शुक्रबार २५ माघ, २०८१

नेपाली समय

डा. मेहताको "माया गर्ने मै हो" गीत सार्वजनिक, स्मारिका ढकालसँग प्रेम कथा

डा. मेहताको "माया गर्ने मै हो" गीत सार्वजनिक, स्मारिका ढकालसँग प्रेम कथा

रौतहट, ९ माघ । जिल्लाको अर्थोपेडिक सर्जन डा. बिक्रान्त मेहताको स्वर रहेको “माया गर्ने मै हो” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सो गीतमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको छ। चिकित्सक पेसामा रही हाल प्रादेशिक अस्पताल रौतहटको गौरमा कार्य रत डा. मेहताकै अभिनय रहेको यस गीतमा सुन्दर मोडल स्मारिका ढकालले समेत साथ दिएकी छन् ।

यो गीत एक प्रेमील जोडीको प्रेम कथालाई दर्साउँछ, जसले हरेक प्रेमीको मनका लागि विशेष उपहार बन्न सक्छ। भिडियोमा डा. मेहता र स्मारिका ढकालले प्रेमील जोडीको रूपमा रोमान्टिक दृश्यहरू प्रस्तुत गरेका हुन् । उनीहरूले प्रेम, माया, रोमान्स र विवाह सम्मको सफल प्रेम कहानीलाई मार्मिक शैलीमा देखाएको हो ।

निर्देशक प्रकाश धितालले यो भिडियोको निर्देशन गरेका हुन् । उनी पछिल्लो पुस्ताका अनुभवी र नयाँपनको प्रयोग गर्न रुचाउने निर्देशक हुन् । गीतको ऐरेन्ज रिदम कँडेलले, मिक्सिङ् मास्टरिङ् नरेश बिबिसीले, र कोरियोग्राफी रोशन विश्वकर्माले गरेका हुन् ।

सार्वजनिक गीतको भिडियो एम सिरिज ग्लोबलबाट बजारमा आएको छ, जसको छायाङ्कन उत्सव दाहाल र सम्पादन राकेश दाहालले गरेका हुन् । यो भिडियोले प्रेमील मनहरूलाई थप उत्साहित बनाउने अपेक्षा समेत गरिएको हो ।