रौतहट, १६ भदौ । रौतहटमा एक गाउँ घरमा विचित्र किसिमको घटना बाहिरिएको छ,जसमा तमसुकको आधारमा कपाली कागज गराई निजको अचल सम्पत्ति हडप्ने गरेको पाइएको छ । जिल्लाको परोहा नगरपालिका वडा नं ८ नरकटियाका शेख जबार र उनका काका महरुम मकशुदको केही जग्गा जमिनमा घरायसी विवाद उत्पन्न हुँदा निजको गाउँ घरका भरभलादमी अगुवाहरूले विवाद मिलाउन नसकेपछि त्यो विवाद मिलाउन शेख जबार हाजी शेख कदिर कहाँ पुग्यो।
ईशनाथ नगरपालिका वडा नं ८ मंसरी टोल निवासी शेख जबारका आफ्ना फुफा मामाको छोरा हाजी शेख कदिरलाई विवाद मिलाउन बोलाए। जग्गा जमिन विवाद मिलाउन पंचायती बस्यो,त्यसमा विवाद मिलाउन पक्ष र विपक्षलाई २० लाखको कपाली तमुसुख गराई हाजी शेख कदीरको जिम्मा लगाइएको थियो । विवाद मिलाउन बाउण्ड पेपर त गराइयो तर विवाद यथावत् रह्यो। केही महिना पछाडि त्यो कपाली कागज शेख कदिर शीत माग्दा म कागज राखेको छैन,कहिले भन्ने मसंग छैन
केही समय पछि कपाली कागज मंगदा महरूम मकसूदकी श्रीमती हसीना को कागज दिए बापत् ३/४ कट्टा जमिन आफ्नो नाममा गराए अनि शेख जबारलाई कपाली कागज बापट २/३ कट्टा जमिन माग्दा दिएन।जिल्ला प्रशासन कार्यालय गौरमा अवैध लेनदेन सम्बन्धी दर्ता न. १३७४ रहेको छ।
करिब १० चोटी भन्दा बढी उपस्थिति पत्र प्रहरी चौकी रामपुर खापमा आएको छ तर विभिन्न बहाना बनाई भारत तिर भागे अहिले घर मा हुदाँहुदै प्रहरीले वास्ता गरेको छैनन् । हाजी शेख कदिरले जमिन न दिएको रिसमा त्यो कपालीलाई सम्माननीय जिल्ला अदालत मा मुद्दा हाल्यो। हाजी कदिरलाई कागजको लागि तगदा गर्दाको र पैसा नलिएको कागज मात्र गराएको मोबाइल रेकोडिंग प्रमाण छ। ईशनाथ नपाको भू पू मेयर संतोष मेहतालाई भनेको, रामचंद्र गिरीलाई भनेको अडियो रेकोडिंग छ। यिनले आफ्नै मुखले भनेको कुरा छ की पैसा लिएको छैन।
सबै प्रमाण हुदाँहुदै पनि निर्दोष, गरिब माथि अन्याय भइरहेको छ।यस्ता बेईमान लालची लाई कडा कार्यवाही होस् भनी स्थानीयले माग गरेका छन् । पीडितले जिल्ला प्रशासन कार्यालय गौर, जिल्ला प्रहरी कार्यालय अनुरोध गरेको छ।