बिहीबार १० माघ, २०८१

नेपाली समय

मणिकुमार श्रेष्ठको कविता कृति 'अदृश्य यात्रा' को विमोचन

मणिकुमार श्रेष्ठको कविता कृति 'अदृश्य यात्रा' को विमोचन

भोजपुर, १५ पुस । कवि मणिकुमार श्रेष्ठको कविता कृति अदृश्य यात्रा विमोचन तथा परिचर्चा भएको छ । २०६० सालदेखि साहित्य लेखन सुरु गरेका श्रेष्ठको पहिलो कविता कृति प्रकाशन भएको हो ।

कृतिमाथि शंकरकुमार राई, बाबुराम ओझा भाइ र संग्राम किराँतीले समालोचनात्मक टिप्पणी गर्नुभएको थियो भने मणिकुमार श्रेष्ठ, कमल थुलुङ्, सुवास विभास, घमचन्द्र दाहालले शुभकामना मन्तव्य दिनुभएको थियो । उनको कविता कृति भित्र जम्मा ५८ वटा कविताहरू समावेश छन् ।