काठमाडौँ, २३ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तलाई नियुक्तिपत्र प्रदान गर्नुभएको छ ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले आज मन्त्रालयमा प्रमुख आयुक्तमा डा सुरेश आचार्य, आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्तिपत्र प्रदान गर्नुभएको हो । मन्त्री गुरुङले पत्र हस्तान्तरणसँगै उहाँहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
मन्त्रालयका सचिव राधिका अर्यालले उहाँहरूले आयोगको काम, कर्तव्य र अधिकारको भरपुर प्रयोग गरी जनतामा सेवा पु¥याउनेतर्फ मन्त्रालय आशावादी रहेको बताउनुभयो ।