आइतबार २० असोज, २०८१

नेपाली समय

अमृत्तम स्वीटस्मा मिठाईमा भेटियो किरा र ढुसी

अमृत्तम स्वीटस्मा मिठाईमा भेटियो किरा र ढुसी

परासी, १६ असोज । पश्चिम नवलपरासीमा एक मिष्ठन्न भण्डारमा मिठाईमा किरा र ढुसी परेको भेटिएको छ । जिल्ला संयुक्त बजार अनुगमन समिति नवलपरासीले परासी सदरमुकाम रहेका मिष्ठन्न भण्डारमा अनुगमनको क्रममा एक मिष्ठन्न भण्डारमा मिठाई पसलमा किरा र ढुसी परेको भेटिएको हो ।

अनुगमनको क्रममा परासी सदरमुकाम स्थित रामग्राम नगरपालिकाको वडा नं.  ३ मा अवस्थित रहेको अमृत्तम स्वीटस्मा मिठाईमा किरा र ढुसी परेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए । उनको अनुसार अमृत्तम स्वीटस्मा सेतो रसबरी ,रातो रसबरी मिठाईमा  किरा र ढुसी दुर्गन्धित, तथा पनिरमा ढुसी परेको भेटिएको बताए ।

सेतो रसबरी, रातो रसबरी गरी ४ मिठाईमा  किरा र ढुसी दुर्गन्धित र पनिरमा ५ केजी ढुसी परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दिपक यादवले बताए । अनुगमनको क्रममा म्याद गुज्रेको पेयपदार्थ समेत भेटिएको यादवले जानकारी दिए । उनको अनुसार ३५ बोतल पेयपदार्थ भेटिएको बताए ।

सेतो रसबरी ,रातो रसबरी मिठाईमा  किरा र ढुसी दुर्गन्धित, तथा पनिरमा ढुसी परेको  र म्याद गुज्रेको पेय पदार्थ नियन्त्रण लिई नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका नायब सुब्बा चिरन्जिबी पौडेलले बताए । उनको अनुसार ११ हजार बराबरको मिठाई पेय पदार्थ नष्ट गरिएको बताए । आउँदै गरेको दशैं, छट, तिहारमा बजार हुन सक्ने कालो बजारी र म्याद गुज्रेको सामान बिक्री बितरण भइरहेको जनगुनासो आएपछि जिल्ला संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन गर्न सुरुवात गरेको छ ।

परासी सदरमुकाम परासीमा रहेका ६ वटा मिष्ठन्न भण्डार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका मनोज चौधरीले जानकारी दिए ।