परासी, १८ असोज । पश्चिम नवलपरासीमा मासु पसलमा अनुगमन गरिएको छ । दशैं तिहार तथा छठ पर्व लक्षित मासु पसलमा अनुगमन गरिएको हो ।
दशैं तिहार तथा छठ पर्व लक्षित मासु पसलमा अस्वास्थ्यकार बिक्रीवितरण हुनसक्ने माध्ये नजर गरी अस्वास्थ्यकार बिक्रीवितरण भइरहेको जनगुनासो आएपछि मासु पसलहरूमा अनुगमन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रावण कुमार चौधरीले जानकारी दिए । सदरमुकाम परासी र सुनवल नगरपालिकाको भुमहीमा रहेका मासु पसलमा अनुगमन गरिएको प्रमुख चौधरीले जानकारी दिए ।
अनुगमनको क्रममा अधिकांश मासु पसलमा मूल्य सूची नराखेको पसलमा सरसफाइ नदेखिएको पाइएको चौधरीले बताए ।अनुगमनको क्रम परासी बजारका ट्याकिमा राखेर कुखुरा मासु अवस्थिति रूपमा सञ्चालन भइरहेको पाइएको चौधरीले बताए ।उनले भने मासु पसलहरूलाई सरसफाईमा विशेष ध्यान दिई व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको बताए ।
उनिहरूहरूलाई मासु पसलको मापदण्डअनुसार र व्यवस्थित गरी मासु सञ्चालन गर्न निर्देशन दिइएको बताए ।उनको अनुसार पहिलाको तुलनामा मासु पसलमा सुधारोउन्मुख भेटिएको प्रमुख चौधरीले जानकारी दिए । मासु पसलमा मासु स्वास्थ्यकार पाइएको पशु रोग अन्वेषण प्रयोगशाला डा भरत काफ्ले बताए ।
सदरमुकाम परासीका १४ वटा र सुनवल नगरपालिकाको भुमहि बजारमा रहेका २ वटा १६ वटा मासुल पसलमा अनुगमन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा विभूति सिहले जानकारी दिईन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रावण कुमार चौधरीको नेतृत्वमा भएको अनुगमनको क्रममा रोग अन्वेषण प्रयोगशाला डा भरत काफ्ले, पशु क्वारेन्टाइन चोक पोष्ट महेशपुरका डा. मनोज अधिकारी, जिल्ला प्रशासन कार्यालय नवलपरासीकी सुब्बा अस्मिता खाती,जिल्ला प्रहरी कार्यालयका रामग्राम नगरपालिकाको पशु चित्सिक डा. सुमित सिंह प्रहरी सहायक निरीक्षक शेर बहादुर थापामगर, घरेलु तथा साना उद्योग कार्यालय परासीका मनोज चौधरी पत्रकार लगायतको सहभागीता रहेको थियो ।