सोमबार ३१ भदौ, २०८१

नेपाली समय

अमरपट्टी नाकाबाट प्रहरीकै मिलेमतोमा तस्करी, सई रंजन सिंह भन्छन्: ‘बसेर कुरा गरौँ न !’

अमरपट्टी नाकाबाट प्रहरीकै मिलेमतोमा तस्करी, सई रंजन सिंह भन्छन्: ‘बसेर कुरा गरौँ न !’

वीरगंज, २६ असार । भारतको सीमासँग जोडिएको पर्साको अमरपट्टी नाकाबाट प्रहरीकै मिलेमतोमा दैनिक लाखौँ मूल्य बराबरको अवैध कारोबार भइरहेको पाइएको छ । प्रहरी चौकी अमरपट्टीका इन्चार्ज सई रंजन सिंहले मासिक लाखौँको नजराना बुझी दैनिक लाखौँ मूल्य बराबरको अवैध कारोबार गराइरहेका छन् । 

नेपालको आर्थिक एवं व्यापारिक क्षेत्र रहेको वीरगंज भन्सार नाकाबाट करिब ७० प्रतिशत राजस्व उठेपछि मुलुकको अर्थव्यवस्था चले पनि आफ्नो पहुँच मधेश प्रदेशको डिआईजीसम्म रहेको भन्दै सई सिंहले तस्करहरूसँग सेटिङ्ग मिलाई लाखौँको अवैध कारोबार गराई रहेका छन् । 

वीरगंज भन्सार क्षेत्र आसपासमा तैनाथ प्रहरी प्रशासनले तस्करीको गतिविधिमा केही हदसम्म कडाई गरेपछि सई सिंहले अमरपट्टी नाकाबाट लत्ता कपडा, कुखुराको चल्ला, प्याज, काजु, कवाडको नाममा जनावरहरूको हड्डी लगायतका सामान तस्करी गराइरहेका छन्  । 

पर्साको ग्रामीण भेगमा पर्ने अमरपट्टी चौकीका सई रंजन सिंहसँग तस्करी भइरहेको बारे प्रतिक्रिया लिँदा उनले मेरो घर पनि वीरगंज भएकोले बसेरै कुरा गरौँ न भन्दै अरू केही बोल्न चाहेनन् । ईलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर राजन ढकालले अब देखी तस्करी नियन्त्रण गरिने बताए । 

यता पर्साका पहरी प्रमुख एसपी कुमोद ढुङ्गेल तस्करी नियन्त्रण गर्न अह्म भूमिका खेलेको देखिए पनि सई सिंहले मधेश प्रदेशको डिआईजीको धाक देखाउँदै विभिन्न बहानामा मुलुकको अर्थतन्त्र ध्वस्त पार्ने र वैध कारोबार गर्ने व्यापारी घारानालाई समेत असर पार्ने गरी तस्करी गराइरहेका छन् ।