आइतबार २० असोज, २०८१

नेपाली समय

श्री माध्यमिक विद्यालय कर्कच गुठ्ठीको निर्वाचनमा साह कानूले २०१ मतान्तर सहित निर्वाचनमा प्यानल विजयी

श्री माध्यमिक विद्यालय कर्कच गुठ्ठीको निर्वाचनमा साह कानूले २०१ मतान्तर सहित निर्वाचनमा प्यानल विजयी

रौतहट, २९ भदौ । जिल्लाको देवाही गोनाही नगरपालिका-६ स्थित रहेको श्री माध्यमिक विद्यालय कर्कच गुठ्ठीको विद्यालय व्यवस्थापन समितिको सम्पन्न भएको निर्वाचनमा हरेन्द्र साह कानूको प्यानल विजयी भएका छन् । चार जना सदस्य पदका लागि शुक्रबार भएको निर्वाचनमा हरेन्द्र साह कानू २०१ मत प्राप्त गरी सदस्यमा निर्वाचित भएका छन् ।

साहका निकटतम प्रतिद्वन्द्वी पप्पु  कुमार यादवले ५१ मतले पराजित भएका छन् । यादवका कुल १५० मत प्राप्त गरेका थिए । त्यस्तै साहको प्यानलबाट उम्मेदवारी दिएका हरेन्द्र साह कानू २०१ मत, रीना कुमारी दास २१६ मत किशोरी प्रसाद कुर्मी २१० र नितु कुमारी जयसवाल २१८ मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।

पप्पु कुमार यादवको प्यानलबाट उम्मेदवारी दिएका निकटतम प्रतिद्वन्द्वी पप्पु कुमार यादव १५०, समिता कुमारी कुशवाहा १६० काजल कुमारी झा १६१ र बिनोद कुमार यादव (सुनील) १४० मत तथा स्वतंत्र उम्मेदवार राकेश ठाकुर लोहारले मात्र ३७ मत ल्याएर पराजित भएका छन् । पप्पु यादवले १५० मत प्राप्त गर्दा हरेन्द्र साहले उनी भन्दा ५१ मत बढी हासिल गरी जित हात पार्न सफल भएका छन् ।

श्री माध्यमिक विद्यालय कर्कच गुठ्ठीको व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनका लागि शुक्रबार बिहान ८ :३० बजेदेखि मतदान कार्य सुरु भई ४ बजे सम्पन्न भएको थियो भने मतगणना कार्य साँझ ४:३० बजेदेखि सुरु गरिएको थियो । अन्तिम मत परिणाम राती  सार्वजनिक भएको थियो ।

निर्वाचनमा हरेन्द्र साह र पप्पु यादव पक्षबिच निकै कडा प्रतिस्पर्धा भएको थियो । तर ठुलो मतान्तरले जित हात पारेका छन् । निर्वाचनबाट चार जना सदस्य चुनिएको हो । यी चारजनाबाट नै कोही एकजना अध्यक्ष बन्ने मतदान अधिकृत जिल्ला शिक्षा समन्वय समिति रौतहटको वि. नि. उपेन्द्र सिंहले जानकारी दिए । तर बाराको छतवा बरैनिया, मटिअर्वा, गोपालगंज, सिम्रौनगढ नाकाबाट भने दिउँसो र रातीको समयमा खुलेआम तस्करी भइरहेको पाइएको छ ।