सुर्खेत, ६ माघ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकाइलीमा रहेको ऐतिहासिक काँक्रेबिहार मन्दिर । बाह्रौँ शताब्दीमा निर्माण भएको, साठी फिट अग्लो काँक्रेविहार शिखर शैलीमा रहेको छ । पुरातत्त्व विभागले काँक्रेविहारको अवशेषका रूपमा रहेका ढुङ्गाहरूलाई मिलाएर दुई चरणमा गरी चारैतिरबाट खुड्किलाहरूको पुनर्निर्माण गरेको छ। मन्दिरमा बुद्धको जन्म, मायादेवी, बोधगया, सारनाथलगायत बुद्धसँग सम्बन्धित थुप्रै घटना शब्दचित्रमा कुँदिएका छन् । तस्बिरः सुरेश आचार्य