रौतहट, १८ मङ्सिर । मौलापुर नगरपालिका वडा नं ५ स्थित श्री माध्यमिक विद्यालय पथरा बुधराममा छात्र- छात्राहरूलाई कपडा वितरण गरिएको छ। श्री माध्यमिक विद्यालय पथरामा पोशाकको कपडा खरिद गरी १३ सय छात्र- छात्राहरूलाई कपडा वितरण गरिएको हो।
मिति २०७९ सालमा छात्रवृति बितरण भएको र बाँकी रहेको रकम मिति २०८० र २०८१ सालमा बाँकी रहेको रकमबाट सबै यकिन गरी सो रकमबाट पोशाकको कपडा खरिद गरी १३ सय छात्र- छात्राहरूलाई कपडा वितरण गरिएको हो। मंगलवार श्री माध्यमिक विद्यालय पथरा बुधरामको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष विवेक कुमार यादवको अध्यक्षतामा र प्रधानाध्यापक राजेश सिंहको संयोजकत्वमा सदस्यको रोहबरमा कपडा वितरण गरिएको थियो।
उक्त कपडा वितरण कार्यक्रममा गाउँका भद्रभलादमी लगायत शिक्षक शिक्षिका र विद्यार्थीहरू सहभागितामा रहेको थियो ।