(निरोज कोइराला)
भूकम्प भनेको एक प्राकृतिक आपत्ति हो, जसले मानिसको जीवन र भौतिक संरचनामा ठूलो नोक्सान पुर्याउन सक्छ। भूकम्पको जोखिमलाई कम गर्न र यसको असरलाई न्यूनतम बनाउन विभिन्न उपायहरू समेत अवलम्बन गर्दे आईरहेको छ । भूकम्पबाट सुरक्षित समाज अनि पूर्वाधारहरू निर्माण गर्न जरुरी देखिन्छ भने सतर्कताका अभियानहरूको पनि निरन्तरता जरुरी छ ।
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस हो । नेपालमा पनि प्रत्येक वर्ष माघ महिनाको २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रूपमा विभिन्न सचेतनामूलक कार्यक्रमका साथमा मनाइने गरिन्छ । १९९० साल माघ २ गतेका दिउँसो दुई बजेर २४ मिनेटको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रूपमा एकरूपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ समेत तर्जुमा भएको छ ।
भूकम्प भनेको एक प्राकृतिक आपत्ति हो, जसले मानिसको जीवन र भौतिक संरचनामा ठूलो नोक्सान पुर्याउन सक्छ। भूकम्पको जोखिमलाई कम गर्न र यसको असरलाई न्यूनतम् बनाउन विभिन्न उपायहरू समेत अवलम्बन गर्दे आईरहेको छ । भूकम्पबाट सुरक्षित समाज अनि पूर्वाधारहरू निर्माण गर्न जरुरी देखिन्छ भने सतर्कताका अभियानहरूको पनि निरन्तरता जरुरी छ । यसो गर्न सकिएमा पनि भूकम्पको जोखिमलाई केही कम गर्न सकिन्छ ।
१. मजबुत भौतिक संरचना: आफु बस्ने घर तथा निवासहरू निर्माण गर्दा भूकम्प प्रतिरोधी बनाउने सोही अनुसारका निर्माण सामाग्रीहरूको प्रयोग गर्ने ।
२. इन्जिनियरिङ डिजाइन: भूकम्प प्रतिरोधी डिजाइनहरू जस्तै बन्धन, आधार संरचनाका विकल्पहरू र उचित स्थानमा ठूला भवनहरूको डिजाइन गर्ने । पुराना भवनहरूको मर्मत सम्भार गर्ने र त्यसलाई भूकम्प प्रतिरोधी बनाउने ।
३. नागरिक सचेतना र तालिम: भूकम्पको समयमा के गर्नुपर्ने र कसरी जोगिन सकिन्छ भन्ने विषयमा जनचेतना अभिवृद्धि गर्नका लागि अभियानहरू नियमित सञ्चालन गर्न । सचेतनाका लागि भूकम्पका बारेमा अभ्यासहरू गर्ने । विद्यालय स्तरीय कार्यक्रम सञ्चालन गर्ने । आपत्कालीन स्थिति व्यवस्थापन र जीवनरक्षा सम्बन्धी तालिमहरू महत्त्वपूर्ण हुन्छन् ।
४. आपत्कालीन योजना र तयारी: आपत्कालीन योजना तयार गर्ने, भूकम्पको समयमा घरका सदस्यहरूको सम्पर्क, सुरक्षित स्थान र भाग्ने मार्गहरू सुनिश्चित गर्नका लागि योजना बनाउन पनि आवश्यक छ । आपत्कालीन सामग्रीहरू तयार राख्नु, प्राथमिक उपचार सामग्री, पानी, खाना, र आफूलाई आवश्यक महत्त्वपूर्ण कागजातहरू सुरक्षित स्थानमा राख्नु पर्छ ।
५. सुरक्षित स्थानमा आवास: भूकम्प आएको समयमा सुरक्षित स्थानको चयन, घरका भित्रको सुरक्षित स्थान, जस्तै मेज, पलङको मुनि वा अन्य संरचनात्मक रूपमा मजबुत स्थानमा बस्ने गर्नु पर्दछ ।
६. समुदायको सहयोग र समन्वय: समुदाय–आधारित प्रयासहरू, स्थानीय समुदायसँग मिलेर आपत्कालीन योजनाहरू निर्माण गर्ने र भूकम्पका बेला पनि एक आपसमा समन्वय बढाउन जरुरी छ ।
यस्ता किसिमका कुराहरूमा ध्यान दिन सकिएमा पनि भूकम्पको जोखिमलाई कम गर्न र यसको असरलाई न्यून गर्न मद्दत मिल्छ । त्यसैले यस्ता विषयहरू प्रति सचेत र सजग बनौँ । सुरक्षित निर्माण र सतर्कताका अभियान निरन्तर सञ्चालन गरौँ ।
(लेखक एक सञ्चारकर्मी हुनुहुन्छ ।)
(प्रकाशित लेख लेखकको आफ्नो निजी विचार हो।)