बिहीबार १० माघ, २०८१

नेपाली समय

देवाही गोनाही नगरपालिकाको उप-मेयर पदमा उम्मेदवारी दिने निर्णय

देवाही गोनाही नगरपालिकाको उप-मेयर पदमा उम्मेदवारी दिने निर्णय

रौतहट, २५ पुस । खेलकुद क्षेत्रमा आफ्नो जीवन समर्पित गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पुर्‍याउन सफल कुस्ती खेलाडी स्वर्गीय उपेन्द्र दास वैरागी (उपेन्द्र यादव) को योगदानलाई सम्मान गर्दै जनताले रोज्न चाहे अनुसार उनकी श्रीमती रामकुमारी देवीले २०८४ सालको निर्वाचनमा जनताको चाहनाअनुसार देवाही गोनाही नगरपालिकाको उप-प्रमुख पदमा उम्मेदवारी दिने निर्णय गरेकी छिन् ।

एक पीडितले नै अरूको दुःख बुझ्ने झैँ उनले नगरवासीहरूको सेवामा आफूलाई समर्पित गर्दै नगरको विकास, समृद्धि, र सामाजिक न्यायका लागि निरन्तर क्रियाशील रहने वाचा गरेकी छिन् । यस ऐतिहासिक अभियानमा नगरवासीहरूको माया, साथ, र समर्थनको अपेक्षा राख्दै उनले सबैलाई सहकार्यका लागि आह्वान गरेकी छिन् ।

नगरेका सामाजिक, मानसिक र समृद्ध विकास र नगरको भविष्यलाई अझ उज्ज्वल बनाउने यो प्रयासमा सबैको एकताबद्ध साथले सफलता प्राप्त गर्न सकिनेछ भन्ने विश्वास उनको परिवारजनले व्यक्त गरेकी हुन् ।