बिहीबार १० माघ, २०८१

नेपाली समय

३७औँ विश्व एड्स दिवसका अवसरमा सदरमुकाम गौर घण्टा घर स्थित दीप प्रज्वलन

३७औँ विश्व एड्स दिवसका अवसरमा सदरमुकाम गौर घण्टा घर स्थित दीप प्रज्वलन

रौतहट, १६ मङ्सिर । ब्रिटिस काउन्सिल, भि.एस.ओ. र आसमान नेपालको साझेदारीमा सञ्चालित जेम्स (GEMS) परियोजनाको सहयोग र सहकार्यमा सप्तरङ्गी नेपालद्वारा आयोजित ३७ औँ विश्व एड्स दिवस आइतबार गौर नगरपालिकामा विभिन्न सङ्घसंस्थाहरू मिलेर र्‍याली सम्पन्न गरेको छ ।

२०२४ डिसेम्बर १ का दिन एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ भन्ने नाराका साथ मनाइएको थियो। कार्यक्रमको सुरुवात जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख राजेश सिंहले उद्घाटन गरेका थिए भने स्थानीय क्षेत्रमा काम गर्ने सप्तरङ्गी नेपाल माया नेपाल विजाम लगायत अन्य सहकार्य संस्थाहरूको उपस्थित रहेको थियो।

विश्व दिवस मनाउनको मुख्य कारण एचआइभी रोकथाम तथा एचआइभी सङ्क्रमितहरूलाई लाञ्छना विभेद घृणा नगरौँ भन्नु हो। र्‍याली गौर प्रादेशिक अस्पतालबाट सुरु भएर भन्सार रोडसम्म पुगी बीपीचोकमा आएर समापन भएको थियो। ट्राफिक प्रहरी गौरको सहयोगमा ट्राफिक व्यवस्थापन गरिएको थियो । साथै साँझ बिपी चोक, गौरमा दीप प्रज्वलन कार्यक्रम  गरिएको थियो।                                                             

यो कार्यक्रम भव्य रूपमा सफलतापूर्वक व्यवस्थापन गर्न आसमान नेपालका जेम्स ( GEMS) परियोजना रौतहटका परियोजना संयोजक सञ्जय कुमार यादवले महत्त्वपूर्ण जिम्मेवारी निभाउनु भएका जानकारी आयोजक सप्तरङ्गी नेपालका ब्रिज नन्दन यादवले गराए ।