आइतबार ०३ चैत, २०८१

नेपाली समय

एमालेको हेटौँडा उपमहानगर अध्यक्षमा कार्की

एमालेको हेटौँडा उपमहानगर अध्यक्षमा कार्की

head_line:

date_line: राष्ट्रिय समाचार समिति (रासस)

news_content: मकवानपुर, २ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौँडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित हुनुभएको छ । एमाले हेटौँडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।

 

सोमबार भएको निर्वाचनमा कार्कीले एक सय ७६ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी जनरल श्रेष्ठले एक सय ३३ मत प्राप्त गर्नुभयो ।

 

त्यसैगरी उपाध्यक्षमा राजकुमार बाँस्तोला, सचिवमा शान्ता गौतम, उपसचिव खुल्लामा शान्तेकुमार तामाङ र उपसचिव महिलामा चन्द्रावती पनेरु निर्वाचित हुनुभएको छ ।

–––