बिहीबार १० माघ, २०८१

नेपाली समय

सुन्दरपुर गढीमाई मेलामा भारतीय नचनिया खेसारीलालको कार्यक्रममा कुर्सी तोडफोड

सुन्दरपुर गढीमाई मेलामा भारतीय नचनिया खेसारीलालको कार्यक्रममा कुर्सी तोडफोड

रौतहट, २० मङ्सिर । एसियाको ठुलाे गढीमाई मेलाको रूपमा गढीमाई नगरपालिकाको सुन्दरपुरमा लाग्ने गरेको छ । प्रत्येक पाँच वर्षमा लाग्ने उक्त मेला यस वर्ष पनि लागि रहेको हो ।

उक्त कार्यक्रममा बिहीबार भोजपुरी जगतकाे सुपर स्टार भनिने खेसारीलाल यादवको कार्यक्रम भएको थियो । कार्यक्रममा मेयरका आसेपासेहरूले स्टेज  भरिएको कारण दर्शकहरूले आक्रोशित भई कुर्सी तोडफोड गरेका हुन। मेला राम्रोसँग व्यवस्थापन नभएको र मेयर श्याम प्रसाद यादवको आसेपासेले होहल्ला गर्दा बिवाद भएको थियो ।

मेला सुरु हुनु भन्दा अगाडि देखि नै विवादै विवाद हुँदैआएको हो। मेलाको नाममा मेयर यादव तथा मेलाका प्रवक्ता दिपेन्द्र श्रेष्ठले आफ्नो मनपरि ढङ्गले मेलालाई सञ्चालन गर्न खोज्दा विगतका दिन देखि नै विवाद हुँदै आएको हो। बिहीबार भएको कलाकार यादवको कार्यक्रममा स्टेजमा कम समय दिएर मेयर यादवको पारिवारिक फोटो सेसनमा बढी व्यस्त भएको एक भिडियोले स्पष्ट देखिन्छ। बिहीबारको कार्यक्रममा भएको कुर्सी तोडफोडको जिम्मेवारी कसले लिन्छ आम नगरबासीकाे चासोको विषय बनेको हो।

मेलाको प्रचारप्रसारमा छुट्टाइएको रकम कहाँ कति खर्च भयो त्यो पनि मेला सक्ने बित्तिकै सार्वजनिक गर्न नगरवासीको भनाई पनि रहेको हो।