शुक्रबार २५ माघ, २०८१

नेपाली समय

२०८१ माघ महिनाको राशिफल

२०८१ माघ महिनाको राशिफल

२०८१ साल माघ महिनाको मासिक राशिफल:

मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– माघ  महिना मेष राशिका ब्यक्तिका लागि वैदेशिक यात्रा, प्रेममा सफलता हुनेछ । धन नोक्सान, सम्मानमा कमी, रोग, कार्यमा अवरोध, स्वास्थ्यमा समस्या, अध्ययनमा अवरोध । महिनाको सुरुमा विरोधीपक्ष वृद्धि भएतापनि दोस्रो हप्ताबाट विरोधी परास्त हुनेछन् । धातु सम्बन्धी काम कारोबारबाट लाभ, सुरक्षा क्षेत्रमा रहनेहरूलाई लाभ रहनेछ । गृह सुखमा कमी, मान सम्मानमा कमी, डरत्रास उत्पन्न हुनेछ । विरोधी व्यापारमा नोक्सान, नयाँ कार्यको सुरुवात गर्नु त्यति राम्रो छैन, फलाम, बस्त्र सम्बन्धी कारोबारबाट लाभ । कार्यमा बिघ्न बाधा आउनेछ भनेयात्रा प्राप्त भएतापनि यात्रामा कष्ट सहनु पर्नेछ । विरोधीहरू परास्त हुँदै जानेछन् । व्यवसायमा वृद्धि हुँदै जानेछ । शुभ कार्यमा मन लाग्नेछ । सम्पूर्ण कार्यमा सफलता प्राप्त हुनेछ । धनबृद्धि हुनेछ भने महिनाको अन्त्य तिर बस्त्र सम्बन्धी पेशा काम कारोवार गर्नेलाई लाभ रहनेछ । 

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– २०८१ माघ  महिना वृष राशिका ब्यक्तिका लागि खनिज सम्बन्धी कार्यबाट लाभ, धार्मिक यात्राको अवसर प्राप्त हुनेछ, मनोरञ्जन कार्यमा खर्च समय बित्ने, अध्ययनमा मन कम लाग्ने, झुटा आरोप लाग्न सक्ने, धन नोक्सान, मनमा अशान्ति बढ्ने छ । सुरक्षातिर रहनेहरूलाई लाभ रहने छ । विरोधीपक्ष परास्त हुँदै जानेछन् । धनबृद्धिका साथै वादविवाद कार्यमा सफलता प्राप्त हुनेछ । धन लाभका साथै सन्तान सुख मिल्नेछ । विरोधीपक्ष परास्त हुनेछन् । मान सम्मानमा हानी हुनेछ । यात्रा खर्चिलो हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । मानसिक चिन्ता बढ्नुका साथै विरोधीपक्षले कार्यमा ढिलासुस्ती गर्नेछन् । सबै कार्यमा सफलताका साथै मित्र जनको साथ सहयोगका कारण आर्थिक लाभ हुनेछ । 

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– २०८१ माघ महिना मिथुन राशिका ब्यक्तिका लागि कवाडी, फलाम, तेल सम्बन्धी कारोबार गर्नेलाई लाभ रहेको छ । शरीरमा पीडा, झैँ झगडामा फस्न सकिने । खानपिनमा सजगता अपनाउनु पर्ने, राज्यबाट डरत्रास झैँझमेला उत्पन्न, वैदेशिक यात्रा प्राप्त, प्रेममा सफलता हुनेछ । शुभ दिशा उत्तर, शुभ अङ्क ९ रहेको छ । कार्यमा असफलता, धन हानी, बोलीमा कठोरपन आउने छ । राज्यपक्षबाट भय डर त्रास बढ्ने छ भने शरीरमा पित्त सम्बन्धी समस्याले कष्ट हुनेछ । मंगल ग्रह बक्री हुँदा कार्यमा ढिलासुस्ती हुनेछ भने रक्त विकार सम्बन्धी समस्याले सताउने छ भने खराब मान्छेको  कारण कष्ट आईपर्नेछ यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ । राज्यबाट भय डर हुनुका साथै धनको नास हुनेछ । विरोधीबाट धन लाभ हुनेछ । सामाजिक कार्यबाट लाभ रहनेछ । बस्त्र रत्न सम्बन्धी काम कारोबार गर्नेहरूलाई लाभ रहनेछ । आटेका सम्पूर्ण कार्य सफलता पूर्वक सम्पन्न हुनेछन् । विपरीत लिङ्गबाट नोक्सान रहेको छ । 

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– २०८१ माघ महिना कर्कट राशिका ब्यक्तिका लागि दाम्पत्य प्रेम तथा जीवनमा खटपट, राज्यपक्षबाट कार्यमा अवरोध, नयाँ व्यवसाय गर्नु उपयुक्त छैन, यात्रामा खर्च बढ्ने, धन नोक्सान, अध्ययनमा सफलता । कार्यमा ढिलासुस्ती हुनुका साथै रक्त सम्बन्धी समस्याले सताउन सक्नेछ । यात्रा प्राप्त भएता पनि यात्रा गर्दा दुर्घटना चोटपटक लाग्न सक्नेछ । परिवारमा ज्वरोले सताउन सक्नेछ । घरदेखि टाढा जानु पर्नेछ भने मान सम्मानमा कमी हुनेछ । प्रेम तथा दाम्पत्य जीवनमा खटपटका साथै कष्ट आईपर्न सक्नेछ । विरोधीहरू परास्त हुँदै जानेछन् । शारीरिक तथा मानसिक सुख प्राप्त प्राप्त हुनेछ । राज्यको कारण सरकारी क्षेत्रमा रहनेहरूलाई भय धन नास हुनेछ । सम्पूर्ण कार्यमा सफलताका साथै प्रसन्नता प्राप्त हुनेछ । सामाजिक आर्थिक क्षेत्र मजबुत हुँदै जानेछ । कुलकुटुम्बबाट साथ सहयोग प्राप्त हुनुका साथै विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्राप्त हुनेछ । राज्यपक्षबाट आर्थिक लाभ हुनुका साथै धनवृद्धि समेत हुनेछ । 

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– २०८१ माघ महिना सिंह राशिका ब्यक्तिका लागि कार्य सफलता, विरोधी परास्त, उमङ्ग, खाद्यान्न, रत्न सम्बन्धी पेशा गर्नेलाई लाभ, सरकारी सेवामा रहनेलाई लाभ, प्रेम तथा दाम्पत्य सुख खटपट रहनेछ । वैदेशिक काम कारोबारबाट लाभ हुनेछ । मान सम्मानमा कमी रहेको छ । परिवारमा कलह हुनुका साथै कष्ट समेत हुनेछ । भूमि सम्बन्धी काम कारबाही गर्नेलाई लाभ हुनुका साथै सोचेको भन्दा धनबृद्धि हुनेछ । कार्यमा सफलता हुनेछ । मानसिक पीडा, आँटेको सोचेको सम्पूर्ण कार्यमा ढिलासुस्ती हुनेछ आर्थिक समस्या हुनेछ । बस्त्र रत्न सम्बन्धी काम कारबाही गर्नेलाई लाभ रहेको छ । शारीरिक सुख प्राप्त हुनुका साथै यात्रा तथा व्यवसायमा हानी रहेको छ । अपमानित भय डरत्रास बढ्ने भने जननेन्द्रिय सम्बन्धी रोगबाट कष्ट हुनेछ भने भने टाढाको यात्रा समेत प्राप्त हुनेछ विद्यार्थीमा अध्ययनमा मिहिनेत गर्नु पर्ने देखिन्छ । 

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– २०८१ माघ महिना कन्या राशिका ब्यक्तिका लागि मानसिक शारीरिक शक्तिमा कमजोरी हुनेछ । सञ्चित धन नोक्सान रहनेछ । सरकारी क्षेत्रमा रहनेहरूलाई राज्यपक्षबाट झन्झट आईपर्नेछ । अध्ययनमा मन कम लाग्नुका साथै कडा परिश्रम गर्नु पर्नेछ । वैदेशिक यात्रामा अवरोध हुनेछ । शरीरमा चोटपटक लाग्न सक्ने छ भने घरदेखि टाढाको यात्रा अचानक गर्नु पर्नेछ । रोजगारमा बिघ्न बाँधा आउनुका साथै सामाग्री हराउन सक्नेछन् । आर्थिकपक्षमा धन हानी हुनेछ । सञ्चित धनबृद्धि हुनेछ । घरगृहस्थी सुख अवश्य मिल्नेछ । मानसिक पीडा हुनुका साथै सन्तान सित मतभेद बढनुका साथै झैँझगडा समेत हुनेछ । आर्थिकपक्षमा समस्या हुनेछ । प्रेम तथा दाम्पत्य जीवन खटपट हुनुका साथै अवरोध हुनेछ । बस्त्र सम्बन्धी काम कारबाही गर्नेलाई सुख प्राप्त हुनेछ भने विरोधीपक्ष परास्त हुँदै जानेछन् भने मान सम्मान प्राप्त हुनेछ । यात्रा गर्दा सजगता अपनाउनु पर्नेछ भने दुर्घटना चोटपटक लाग्न सक्नेछ यात्रा धेरै गर्नु पर्नेछ । 

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– २०८१ माघ महिना तुला राशिका ब्यक्तिका लागि मानसिक चिन्ता बढ्ने, घरगृहस्थीमा झैँझगडाका साथै भूमि सम्बन्धी काम कारोबारबाट नोक्सान, यात्रा प्राप्त भएता पनि यात्रामा खर्च बढ्ने छ । प्रेम तथा दाम्पत्य सुखमा कमी, बस्त्र शृङ्गारिक काम गर्नेलाई लाभ रहेको छ । शरीरमा चोटपटक लाग्न सक्नेछ भने रोजगारमा बिघ्न बाधा आउनेछ चोरको भय त्रास हुनुका साथै सामाग्री हराउन सक्नेछ शरीर कमजोरीको अनुभूति रहनेछ । कार्यमा अवरोध हुनेछ भने रोजगारमा बाधा उत्पन्न हुनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । धर्म संस्कृति विरुद्ध गतिविधिमा सरिक हुन मन लाग्नेछ । साहस उमङ्गमा कमजोरी हुनेछ । सञ्चित धन नोक्सान हुनेछ जातक भय डरत्रासमा रहनु पर्नेछ । भूमि सम्बन्धी काम गर्नेलाई लाभ हुनेछ मान्यजनसँग भेटघाट हुनेछ । मानसिक पीडा हुनुको साथै आटेका सम्पूर्ण कार्यमा अवरोध हुनेछ । आर्थिक सङ्कट हुनेछ । बोलीमा प्रभावकारिता हुनुका साथै विरोधीपक्ष परास्त हुँदै जानेछन् भने मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । अध्ययनमा सफलता हुनेछ । साझेदारी काममा नोक्सान रहेको छ । 

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– २०८१ माघ महिना वृश्चिक राशिका ब्यक्तिका लागि रोगबाट मुक्त, सरकारी क्षेत्रमा रहनेलाई लाभ, मुद्दा मामिलामा विजयी, सन्तान सुख, सम्पूर्ण कार्यमा सफलता, अतिउत्तम महिना रहेको छ प्रेममा सफलता, व्यापार व्यवसायमा लाभ, पेशा व्यवसाय रोजगारमा बाधा उत्पन्न, बिरामी हुन सक्ने, दाजुभाइबिच मनमुटाब बढ्ने छभने कार्यमा हानी नोक्सानी हुनेछ । बस्त्र आभूषण प्राप्त हुनेछ भने बस्त्र रत्नमा खर्च बढ्ने छ । बोलीमा प्रभावकारिता हुनेछ भने अध्ययनमा सफलता प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनुका साथै धनलाभ समेत हुनेछ । मनमा डरत्रास उत्पन्न हुनेछ । दाजुभाइ सित झैँझगडा हुनुका साथै मनमुटाब बढ्ने छ । विद्धान बुद्धिजीवी सित भेटघाट हुनेछ । आँटेका सोचेका सम्पूर्ण कार्यहरू सम्पन्न हुनेछन् । यस सुख आनन्द प्राप्त हुनुका साथै प्रेममा सफलता रहेको छ ।  

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– २०८१ माघ महिना धनु राशिका ब्यक्तिका लागि वादविवादमा फस्न सकिने, सञ्चित धन नोक्सान, नयाँ पेशा व्यवसायको लागि उपयुक्त महिना रहेको छैन, कडा परिश्रम गर्नु पर्ने छ कार्यमा ढिलासुस्ती रहेको छ । घरदेखि टाढा विदेश यात्रा हुनेछ । वैदेशिक कामकारबाही गर्नेलाई लाभ हुनेछ । गरिरहेका कामहरू हानि हुनेछन् भने दाजुभाइ सित विवाद हुनेछ । वैदेशिक काम कारोबार गर्नेलाई लाभ रहेको छ । यात्रा गर्दा चोटपटक लाग्न सक्नेछ । खराब कर्ममा मन लाग्नेछ । धनहानी एवं बन्धनको भय रहनेछ सानातिना विवादमा फस्न सकिनेछ । सम्मानमा कमीको अनुभूति रहनेछ । नवीन बस्त्र प्राप्त रहनेछ । विद्यामा उन्नती हुनुका साथै धन प्राप्त हुनेछ । भय डर त्रास बढ्ने छ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । साहस उमङ्ग बढ्ने छ । मान सम्मान वृद्धि हुनेछ । मनले सोचेका सम्पूर्ण कार्यहरू सफलता पूर्वक सम्पन्न हुनेछन् । शरीर मन प्रफुल्लित हुनेछ । 

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– २०८१ माघ महिना मकर राशिका व्यक्तिका लागि मान सम्मानमा कमी, स्वास्थ्यमा गडबडी, टाढाको यात्रा प्राप्त, आयात निर्यात सम्बन्धी तथा वैदेशिक काम कारोबारबाट लाभ, प्रेममा खटपट हुनेछ । मानसिक तथा शारीरिक कष्ट हुनेछ । दाजुभाइबिचमा मन मनमुटाब बढ्ने छ । प्रेम तथा दाम्पत्य जीवन खटपट हुनेछ । फलाम तेल सम्बन्धी काम कारबाही गर्नेहरूलाई लाभ नै रहनेछ विरोधीपक्ष सरलता पूर्वक पराजित हुन सक्नेछन् । स्वास्थ्य पूर्ण रूपले ठिक रहनेछ । धन सम्पत्तिमा कमी हुनुको साथै झैँझगडामा फस्न सकिनेछ । बिरोधीद्धारा अपमान तथा पराजयको सामना गर्नु पर्नेछ । विद्यार्थीमा अध्ययनमा अवरोध हुनेछ । धनहानी तथा बन्धनको भय रहेको छ । आभूषण धन प्राप्त हुनेछ विद्यामा उन्नती हुनेछ । शरीर स्वस्थ्य रहनेछ मनोरञ्जन कार्यमा मन लाग्नेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ भने धर्म कर्ममा मन रुचि बढ्ने छ ।

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– २०८१ माघ महिना कुम्भ राशिका ब्यक्तिका लागि वैदेशिक आयात निर्यात तथा वैदेशिक भ्रमण रहेको छ । सरकारी क्षेत्र तथा पेशामा रहनेलाई पद हानी हुनेछ । खर्च बढ्ने, खानपिनमा सजगता अपनाउनु पर्नेछ भने प्रेममा सफलता, धातु सम्बन्धी काम कारोबार गर्नेहरूलाई लाभ रहेको छ । विरोधीपक्ष सरल तरीकाले परास्त हुनेछन् । स्वास्थ्यमा सुधार रहनेछ । खराब कर्ममा मन लाग्ने छ भने विरोधीपक्षले पीडा दिन सक्नेछन् । स्वास्थ्य सुख यस उत्तम रहनुका साथै सुख प्राप्त हुनेछ । शुभ कार्यमा मन लाग्नेछ । सानातिना झैँझगडामा फस्न सकिनुका साथै कार्यमा रोकावट आउन सक्नेछन् । शत्रुद्वारा अपमान तथा पराजयको अनुभूति रहनेछ । सानातिना विवादमा परिरहन सक्नेछ भने यात्राको अवसर मिल्ने छ भने सम्मानमा कमी रहनेछ । बस्त्र सम्बन्धी काम कारोबार गर्नेहरूलाई नोक्सानी रहेको छ भने व्यापारमा हानी नोक्सानी रहेको छ । अध्ययनमा सफलता रहेको छ भने तरल पदार्थ सुगन्धित द्रव्य तथा श्रङ्गारीक सम्बन्धी कारोबार गर्नेहरूलाई लाभ रहेको छ । 

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– २०८१ माघ महिना मीन राशिका व्यक्तिका लागि धन प्राप्ति, पद लाभ, स्वास्थ्यमा सुधार, माङ्गलिक कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । राज्यबाट लाभका रहनेछ अध्ययनमा सफलता प्रेम तथा दाम्पत्य जीवनमा खटपट रहेको छ । स्वास्थ्यमा समस्या देखा पर्नुका साथै औषधी उपचारमा खर्च बढ्ने छ । खराब कर्ममा अधिक समय बित्ने छ भने मान सम्मान गौरवमा धक्का लाग्नेछ भने विरोधीबाट पीडा उत्पन्न हुनेछ । धन सम्पत्तिमा कमीको अनुभूति रहनेछ । घरगृहस्थी सुखमा कमी रहनेछ । रक्त विकार सम्बन्धी समस्या बढ्ने छ । मान सम्मानमा कमीको अनुभूति रहनेछ । नयाँ पद प्रतिष्ठा प्राप्त हुनेछ । व्यवसायमा वृद्धि हुनेछ । मानसिक सुख शान्तिको साथै उत्तम गृह सुख प्राप्त हुनेछ भने सामाजिक कार्यमा मन लाग्नेछ । स्वास्थ्यमा सुख यस प्राप्त शुभ कार्यमा मन लाग्नेछ । वादविवादको कारण कार्यमा अवरोध हुनेछ भने शत्रुद्वारा अपमान तथा भय डरत्रासको अनुभूति रहने छ । विद्या अध्ययनमा सफलता प्राप्त हुनेछ भने द्रव्य तरल पदार्थ बस्त्र श्रिङ्गार सम्बन्धी पेशा गर्नेलाई लाभ रहेको छ । साथीभाइबाट अन्न, बिलासी सम्बन्धी सामाग्री लाभ हुनेछ । 

राशिफलले जे-जस्तो भनेता पनि तपाईँको महिना शुभ रहोस् !

ॐ नमोः भगवते बासुदेवाय नमः 

चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 

ज्यो. दुर्गा प्रसाद उपाध्याय

फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]

facebook : Durga Prasad Upadhayaya

TikTok: d.astologer