रौतहट, १८ भदौ । नेपाल नेत्रज्योती सङ्घले एसियामै छुटै पहिचान बनाउने दाबी गरेको छ। मधेश प्रदेशको मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख अतिथिमा आर.ए.ए.पी. सर्वेक्षण पुस्तिका विमोचन कार्यक्रममा उक्त दाबी गरिएको हो।
नेपालको सब भन्दा पुरानो संस्थाको रूपमा रहेको नेपाल नेत्रज्योति सङ्घ आँखाको क्षेत्रमा निकै अगाडी फर्को मार्दै 'हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी आँखा सेवामा सबैको साझेदारी' मूल नारालाई अगाडी बढाउँदै आएको छ। सो कार्यक्रमको अध्यक्षता नेपाल नेत्र्ज्योति सङ्घ मधेश प्रदेशका सभापति रबिन्द्रलाल चौधरीले गरेका थिए।
उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा प्रोफेसर डाक्टर चेतराज पनत, विशिष्ट अतिथिको रूपमा श्री श्याम कुमार पोखरेल, गौर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री विजय कुमार सिंह लगायत विभिन्न सरकारी तथा नेपाल नेत्र ज्योति सङ्घका पदाधिकारीहरू, मिडियाकर्मीहरू कर्मचारीहरूको उल्लेख्य रूपमा उपस्थिति रहेका थियो। लामो समय पश्चात् सफलतापूर्वक उक्त कार्यक्रम सम्पन्न भएको गौर आँखा अस्पतालका संयोजक सत्येन्द्र पाण्डेले गोठालो खबरलाई जानकारी दिए।
नेपाल नेत्रज्योति सङ्घले आगामी दिनमा आँखा हुँदैमा कोही उपचारबाट वञ्चित भएर अन्धो नहोस्, जोसँग रकम नभए विगत वर्ष झैँ स्थानीय सरकारदेखि सिंहदरबारसम्मको साथ सहयोगले संयुक्त रूपमा साझेदारीमा सहभागिता हुनेगरी नि :शुल्क रूपमै नेपाल भरि शिविर, सञ्चालन, विद्यालय आँखा कार्यक्रम, विभिन्न थरीका जनचेतना मूलक कार्यक्रम व्यापक रूपमा अभियानकै रूपमा सञ्चालन हुने कुरा जनाउँदै उक्त कार्यक्रम सफलता पूर्वक परिणाममुखी बनाउन स्थानीय सरकार, नेपाल सरकारको अहम् भूमिका हुने सङ्घका पदाधिकारीहरूले आफ्ना कुरा राखेका थिए।
दात्री निकायहरुको सहयोग निरन्तर पाइरहेकोमा सङ्घले धन्यवाद दिँदै मिडियाहरूका भूमिका उल्लेखनीय हुने कुरा समेत उजागर गरे ।