शुक्रबार २५ माघ, २०८१

नेपाली समय

दुर्गा भगवती गाउँपालिकामा कार्यरत कर्मचारीहरूको बढुवा अध्यक्ष सिंहद्वारा स्वागत

दुर्गा भगवती गाउँपालिकामा कार्यरत कर्मचारीहरूको बढुवा अध्यक्ष सिंहद्वारा स्वागत

रौतहट, ४ माघ । मधेस प्रदेश सरकारले जारी गरिएको स्थानीय सेवाको गठन एवम् सञ्चालनको दफा ४ को उप दफा ६ र दुर्गा भगवती  गापामा निरन्तर उत्कृष्ट सेवा प्रदान गरेकोले दुर्गाभगवती गाउँपालिकाको निर्णयअनुसार वडा नं -१ का वडा सचिव संदीप दास भन्ने राजेशलाई स्तर वृद्धि गरी चौथो तहबाट पाँचौमा बिनोद पाण्डे वडा नं २ भलोहिया (सचिव)लाई पाँचौ तहमा  वडा नं ३ उमेश चौधरीलाई छैटौँ तहमा त्यस्तै शम्भु यादव भन्ने रामबाबुलाई पाँचौ तहमा स्तर वृद्धि गरिएको छ।साथै नेवालाल र रामबाबु साहलाई पनि स्तर वृद्धि गरिएको हो ।

स्तर वृद्धि भएकाहरूलाई  उचित मूल्याङ्कन गरी  सहयोग गरिदिनु भएको  गा पा अध्यक्ष शम्भु कुमार सिंह र मधेस प्रदेशलाई पदोन्नति कर्मचारीहरूले धन्यवाद दिएका छन् ।