शुक्रबार १८ असोज, २०८१

नेपाली समय

बाढी प्रभावितहरूका लागि स्वास्थ्य शिविर सञ्चालन

बाढी प्रभावितहरूका लागि स्वास्थ्य शिविर सञ्चालन

रौतहट, १६ असोज । देशका अधिकांश जिल्लामा अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढीका कारण जनजीवन प्रभावित बनेका छन् । त्यसै बिच बारा जिल्लाको पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह द्वारा रौतहट जिल्लाको अति प्रभावित बाढीपीडितलाई राजदेवी नगरपालिका वडा नं ८ लक्ष्मीपुर र दुर्गा भगवती गाउँपालिकाको वडा नं ५ बडहर्वा टोलमा अनुगमन गरी खाना र स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

मेयर सिंहले आफ्नो पालिकाको जनशक्ति लगायत, एम.बि.बि.एस. चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली, बाढीपहिरोमा उदारका लागि प्रदक्षिणा लिएका नगर प्रहरीको टोली, बाढीबाट प्रभावित सडक मर्मत र भत्किएको ठाउँलाई मर्मत गरी डाइभर्सन बनाउनको लागि जे.सी.बि.  लगायत टिपर, ट्रयाक्टर, पिककप लगायतको सामग्री सहितको टोली २ दिन देखि तिन पालिकाहरूमा सेवा दिई रहेको हो ।

बाढी आएकै दिन बाढबाट प्रभावित भएको ठाउँलाई अवलोकन गरी माननीय बबन सिंहले पहल गरी नगर प्रमुख सिंहको टोलीलाई जिल्लाको बाढ पीडितको दुःख साट्न बोलाएका स्थानीहरूले बताए ।