसैले सहिदहरूको बलिदान र सपनाहरूलाई केवल एक दिनको सम्झनामा मात्र सीमित गर्नु गम्भीर भुल हुनेछ । सहिदहरूले देखेको सपना भनेको परिवर्तनको यात्रा हो, जसमा समाजमा समानता, शान्ति र समृद्धि ल्याउन पहल गरिनु जरुरी छ ।
यसो भनीरहदाँ नेपालमा बाक्लै सरकारको नेतृत्व परिवर्तन भई रहन्छ । आजको राजनीतिक नेतृत्व र दलहरूले जीवन आहुती दिएका सहिदहरूको चाहनाअनुसार काम गरिरहेका छन् कि छैनन् भन्ने प्रश्न महत्त्वपूर्ण देखिन्छ । सहिदहरू केवल सत्ताको लागि होइन, मुलुकको हित र जनताको हकका लागि लडेका थिए। त्यसैले, नेताहरू र राजनीतिक दलहरूले सहिदको भावनाअनुसार प्रजातान्त्रिक र सामाजिक न्यायको मार्गमा कदम चाल्दै जान जरुरी देखिन्छ । यसो गर्न सकियो भने पनि सहिदहरूप्रति सच्चा सम्मान हुन्छ ।
सहिदहरूको सपना पूरा गर्नका लागि शिक्षा र नागरिक जागरूकता पनि त्यतिकै महन्तपूर्ण विषय हो । जनताको राजनीतिक र सामाजिक ज्ञानमा वृद्धि हुँदा मात्र लोकतन्त्रको साँचो अर्थ बुझ्न सकिन्छ र सहिदको बलिदानको सम्मान हुन्छ । नेपालका युवाहरूलाई सहिदको सङ्घर्ष र उनका आदर्शको बारेमा सचेत गराउनु पर्छ । यति मात्र होइन नेपालको भविष्य उज्ज्वल बनाउनको लागि सहिदका आदर्श र सङ्घर्षलाई समर्पणको रूपमा लिँदै एकजुट भएर सबै पक्ष अगाडी बढ्न जरुरी छ । सहिदहरूको सपनालाई पुरा गर्न हाम्रो पीँढीले निरन्तर प्रयास गर्नु पर्छ । समाजमा असमानता, अन्याय र भ्रष्टाचारको अन्त्य गर्नका लागि सशक्त नीतिहरू र योजनाहरू पनि बनाउन आवश्यक छ ।
सहिद दिवसको दिन केवल सम्झना मात्र होइन, सहिदको सपना र बलिदानलाई बाँचिरहने र त्यसको मार्गमा अघि बढ्ने दिन पनि हो ।मुलुक र जनताका लागि सहिदहरूले खेलेको भूमिका आत्मसाथ गर्दे अगाडी बढौँ ।
अन्त्यमा परिवर्तनका लागि बलिदान दिने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली ।
(लेखक विगत २५ वर्ष भन्दा बढी अवधि देखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।)