२०८१ साल मङ्सिर महिनाको मासिक राशिफल:

मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– २०८१ मङ्सिर महिना मेष राशिका ब्यक्तिका लागी सूर्य ग्रह प्रतिकूल हुँदा खराब कार्यमा मन लाग्ने छ । शरीरमा पीडा हुनेछ भने अपजसका साथै पेट सम्बन्धी समस्या देखा पर्नेछ । राज्यपक्षबाट कार्यमा अवरोधका साथै सरकारी कार्यमा अवरोध हुनेछ । दाम्पत्य जीवनमा कष्ट आई पर्नेछ । आय भन्दा खर्च बढ्ने छ । महिना भरी सानातिना रोगले सताउनुका साथै ज्वरो पनि आउन सक्नेछ । बुध ग्रह अनुकूलताको कारण विरोधी पक्ष्य परास्त हुनुका साथै मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ भने कडा परिश्रम पश्चात् कार्यमा सफलता हुनुका साथै मनमा प्रशन्नता हुनेछ । सामाजिक क्षेत्रमा मान सम्मान प्राप्त हुनेछ । शुक्र ग्रह अनुकूल हुनाले गर गहना प्राप्त हुनुका साथै आभूषण प्राप्त हुनेछ भने वस्त्र तथा आभूषण सम्बन्धी कारोबारबाट आर्थिक लाभ हुनेछ । राज्यपक्षबाट लाभ हुनुका साथै मित्रजनबाट लाभ हुनेछ । देश बाहिरको टाढाको यात्रा समेत प्राप्त हुनेछ । महिनाको मध्य पछि मानसिक चिन्ता बढ्नुका साथै धन हानी हुनुका साथै राज्यपक्षबाट विविध झन्झट आई पर्नेछ भने विद्यार्थीहरूमा कडा परिश्रम गर्नु पर्नेछ भने प्रेममा सफलता नै रहने छ ।

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– २०८१ मङ्सिर महिना वृष राशिका ब्यक्तिका लागी दाम्पत्य जीवनमा मनमुटाब बढ्ने छ । दाम्पत्यमा बिरामी हुनुका साथै घर परिवार भित्र रोगले सताउने छ । कार्यमा ढिला सुस्तीका साथै असफलता हुनेछ । पेसा व्यवसायमा विध्नवाधा उत्पन्न हुनेछ भने । टाढाको यात्रा प्राप्त भएपनि यात्रा कष्टकारी हुनेछ । शिर पीडाले सताउने छ भने धन तथा मानहानि हुनेछ भने मनमा खिन्नताको महसुस हुनेछ । शरीरमा पीडाले सताउने छ भने दाम्पत्य जीवनमा विवाद बढ्ने छ । राज्यपक्षबाट हरेक कार्यमा अवरोध हुनुका साथै भय डर त्रास बढ्ने छ । आर्थिक क्षेत्रमा धन हानीका साथै यात्रा प्राप्त भएता पनि यात्रा तथा व्यवसायमा हानी हुनेछ भने मनमा चिन्ता बढ्ने छ । घर देखी टाढाको यात्रा गर्नु पर्नेछ विलासी सामाग्रीमा खर्च बढ्ने छ भने महिनाको मध्यपछि धन तथा सुख लाभ हुनुका साथै विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्राप्त हुनेछ । वस्त्रका साथै आभूषण प्राप्त हुनेछ । राज्यपक्षबाट मान सम्मान प्राप्त हुनेछ भने टाढाको यात्राको गर्नु पर्नेछ ।

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– २०८१ मङ्सिर महिना मिथुन राशिका ब्यक्तिका लागी कार्यसिद्धि हुनुका साथै शारीरिक सुख प्राप्त हुनेछ । अन्न तथा नविन वस्त्र प्राप्त हुनेछ । विरोधी पक्ष्य परास्त हुनुका साथै मुद्दा मामिलामा विजयी प्राप्त हुनुका साथै चिट्ठा पर्न सक्नेछ । रोगबाट मुक्त हुनुका साथै सरकारी कामबाट लाभ हुनुका साथै सरकारी काममा रोकिएका कार्यहरू सफल हुँदै जानेछन् । उमङ्ग बढ्ने छ भने शरीर स्वास्थ्य रहनेछ । नविन वस्त्र प्राप्त हुनेछ । अध्ययन कार्यमा मन जानेछ । सबैबाट मान सम्मान प्राप्त हुनेछ । शारीरिक तथा मानसिक सुख प्राप्त हुनेछ । कला सङ्गीत नित्य आदि कार्यमा सफलता प्राप्त हुनेछ । मनमा डर त्रास उत्पन्न हुनेछ । प्रेम तथा दाम्पत्य जीवनमा खटपट रहनेछ भने अपमानका साथै हानी नोक्सानी व्यहोर्नु पर्नेछ । टाढाको यात्राको अवसर प्राप्त हुनेछ । धन तथा सुख वृद्धि हुनेछ । समस्त कष्ट नष्ट भएर जानेछ । कुलकुटुम्बवाट साथ सहयोग प्राप्त हुनुका साथै अध्ययनमा सफलता हुनेछ ।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– २०८१ मङ्सिर महिना कर्कट राशिका ब्यक्तिका लागी सूर्य ग्रह पञ्चम स्थानमा हुँदा मानसिक तनाव बढ्ने छ । शारीरिक तथा मानसिक शक्तिमा कमजोरीको महसुस हुनेछ । सञ्चित धन नोक्सान समेत हुनेछ । सन्तानको लागी सञ्चित धन नोक्सान हुनेछ । राज्यपक्ष्यवाट कार्यमा अवरोध हुनुका साथै सरकारी जागिर खानुहुनेलाई अपमान सहनु पर्नेछ । टाढाको यात्रा प्राप्त भएता पनि यात्राको अवसरमा चोटपटक लाग्नुका साथै सजगता अपनाउनु पर्नेछ । बुध ग्रह पञ्चम स्थानमा रहँदा मानसिक पीडा खेप्नु पर्नेछ भने कार्यमा पूर्णता प्राप्त हुनेछैन । परिवार सित मनमुटाब बढ्नुका साथै आर्थिक रूपमा पनि समस्या बढ्ने छ । प्रेम तथा दाम्पत्य जीवनमा खटपट आउन सक्नेछ । शुक्र ग्रह रिपुको स्थानमा आउँदा विरोधी पक्ष परास्त हुनुका साथै विरोधी पक्षबाट धन समेत आउन सक्नेछ । साझेदारी काम गर्दा अलि सावधानी अपनाउनु पर्ने देखिन्छ । यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ भने महिनाका मध्यपछि घर परिवारबाट अपमानितका साथै भय डर त्रास बढ्ने छ कडा परिश्रम गर्नु पर्ने देखिन्छ भने मान सम्मानमा हानी नोक्सानी व्यहोर्न पर्नेछ भने यात्रा प्राप्त भएता पनि यात्रामा अधिक खर्च हुनेछ ।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– २०८१ मङ्सिर महिना सिंह राशिका ब्यक्तिका लागी मनमा अनेक भ्रम उत्पन्न हुनेछन् । शारीरिक तथा मानसिक शक्तिमा कमजोरीको अनुभुती रहनेछ । आय आर्जनमा अवरोध । राज्यपक्ष्यवाट सरकारी कार्यमा विभिन्न प्रकारले बाधा व्यवधान गर्न सक्नेछन् । राज्यको कारण वादविवादमा फस्न सकिनेछ । टाढाको यात्रा प्राप्त भएता पनि यात्रामा अनेक प्रकारका समस्याहरू आउन सक्नेछन् । धनहानीका साथै मनमा दिक्दार पन आउने छ । धन प्राप्तिका साथै घर गृह सुख समेत हुनेछ । मित्र जन सित सुमधुर सम्बन्ध समेत रहनेछ । सन्तान सित सुमधुर सम्बन्ध रहनेछ । अध्ययनमा सफलता प्राप्त होला । प्रेममा सफलता नै रहनेछ । विरोधी पक्ष परास्त हुनेछन् । मनोरञ्जन सम्बन्धी कार्यमा समय खर्च हुनेछ । शत्रु वृद्धि हुनेछन् । साझेदारी काममा झैँझगडा हुनुका साथै विवाद उत्पन्न हुनेछ । यात्रा प्राप्त भएता पनि यात्रामा दुर्घटना हुनेछ ।

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– २०८१ मङ्सिर महिना महिनामा कन्या राशिका ब्यक्तिका लागी रोगबाट मुक्त, शारीरिक सुख प्राप्त हुनेछ । सज्जन एवं उच्च राज्यका अधिकारीसंग भेटघाट हुनेछ । मित्रजनको साथ सहयोगबाट आर्थिक मजबुत हुनेछ । मुद्दा मामिलामा विजय प्राप्त हुनेछ । धन मान प्रतिष्ठा प्राप्त हुनेछ भने उच्च पद प्राप्त समेत हुन सक्नेछ । सबैको साथ सहयोगले आँटेका काम सहज रूपले सम्पन्न हुनेछन् । मनमा अनेक प्रकारका नकारात्मक तरिकाले डरत्रास उत्पन्न हुनेछन् । कमी हुनेछ । दाजुभाइ सित झैँ झगडा हुनुका साथै आर्थिक नोक्सान हुन सक्नेछन् । सोचेका आटेका सम्पूर्ण काम पूर्ण हुनेछन् भने धन लाभ समेत हुनेछ । बिलासी सामाग्रीमा खर्च हुनुका साथै विलासी सामाग्री उपलब्ध हुनेछन् । दाम्पत्य जीवनमा सुख प्राप्त हुनुका साथै प्रेममा सफलताका साथै बोलीमा प्रभावकारिता हुनेछ । सन्तानको भाग्यमा वृद्धि हुनेछ भने आर्थिक लाभ समेत गर्नेछन् । मिष्ठान्न भोजन समेत प्राप्त समेत हुनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । विद्यार्थीलाई अध्ययनमा सफलता प्राप्त हुनेछ । मनोरञ्जन कार्यमा समेत बित्ने छ ।


तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– २०८१ मङ्सिर महिना तुला राशिका ब्यक्तिका लागि खराब मान्छे सित वादविवादमा फस्न सकिनेछ । स्वभाव धूर्त र खराब कार्यमा मन लाग्नेछ । शीर तथा आँखा सम्बन्धी समस्या देखा पर्नेछ । व्यापार तथा धन सम्पत्तिमा हानी नोक्सानका साथै सञ्चित धन हराउने डर रहेको छ । मित्रजन सित मनमुटाब बढ्नुका साथै विवादमा फस्न सकिनेछ । नविन वस्त्रका साथै आभूषण प्राप्त हुनेछ । विद्यार्थीको लागी अध्ययनमा सफलता हुनेछ । खाद्य सम्बन्धी काम कारोबार गर्नेलाई लाभ रहेको छ । विरोधी पक्ष परास्त हुनेछन् । विरोधी बाट धनलाभ हुनेछ । साहस हिम्मत बढ्ने छ । मान सम्मान प्राप्त हुनुका साथै भाग्यमा वृद्धि हुनेछ । राज्यपक्षबाट साथ सहयोग प्राप्त हुनेछ । विरोधी पक्ष परास्त हुनेछन् । सोचेका आँटेका काम पूर्ण हुनेछन् । बिलासी सामाग्री प्राप्त हुनेछन् । प्रेममा सुख प्राप्त हुनुका साथै शरीर आनन्दित हुनेछ ।

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– २०८१ मङ्सिर महिना वृश्चिक राशिका ब्यक्तिका लागी धन नास हुनेछ । मान सम्मानमा कमी हुनेछ । स्वास्थ्यमा गडबड हुनेछ । रक्तचाप तथा हृदय रोगले सताउनुका साथै थकावटका समस्या बढ्नुका साथै पेट सम्बन्धी रोगले सताउनुका साथै कष्ट आई पर्नेछ । आटेका प्रत्येक कार्यमा रोकावट हुनुका साथै खानपिनमा समस्या हुनेछ । परिवार देखी टाढा रहनु पर्ने छ । दाजुभाइ तथा मित्रजन सित वादविवादमा फस्न सकिनेछ भने मानसिक तनाव बढ्ने छ । खराब कार्यमा समय बित्ने छ । बोल्दा सावधानी अपनाउनु पर्नेछ । सञ्चित धन नोक्सान हुन सक्नेछ । सानातिना झैझगडामा फस्न सकिनेछ । यात्रा प्राप्त भएता पनि यात्रामा विविध समस्या पर्न सक्नेछ । शुक्र ग्रह प्रभावकारिताको कारण रत्न वस्त्र कारोबार गर्नेलाई आर्थिक लाभ हुनेछ । शरीरमा उमङ्ग बढ्ने छ । नविन वस्त्रका साथै नबिन आभूषण धारणा गर्ने अवसर प्राप्त हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । गायन नित्य सम्बन्धी कार्यमा मन लाग्नेछ । विरोधी पक्ष परास्त हुनेछन् । आँट हिम्मत बढ्नेछ । शारीरिक सुख प्राप्त हुनेछ । मान सम्मानमा वृद्धि हुनुका साथै भाग्योदय हुनेछ । राज्यपक्षबाट साथ सहयोग पाउनुका साथै रोकिएका कार्य सफलता पूर्वक सफल हुनेछ । धार्मिक कार्यमा मन लाग्नेछ ।

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– २०८१ मङ्सिर महिनामा धनु राशिका ब्यक्तिका लागी समुद्र पार भ्रमण गर्नु पर्ने अवसर प्राप्त हुनेछ । आफूले गरिरहेको कार्य क्षेत्रमा मान हानी तथा पद हानी हुनेछ । खर्च अधिक रूपले बढ्ने छ । विविध प्रकारका समस्या झेल्नु पर्ने अवस्था रहेको छ । ज्वरोले सताउने देखिन्छ । खानपिन गर्दा सावधानी अपनाउनु पर्ने अवस्था रहेको छ । राज्यपक्षबाट कार्यमा अवरोध हुनेछ । मित्रजनको व्यवहारमा शत्रुता बढ्नुका साथै अपमानका साथै डर त्रास भय बढ्ने छ । धन सुखमा कमी हुनेछ । सन्ताप तथा भोजनमा अरुचि बढ्ने छ । वादविवादका कारण सबै कार्यमा अवरोध हुनेछन् । विरोधीपक्षका कारण कार्यमा अवरोध हुनेछन् । स्वास्थ्यमा समस्या बढ्ने छ । विद्यार्थी वर्गले अध्ययनमा बढी मिहिनेत गर्नु पर्नेछ । शुक्र ग्रह अनुकूलताको कारण सुख तथा धन प्राप्ति हुनेछ । विरोधी पक्ष परास्त हुनेछन् । अध्ययनमा सफलता हुनेछ । प्रेम तथा दाम्पत्य सुख प्राप्त हुनेछ । व्यापारमा उन्नति हुनेछ भने तरल पदार्थ शृङ्गारिक सामाग्रीमा लाभ रहेको छ । विरोधी पक्ष्य परास्त हुनेछन् । साहस हिम्मत बढ्ने छ । नित्य सङ्गीत सम्बन्धी समय बित्ने छ ।

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– २०८१ मङ्सिर महिना मकर राशिका ब्यक्तिका लागी आर्थिकपक्ष मजबुत हुनुका साथै धन प्राप्ति हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । नयाँ पेशा जागिर पाउने समय रहेको छ । स्वास्थ्य अवस्था उत्तम रहनेछ । धार्मिक तथा माङ्गलिक कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । राज्यपक्षबाट कृपा प्राप्त हुनेछ । सरकारी जागिर क्षेत्रमा रहेकालाई पदोन्नती रहनेछ भने पिताको आर्थिक पक्ष्य मजबुत हुँदै जानेछ । बुध ग्रह एकादश भावमा गोचरमा रहेकाले स्वास्थ्य उत्तम, सुख प्राप्त हुनुका साथै यश वृद्धि हुनेछ । शुभ कार्यमा समय बित्ने छ । मिष्ठान्न भोजनका साथै बिलासी सामाग्री प्राप्त हुनेछन् । सञ्चित धन वृद्धि हुनुका साथै व्यापार कारोबार गर्दा सावधानी अपनाउनु पर्नेछ । अध्ययन कार्यमा सफलता हात पार्नेछ भने विरोधी पक्ष्य परास्त हुँदै जानेछन् । व्यापार व्यवसायमा लाभ रहनेछ । तरल पदार्थ सुगन्धित बस्तुमा धन खर्च हुनेछ ।

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– २०८१ मङ्सिर महिना कुम्भ राशिका ब्यक्तिका लागी मङ्सिर महिना आर्थिकपक्ष मजबुत रहनेछ भने राज्यपक्षबाट लाभ नै रहने छ सरकारी क्षेत्रमा काम कारबाही गरेकाहरूलाई पदोन्नती हुनेछ । राज्यपक्षबाट मानसम्मान प्राप्त हुनुका साथै इज्जत प्रतिष्ठा बढ्ने छ । मित्रजनको साथ सहयोगले आर्थिक लाभ समेत हुनेछ । आटेका सम्पूर्ण कार्यहरू पूर्ण हुनेछन् । मान, गौरव तथा इज्जत प्रतिष्ठा समेत बढ्ने छ । मिष्ठान्नभोजन प्राप्त हुनेछ । प्रेम तथा दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । मित्रजनको साथ सहयोगबाट आर्थिक लाभ मजबुत रहनेछ भने सन्तान सुख प्राप्त हुनेछ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्रभावकारिता हुनेछ । बोलीमा प्रभावकारिता रहने छ । वस्त्र सम्बन्धी काम कारबाहीबाट लाभ हुनेछ ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– २०८१ मङ्सिर महिना मीन राशिका ब्यक्तिका लागी कान्ति छय हुनुका साथै शरीरमा कमजोरीको अनुभूति रहनेछ । झूटा आरोप लाग्नुका साथै बिना कारण धन तथा कमाएको इज्जतमा दाग दाग्न सक्नेछ । आय आर्जनमा कमी हुनुका साथै रोग एवं मनमा अशान्ति उत्पन्न हुनेछ । दाजुभाइ सित विरोध पन उत्पन्न हुनेछ । अपमान तथा भयको डर बढ्ने छ । आँटेका सम्पूर्ण कार्यमा असफलता हुनेछ । बुध ग्रहको प्रभावको कारणले मनमा चिन्ता बढ्नुका साथै सबै कार्यमा बिघ्न बाधा आउने छ । यात्राको अवसर प्राप्त भएता पनि यात्रामा हानी नोक्सानी समेत हुनेछ । मान हानी समेत हुनेछ । दाजुभाइ बिचमा वैमनस्यता बढ्ने छ । धार्मिक कार्यमा मन नलाग्नुका साथै धार्मिक विरोधी गतिविधिमा सरिक हुन मन लाग्नेछ । शुक्र ग्रहको प्रभावको कारणले शरीरमा पीडा पाउनुका साथै मानसिक चिन्ता बढ्ने देखिन्छ । धन हानी समेत हुनेछ । नोकरी तथा व्यवसायमा पनि बिध्नबाधा आईपर्नेछ । विरोधी पक्षले दुःख दिन सक्नेछन् । राज्यपक्षबाट कठिन दुःख झैझमेला आईपर्नेछ । महिनाको मध्यपछि कार्यमा सफलता हुनेछ । आर्थिक लाभ समेत हुनेछ । मिष्ठान्न भोजन समेत प्राप्त हुनेछ । प्रेम तथा दाम्पत्य सुख प्राप्त हुनेछ । मित्रको साथ सहयोगले आर्थिक लाभ समेत हुनेछ ।
राशिफलले जे-जस्तो भनेता पनि तपाईँको महिना शुभ रहोस् !
ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला ।
ज्यो. दुर्गा प्रसाद उपाध्याय
फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]
facebook : Durga Prasad Upadhayaya
TikTok: d.astologer