शुक्रबार २५ माघ, २०८१

नेपाली समय

हल्दिबारीमा १८ पुराणको अन्तिम शृङ्खला सुरु

हल्दिबारीमा १८ पुराणको अन्तिम शृङ्खला सुरु

हल्दिबरी (झापा), ३ माघ । झापाको दक्षिणी क्षेत्रमा रहेको हल्दिबारी गाउँपालिकामा १८ पुराणको अन्तिम शृङ्खला सुरु गरिएको छ । आज उद्घाटन कार्यक्रमको आयोजना गरेर नारदीय महापुराण धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ २०८१ सुरु गरिएको हो ।

सनातन धर्म सेवा समिति किराँतेश्वर शिव मन्दिर तथा गुरुकुलको २७ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको १८ पुराणका अध्यक्षता समाजसेवी महिला नेत्री मन्जु सिटौला र प्रमुख अतिथि हल्दिबारीका शिक्षा प्रेमी नरेन्द्र कार्की रहनु भएको थियो। हल्दिबारी गाउँपालिका वडा नं-४ का निवर्तमान वडाध्यक्ष होम चुँडाल, बिर्तामोडका व्यवसायी शिव चुँडाल, नेपाल रेडक्रस सोसाइटीका जलथल उपशाखा अध्यक्ष रेम खरेल, जगादाता ढुण्डीराज ढकाल ,पाथीभरा सामुदायिक वनका अध्यक्ष सागर पोर्तेल, मन्दिर व्यवस्थापन समिति अध्यक्ष कमला रिजाल, संचारकर्मी नेत्र बिक्रम बिमली, ढडुवा युवा क्लबका सचिव अभिषेक खतिवडा, जलथल प्रहरी चौकी इन्चार्ज कृष्ण प्रसाद दुलाल, श्री हरि सत्संग समिति बिर्तामोड सचिव बाबुलाल अग्रवाल, श्री हरि सत्संग समिति बिर्तामोड सदस्य सुभाष अग्रवाल लगायतले अतिथिका रूपमा आतिथ्यता गरेका थिए।

कार्यक्रमको उद्घाटन समरोहमा ३०० जना विपन्न परिवारलाई दाताहरूद्वारा न्यानो कपडा वितरण गरिएको थियो। शिव चुँडालेले गुरुकुलका लागि बटुकहरुले ओढ्ने र अग्रवालद्वयले अन्य विपन्नलाई न्यानो कपडा वितरण गरिएको थियो। कार्यक्रम मा स्वागत मन्तव्य धार्मिक व्यक्तित्व सोमनाथ सुवेदीले राख्नुभएको थियो भन्ने सञ्चालन देवीका अधिकारीले गरेकी थिइन।