रौतहट, २७ भदौ । जिल्लाको देवाहीगोनाही नगरपालिका धरहरी गाउँका मठको पूजारी गाँजा बिक्री वितरण गरिँदै रंगेहात पक्राउ परेको छ ।देवाही गोनाही नगरपालिका क्षेत्र भित्र रहेको श्री रामजानकी मठको पूजारी ११०० ग्राम गाँजा सहित प्रहरीले पक्राउ गरेको हो।
विगत २० वर्ष देखि श्री रामजानकी मठ धरहरीको महन्त सिकिन्द्र यादवले मठको कार्यभार सम्हालेर चलाइरहेका गाँजा बिक्री वितरण गरिरहेको रहस्य बाहिरिएको छ। देवाही गोनाही नगरपालिका वडा नम्बर ९ धरहरी गाउँका पुरानो मठ(श्री रामजानकी मठ)को पूजारी भएर युवाहरूलाई कुलतमा फसाई रहेको मुख्य आरोपित सिकिन्द्र यादवलाई देवाही गोनाही ईलाका प्रहरीले रङ्गेहात पक्राउ गरेको हो ।
श्री रामजानकी मठका महराजी सिकेन्द्र ३ वटा बिहे गरेर मठमा पुजापाठ गर्दै आइरहेको एक स्थानीयले बताए।उनको तीनवटा श्रीमती छुटापतर गरेको व्यक्तिले धर्मको आडमा कुकर्म कार्यमा संलग्न रहेको स्थानीयले आक्रोश बनेको छ । बुधवार बेलुका ४ बजेको समयमा देवाही गोनाही इलाका प्रहरी कार्यालयका कमाण्डबाट खटिएका टोलीले सुराकीको आधारमा रामजानकी मठको पुजारीले ११०० ग्राम गाँजा तथा ३० वटा गाँजा पुरिया बेच्दै गर्दा रङ्गेहात प्रहरीले पक्राउ गरिएको हो।
श्री रामजानकी मठ धरहरीका पुजारी सिकेन्द्र यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा राखिएको र गाँजा बिक्री वितरण गरेको आरोपमा पुजारी माथि लागू औषध ओसारपसार मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ।