काठमाडौँ, १३ पुस । राष्ट्रिय वाणिज्य बैङ्क (RBB)ले आफ्नो वार्षिकोत्सवको सुखद अवसरमा आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ। अभियान पुस १० देखि लागु भएको र आगामी माघको १० गते सम्म अवधि रहने बैंकले जनाएको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले आकर्षक पुरस्कारहरू जित्न सक्नुहुनेछन् ।
राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबै भन्दा ठुलो वाणिज्य बैङ्क हो जसले ग्राहकहरूलाई सहज बैङ्किङ सुविधाहरू उपलब्ध गराउँदै आएका छन् । यस अभियान मार्फत बैङ्कले आफ्ना ग्राहकहरूलाई आकर्षक पुरस्कार र बोनस प्रदान गरेर आफ्नो विशेष दिनलाई उनीहरूसँग मनाउने उद्देश्य लिएको छ।
यो अभियान अवधि भित्र, राष्ट्रिय वाणिज्य बैङ्कको मोबाइल बैंकिङ्गमा नयाँ दर्ता गर्ने दुई जना भाग्यशाली विजेताहरूलाई नयाँ स्मार्टफोन प्रदान गर्नेछ । साथै, RBB Digital Sansar, राष्ट्रिय वाणिज्य बैङ्कको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर रु. ५०० वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकहरू मध्ये १०० भाग्यशाली विजेताहरूलाई रु. १०० को टपअप बोनस प्रदान गरिनेछ।
राष्ट्रिय वाणिज्य बैङ्कले यो अभियान ग्राहकहरूप्रति आफ्नो कृतज्ञता व्यक्त गर्न र उनीहरूको बैङ्किङ अनुभवलाई थप उत्साहजनक बनाउनको लागि ल्याएको हो। यस प्रकारका कार्यक्रमहरूले बैङ्क र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउन योगदान दिनेछ। यो अभियान पुस १० देखि माघ १० सम्म सीमित रहनेछ । अभियानका विस्तृत नियम र शर्तहरूका लागि राष्ट्रिय वाणिज्य बैङ्कको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल प्लेटफर्महरूमा जानकारी उपलब्ध गराइनेछ।
राष्ट्रिय वाणिज्य बैङ्कले आफ्नो वार्षिकोत्सवलाई आफ्ना ग्राहकहरू सँग मनाउन पाउँदा गर्व महसुस गरेको छ र यस अभियानले यो अवसरलाई थप अविस्मरणीय बनाउने विश्वास राखेको छ।