बिहीबार १० माघ, २०८१

नेपाली समय

विद्युतीय तारमा टाँसिएर टिपरमा आगलागी, चालक गम्भीर घाइते

विद्युतीय तारमा टाँसिएर टिपरमा आगलागी, चालक गम्भीर घाइते

रौतहट, २५ पुस । जिल्लाको वृन्दावन नगरपालिका स्थित टिपरमा आगजनी भएको छ । वृन्दावन नगरपालिका स्थित गढीमाई क्रसर उद्योगमा ११ हजार भोल्टको हाइटेन्सन विद्युतीय तारमा टिपर टाँसिदा आगजनी भएको हो । 

बिहीबार बिहान ८ बजेको समयमा लु १ त २८४९ नम्बरको टिपरले ग्राभेल झार्ने क्रममा ११ हजार भोल्ट भएको तारमा परेर टिपर पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको हो । 

टिपर चालक ४३ वर्षीय जयप्रकाश सहनी विद्युतीय प्रवाहबाट गम्भीर घाइते भएका छन् । उनको गरुडास्थित निजी अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि वीरगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।