आइतबार २३ मंसिर, २०८१

नेपाली समय

पसलको ताल्चा फुटाई चोरी गर्ने २ जना पक्राउ

पसलको ताल्चा फुटाई चोरी गर्ने २ जना पक्राउ

रौतहट, १३ मङ्सिर । जिल्लाको सदरमुकाम गौरमा विभिन्न समयमा मोबाइल पसलमा चोरी भएको छ। बुधवार राती करिब १२:३० बजेको समयमा जिल्लाको राजदेवी नगरपालिकाकाको वडा नं ९ ब्रहमपुरीका १९ वर्षीय शिवजी मण्डल तथा १८ वर्षीय साहिल भन्ने निरज मण्डलले चोरी गरेको प्रहरीले जनाएको छ।

निजहरुले जिल्ला प्रहरी कार्यालयको छेउमा रहेको चौधरी मार्केटमा अवस्थित नवाब अलीको नेशनल मोबाइल एश्सोरिज पसलको ताला फूटाई विभिन्न कम्पनीको मोबाइल थान -१५ र विभिन्न ईलेक्ट्रोनिक्स सामानहरू चोरी गरेका थिए। उनीहरुले राती १.३० बजेको समयमा पुनः गौर न.पाको वडा नं ५ बरहवा पुल स्थित जनकनन्दन पटेलको गौर ईन्टरप्राईजेज मोबाइल पसलको ताल्चा फुटाई पसल भित्र प्रवेश गरेका थिए। 

उनीहरुले विभिन्न कम्पनीको ४ वटा मोबाइल तथा अन्य सर-समानहरु चोरी गरी रहेको अवस्थामा स्थानीय मानिसहरूको सहयोगमा प्रहरीको गस्ती टोलीले पसल भित्रै फेला पारी चोर समूहलाई पक्राउ गरी नकबजनी चोरी  कसुर मुद्दामा सम्मानित जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान भई रहेको  प्रहरी नायव उपरीक्षक दिपक रायले बताए ।