शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बर्दघाटमा बजार अनुगमन

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बर्दघाटमा बजार अनुगमन

परासी, २७ भदौ । पश्चिम नवलपरासीमा सचेतनामूलक बजार अनुगमन गरिएको  छ । जिल्लाको बर्दघाट नगरपालिकामा सचेतनामूलक बजार अनुगमन गरिएको हो । उपभोक्तालाई सचेत गराउँदै बर्दघाट नगरपालिकाको वडा न ४ स्थित रहेको खाद्यान्न पसल होटल रेष्टुरेन्ट उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्वार्थनगर रूपन्देहीले नेतृत्वमा संयुक्त बजार अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा व्यवसायीहरू सचेत रहेको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्वार्थनगर रूपन्देहीका निमित्त निर्देशक ईश्वर चन्द्र अर्यालले जानकारी दिए। उनले भने नियमित रूपले बजार अनुगमन गरिँदै आएको बताए ।सोही क्रममा नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाको वडा ४ को बजार खाद्यान्न पसल होटल रेष्टुरेन्ट उद्योग लगायत पसलहरू अनुगमन गरिएको जानकारी दिए ।म्याद ग्रुजिएको अखाद्य बस्तु नियन्त्रणमा लिई नष्ट गरिएको र होटल रेष्टुरेन्टमा किचनमा सरसफाई नदेखिएकोले त्यस्ता होटल रेष्टुरेन्टलाई किचनमा सरसफाईमा ध्यान दिन निर्देशन दिइएको निमित्त निर्देशक अर्यालले बताए । खाद्यान्न सँगसँगै कुखुराको दानासंगै राखिएको पाइएकोले छुट्टाछुट्टै राख्न निर्देशन दिइएको छ । दुई वटा कुनै सम्बन्धी निकायमा दर्ता नगरी सञ्चालन गरेको पाइएको उक्त दुई वटा पसललाई सम्बन्धी निकायमा दर्ता गरी सञ्चालन गर्न अनुगमन समितिले निर्देशन दिएको छ । बर्दघाट नगरपालिका वडा न ३४ वटा उद्योग र व्यापार पसलको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय उद्योग अधिकृत पुरूषोत्तम पौडेलले जानकारी दिए ।

अनुगमनमा  जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन प्रसाद रेग्मी ,घरेलु तथा साना उद्योग कार्यालय उद्योग अधिकृत पुरूषोत्तम पौडेल,बर्दघाट नगरपालिका लिला बहादुर चौधरी,उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय शाखा अधिकृत नारायण प्रसाद न्यौपाने ,उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय अधिकृत जेदु राम पन्थी,बर्दघाट उद्योग वाणिज्य संघकी प्रतिनिधि नविना ज्ञवाली,बर्दघाट ईलाका प्रहरी कार्यालयका  असई बिन बहादुर बाग्गले पत्रकारहरू सहभागिता रहेको थियो ।