मंगलबार ३० बैशाख, २०८२

नेपाली समय

शिक्षकको कुर्सी प्रहारबाट विद्यार्थी घाइते

शिक्षकको कुर्सी प्रहारबाट विद्यार्थी घाइते

रौतहट, १३ कत्तिक । जिल्लाको गौर नगरपालिकामा रहेको श्री जुद्ध नमुना माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा तर्फ सञ्चालनमा रहेको आईटी कक्षामा अध्ययनरत एक विद्यार्थी माथि शिक्षकले कुर्सी प्रहार गर्दा  विद्यार्थी घाइते भएका  छन् ।

घाइते हुनेमा ईशनाथ नगरपालिकाको वडा नम्बर ९ डुमरियाका उपेन्द्र साहका छोरा श्री जुद्ध नमुना विद्यालयमा प्राविधिक शिक्षा तर्फ सञ्चालनमा रहेको आईटी कक्षामा पढ्ने अन्दाजी १८ वर्षीय रितिक रोसन साह माथि शिक्षकले कुर्सी प्रहार गर्दा साह घाइते भएका छन्।

सोमबार बिहान ८ :३० बजेको समयमा पढ्न गएका बेला कक्षा कोठामा प्रधुमन वर्माले प्रोजेक्टर चलाई कक्षा कोठामा नै सुतीरहेको बेला आफूलाई  समझमा नआएको बताउन जाँदा शिक्षक वर्माले कोठा बाट बाहिर जा भन्दै कराएको र पढाई दिनु भन्दा एकासी सोही ठाउँमा राखेको कुर्सी प्रहार गरेको घाइते साहले बताएका छन्।

घटना भए पछि प्रहरीलाई खबर प्राप्त भए लगतै प्रहरी टोली विद्यालयमा पुग्दा शिक्षक प्रधुमन वर्मा फरार रहेको प्रहरीले जनाएको छ। शिक्षक बर्मा रौतहटकै दुर्गा भगवती गाउँपालिका वडा नम्बर १ पिपरा भलोहिया घर भएको शिक्षक वर्माले कुर्सी प्रहार गर्दा विद्यार्थी साहको टाउकोमा ५ वटा टाका लगाएको डाक्टरले बताए ।

यस विषयमा विद्यालयका प्रधानाध्यापक प्रभास ठाकुरसंग बुझ्दा उनले बताए अनुसार यो विद्यार्थी पहिला पनि बिद्यार्थीहरुको झडपमा कुटिएको र अब यो खबर सुनिएको बताएका छन्।

प्रधानाध्यापक ठाकुरले यस सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको भन्दै छानबिनमा विद्यालय पनि प्रहरीलाई सहयोग गर्ने बताए ।