बिहीबार २६ असार, २०८२

नेपाली समय

'हामी उद्धार कार्यमा निरन्तर छौ' : दल मर्दन कामी (अध्यक्ष: आमूल परिवर्तन नागरिक पार्टी)

'हामी उद्धार कार्यमा निरन्तर छौ' : दल मर्दन कामी (अध्यक्ष: आमूल परिवर्तन नागरिक पार्टी)

काठमाडौँ, १८ असोज । 'जिउँदाको जन्ती जानुभन्दा मर्दाको मलामी जानु बेस हो अति उत्तम हो', भनेझैँ सङ्कटको समयमा पीडित परिवारलाई साथ दिनु मानवीय असल र आत्मीय गुण हो भन्ने उद्देश्यद्वारा उत्प्रेरित आमूल परिवर्तन नागरिक पार्टीले काठमाडौं महानगरपालिका वडा नम्बर १२ थापाथली स्थित पौरखी  बस्ती (सुकुम्वासी)बस्तीमा बाढीबाट पीडितलाई विभिन्न राहतका प्याकेजको सहयोग आह्वान गर्दै निरन्तर सेवामा लागेको पार्टी अध्यक्ष दल मर्दन कामीले बताएका छन् । 

एकतामा बल छ एकता शक्ति छ भन्दै पीडित परिवारलाई सबैले मिलेर सहयोग गरौँ, एकता प्रेमको भावना रहौँ भन्दै सहयोगको अपिल समेत गरेका थिए । कामी दिनानुदिन बस्तीमा पार्टीका नेताकार्यकर्तालाई स्वयंसेवक परिचालन गरी सुकुम्वासीका घर टहरामा बाढीले जम्मा गरेको हिलो फालेको र कपडा धुँदै गरेको तस्बिर फुटेजहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले भनेका छन्, "हामी उद्धार कार्यमा निरन्तर छौ ।",

दल मर्दन कामीको नेतृत्व रहेको आमूल परिवर्तन नागरिक पार्टीले गत ११ र १२ गते अविरल बर्षाले देशभर बाढीपहिरोबाट ठुलो क्षति भएपछि काठमाडौंमा उपलब्ध पार्टी सचीवलयको बैठकबसि पार्टीको उपमहासचिव बिदुर अधिकारीको संयोजकत्वमा उपाध्यक्ष डिल्ली तामाङ, उपमहासचिव स्याम राई, सचिव सोम राई र कोषाध्यक्ष डिके लिम्बूसहित पाँच सदस्यीय बिपत्त व्यवस्थापन समिति निर्माण गरी उद्धार कार्यक्रम सञ्चालन गरेका थिए ।

गत ११, १२, १३ गतेको अविरल वर्षाबाट पीडित काठमाडौं उपत्यकाको सुकुम्वासी मध्य काठमाडौं ११ थापाथली र बंसीघाट त्यसै गरी बल्खुका सुकुम्वासी सबैभन्दा धेरै क्षति गरेको हो पीडित सुकुम्वासी परिवारको अवस्था अत्यन्तै नाजुक रहेको र उक्त बाढीले बस्तीवासीको खाने चामल दाल, ग्यास सिलिन्डर, चुलो देखि, लाउने कपडा र ओढ्ने ओछ्याउने कपडा समेत बगाए पछि उनीहरू कष्टकर अवस्थामा रही देशमा हिन्दुहरूको महान् दशैको समयमा यस्तो बिजोग हुनेगरी गएको बाढीपहिरोले उक्त स्थानका सुकुम्वासी परिवारलाई पछिल्लो समय वल्लो दशैं न पल्लो तिहार भएको छ ।

यसै बीचमा कामीले पार्टी अन्तरगत बनेको विपत व्यवस्थापन समितिकोलाई उद्धार र राहतका कार्यमा निरन्तर पहलका लागी समेत आग्रह गरेका छन् ।