मंगलबार २७ माघ, २०८२

नेपाली समय

गठबन्धन सरकार गठन भएसँगै देशमा लगानीमैत्री वातावरण बनेको छः महासचिव पोखरेल

गठबन्धन सरकार गठन भएसँगै देशमा लगानीमैत्री वातावरण बनेको छः महासचिव पोखरेल

देउखुरी (दाङ), २३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले–कांग्रेस गठबन्धन सरकार गठन भएसँगै देशमा लगानीमैत्री वातावरण बनेको बताउनुभएको छ । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा नेत्रलाल स्मृति सभाहलको शिलान्यास गर्दै उहाँले दक्षिण एसियामा भारतपछि नेपाल बाह्य लगानीमा दोस्रो आकर्षणको मुलुक भएको बताउनुभयो  ।

महासचिव पोखरेलले लागानी मैत्री वातावरण बनेकाले काम गर्न सहज भएको बताउनुभयो । उहाँले नेत्रलाल अभागीको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो । शैक्षिक जागरण अभियानमा नेत्रलाल अभागीको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । महासचिव पोखरेलेले विद्यालय बनाउनेदेखि विद्यार्थीहरुमा शैक्षिका जागरण ल्याउन अभागीको योगदान रहेको स्मरण गर्नुभयो । ​​​​​​

नेत्रलाल स्मृति प्रतिष्ठानका अध्यक्ष शम्भु गौतमले रु एक करोड ६८ लाखमा स्मृति सभाहल निर्माण सुरु भएको बताउनुभयो । उहाँले सिद्धरत्न मावि नारायणपुर र प्रतिष्ठानको समन्वयमा सभाहल निर्माण सुरु भएको बताउनुभयो । सल्यानमा नेत्रलाल बहुप्राविधिक शिक्षालय, तुलसीपुर–१८ अक्कासीमा नेत्रलाल प्रावि र लमहीमा नेत्रलाल स्मृति भवन रहेका छन् । घोराही–१६ मा नेत्रलाल स्मृति रङ्गशाला निर्माणाधीन अवस्थामा छ।