थालनी
तपाईकै मुख सिलाइदिन तपाईँसँगै सियो माग्न आउनेछन् । तपाईँकै खुट्टा नंग्याउनको निम्ति तपाईंसँगै जुत्ता माग्न आउनेछन् । तपाईँकै ढाड खुइल्याउनको निम्ति तपाईँसँगै श्रम सिप र साधन माग्न आउनेछन् । होसियार ... हलेदो हाम्ले देखाईदिएका छौँ, नपत्याए सफा सिलौटोमा घोटेर हेर्नु ...।
देश विगतमा जस्तो छैन, हरेक विषयको जानकार राख्न युवाहरू सक्षम छन् । प्रश्न वा प्रति प्रश्न उनीहरुको निम्ति वार वा साईत जुराइरहनु पर्दैन । सहज र सरल भाषा शैलीमा आफ्नो आवश्यकताको औचित्य पुष्टि गर्न सक्षम छन् । विगतको इतिहास मात्र होइन आगतको खाँचो र भविष्य दिशा पनि थाहा छ । यद्यपि दृष्टिगोचरमा अमुक रङ्ग वा फ्लेवर लेपन भएपछि तथ्य सहितको सत्य पहिल्याउन हम्मे पर्ने रहेछ । प्रसङ्गको बेतुक प्रयोगले सम्भव असम्भव र असम्भव सम्भव हुँदै आएको तथ्यलाई आत्मसाथ गर्दै यो संक्षिप्त लेख लेख्दैछु ।
अचेलका युवाहरू आलोचनात्मक चेतका छन्, लोकतन्त्रको मुख्य आयाम भएकोले यसलाई स्वागत गरौँ । तर कुमालेलेले ‘राम्रो माटो’ भन्दै त्यसको सुरक्षाको निम्ति सिरानीमा थन्क्याएर राख्ने हो भने सुन्दर कलाकृति तयार हुँदैन । त्यसैले युवाहरुको आलोचना चेतलाई सृजनशील र सापेक्षिक अग्रगामी बनाउने यो लेखको मनसुवा रहनेछ ।
प्रसङ्ग आजभोली तीनजना नेताहरूको फोटो राखेर पुराना राजनीतिक पार्टीका नेताहरू बेकामे, कार्यकर्ता, झोले, समर्थक र योगदानकर्मीहरु सबै काम नलाग्ने, अनपढ औँठा छापे भन्न हिचकिचाउँदैनन् । हाल भोग्नु परिरहेको सम्पूर्ण विकृति विसङ्गतिको जिम्मा तीनैजना नेताहरूले बराबर दिनुपर्ने जिकिर गर्दछन् । अझ कति अवस्थामा त माओवादी र प्रचण्डले नै सबै जिम्मा बोक्नुपर्ने तर्क तेर्स्याउँछन् ।
हरेक रोगको उपचार त्यसको उद्गम बिन्दु वा स्थानको पहिचान पछि बल्ल सम्भव हुन्छ । त्यस्तै राष्ट्रिय समस्याको समाधानार्थ त्यसको प्रारम्भ र निरन्तरताको इति वृत्तिको जानकारी उतिकै अहम् सवाल हो । उत्तेजनात्म लहडको रूपमा उरालिएको नारा र जुलुसहरूले अराजकता पैदा गर्न सम्भव छ, अस्थिरताको कारक त बन्न सक्छ नै, तर समस्याको निराकरण र दीर्घकालिक समाधान दिने सामर्थ्य राख्दैन । तसर्थ २१ औँ शताब्दीका युवाहरू जोशमा होइन होसमा, अराजकताको निम्ति समस्याको उठान होइन, समाधानको निम्ति जोशजाँघर र बुद्धि वर्कतको प्रयोग आजको माग हो ।
कसरी गर्ने समस्याको पहिचान ?
के आजका युवाहरू पपुलारटी कमाउन, भाइरल मार्फत हिरोइज्म देखाउन चाहन्छन् कि: समस्याको समाधानार्थ तथ्य र तर्कको बिस्कुन लाएर शान्त सुशासित नेपाल चाहन्छन् ? आजको समाजमा भाइहरूले प्रश्न गरेजस्तै भोलीका युवाहरूले भाइहरूसँग उत्तर खोज्नेछन्, त्यसैले जवाफदेहीता कायम गर्दा बेस ।
युवाहरूको दृष्टिकोणमा भ्रष्टाचार वर्तमान समस्याहरूको पहिलो नम्बरमा भन्छन् । झुटो होइन, साँचो हो ! तर त्यसको आजको दुनियाँमा अवस्थिति कहाँ छ ? के केलाई भ्रष्टाचार भन्ने ? कुन अधिकारको दुरुपयोगलाई भ्रष्ट संस्कृतिमा द¥याउँने ? त्यसको इतिहास र वर्तमान बीचको तुलनात्मक अध्ययन कसरी गर्ने ? कसलाई ? कहाँ ? कसले ? कति ? कुन प्रयोजनको लागि ? कुन विधिबाट ? भ्रष्टाचार वा अनियमितता ग¥यो ? तथ्य र प्रमाण सहित बोल्नु र कानूनी र नैतिक तर्क गर्नु आजको युगको माग हो । यसले मात्र युवाहरूले देखेको भ्रष्टाचारको विरुद्ध सुशासनको नीतिगत उपचार हुन्छ ।
नत्र ‘सबै उस्तै हुन् !’ वा ‘सब चोरैचोर हुन् !’ जस्ता अमूक बिम्ब प्रयोग गर्दा काम गर्ने र काम ठग्ने, दुवैलाई एउटै डालोमा मिसाउँदा काम गर्नेले जस र बिगार्नेले दोष पाउँदैन । चोक चौतारोमा बोलिएको आक्रोश केवल अराजकतामा टुङ्गिन्छ, समाधानको छेउ पनि पुग्दैन । के आजका युवाहरू पपुलारटी कमाउन, भाइरल मार्फत हिरोइज्म देखाउन चाहन्छन् कि: समस्याको समाधानार्थ तथ्य र तर्कको बिस्कुन लाएर शान्त सुशासित नेपाल चाहन्छन् ? आजको समाजमा भाइहरूले प्रश्न गरेजस्तै भोलीका युवाहरूले भाइहरूसँग उत्तर खोज्नेछन्, त्यसैले जवाफदेहीता कायम गर्दा बेस ।
उनीहरुको दोस्रो तर्क छ, विश्व कहाँ पुगिसक्यो, नेपाल अविकास र गरिबीमै रुमल्लिएको छ । नवनिर्माण मार्फत छेलोखेलो अवसरहरूको सिर्जना गर्दै नौलो उत्पादन र बजारीकरण गर्न सकिएमा देशका बलिष्ठ पाखुरा विदेशमा भौतारिंदै जोतिनु नपर्ने तर्क प्रस्तुत गर्दछन् । तर्क बेमना सिवय होइन, तर ती भाइहरूले यहाँ पनि तुलना गर्नु जरुरी छ कि: विगतमा हामीले के के उत्पादन गर्दथ्यौँ ? ती कहाँ कहाँ बेच्थ्यौँ ? वा विगतको शासन प्रणालीले कति युवाहरू स्वदेशमा खपत गर्दथ्यो ? कति बिदेसिँदा कुन प्रकारको जिम्मेवारी र दायित्व बहन गर्दथ्यो ? कुन् कुन् देशमा कुन् कन् प्रकारको भिषा सुविधा थियो ? कहाँ कहाँ कसरी भागेर वा लुकेर काम गर्नुपर्दथ्यो ? जबर्जस्त बिदेश गएकाहरू कति प्रतिशत फर्कन्थे वा कतिको बेखवर जिउँदो वा मुर्दा लास बन्थ्यो ? सास र लासको खै खबर क-कसले राख्थे वा राख्ने सामर्थ्य नै राख्दैनथे ?
देश प्रति मायाँ ममता गर्दै त्याग तपस्या र योगदान गर्नेमाथि फत्तुर लाउँदै देश बिगार्ने र बेच्नेलाई चोख्याउने जनता अनि शीरदेखि पुच्छरसम्म बनाउनुपर्ने चाहिँ ...?
तर कुनै पूर्वाग्रहको चस्मा विना हेर्ने सबैले देखेका छन् विगत २५० वर्षको तुलनामा यो १८–२० वर्षमा हजारौँ गुणा नव निर्माण, वस्तु उत्पादन, बजारीकरणद्वारा स्वरोजगार भएका छन् । कृषिमा निर्भर जनसंख्या साना तथा मझौला उत्पादनमा, साना ठूला व्यवसाय र बजारीकरणको दिशामा लागेका छन् । विगतको तुलनामा कयौँ गुणा मानवीय तथा यान्त्रिक श्रमको खपत गरिरहेको छ । बिदेशनै जाँदा पनि हिजो मान्छे नै बेचिन्थ्यो, बाँच्ने मर्ने थाहा हुन्नथ्यो, कमाइको कुरै छोडौँ । तर आज मान्छे होइन उन्नत श्रम बेच्ने अवस्थामा पुगेको छ, सिप र कला कौशल बेच्ने अवस्थामा पुग्ने ठाउँमा छिट्टै पुग्दैछौं, त्यसपछि बुद्धि वर्कत बेच्ने ठाउँमा पनि पुग्ने निश्चित छ ।
यसमा आधुनिक विज्ञान प्रविधिको विकाशले पनि सिर्जनात्मक श्रममा उद्भूत योगदान पु¥याएको छ । श्रम क्षेत्रमा निस्कने वार्षिक ५ लाख श्रम शक्ति मध्ये करिब ३ लाख भन्दा धेरै स्वदेशमै खपत र बाँकी २ लाखको निम्ति विदेशमा उन्नत श्रम वा लगानीको क्षेत्रमा समेत उल्लेखनीय उपस्थिति जनाइसकेको छ । जबकिः विगतमा बल्लतल्ल पुगिने भारतमा निजी व्यवसायको नाममा चना चट्पटको व्यापार समेत गर्न बर्जित थियो, अन्तर्राष्ट्रिय बजारको त कुरै छोडौँ । तर आज कुन देशको कुन सहरमा नेपाली दाजुभाइले व्यवसाय गरेका छैनन् ?
अस्थिर सरकारको कारणले योजना अस्थिर, कार्यक्रम अस्थिर, नीतिगत निर्णयमा आत्मविश्वासको अभाव लगायत विकास निर्माणका हरेक प्रणालीमा अस्थिरताको छायाँ प्रतिबिम्वित छ ।
जहाँसम्म स्वदशमै ठूला तथा मझौला उद्योग कल कारखाना र विविध भौतिक पूर्वाधारको क्षेत्रमा द्रुत विकासद्वारा श्रम सिप र श्रोत साधनको खपत गर्ने सवाल छ, त्यसमा सरकारी निजी र सहकारी क्षेत्रको बृहत् लगानीको वातावरण सरकारले मिलाउने र सरोकारवाला पक्षले पारदर्शी तथा इमान्दार प्रयासको खाँचो छ । आफ्नो जिम्मेवारी र दायित्व निर्वाह नगर्ने अरूको क्षेत्रमा दोष मात्र देखाएर युवा समुदायमा निराशाको व्यापार गर्ने कथित बरिष्ठ नागरिकहरूको बकबासबाट देशका युवाहरूलाई जोगाउने खाँचो तड्कारो छ ।
देश नबनेकोमा सकारात्मक चिन्ता सबैले लिउँ तर आफ्नो भागको जिम्मेवारी र दायित्व निर्वाह गरेर मात्र अरूको विरुद्ध औँला उठाउँदा हामी सत्मार्गमा पुग्छौँ । नत्र टाउको दुख्दा खुट्टामा मालिस बढी भो ... बन्द गरौँ । किनकि देश सबैको हो, बनाउने र जोगाउने दायित्व पनि सबैको हो । देश प्रति मायाँ ममता गर्दै त्याग तपस्या र योगदान गर्नेमाथि फत्तुर लाउँदै देश बिगार्ने र बेच्नेलाई चोख्याउने जनता अनि शीरदेखि पुच्छरसम्म बनाउनुपर्ने चाहिँ ...?
युवाहरूले देखेको तेस्रो समस्या अपारदर्शी अर्थराजनीतिक गतिविधिद्वारा उत्पन्न अराजकता र अस्थिरताको परिणामस्वरुपको गत्यवरोध हो । साँचो हो .., सरकार गठन विघटनको लामो फेहरिस्ता हामीसँग छ । अस्थिर सरकारको कारणले योजना अस्थिर, कार्यक्रम अस्थिर, नीतिगत निर्णयमा आत्मविश्वासको अभाव लगायत विकास निर्माणका हरेक प्रणालीमा अस्थिरताको छायाँ प्रतिबिम्वित छ । युवाहरूले त्यसबाट मुक्तिको निकाश खोज्नु अन्यथा होइन । तर युवाहरूले पनि आफूसँग भएको जोशजाँघरपूर्ण मुक्कालाई अविवेकी हिसाबले जतापायो त्यतै प्रहार गर्दा निस्केको परिणामले साधुलाई सुली चढाउँदै चोरले चौतारो पाएको ख्याल नगर्ने ?
वर्गीय पक्षधरताको सवाल
व्यापारी, व्यवसायी र ठेकेदार तस्कर र माफिया बनेर दलाली, घुसखोरी, र कमिसनखोरी गर्दै सहरमा चुस्ने ! कर्मचारी, प्रशासक र कूटनीतिक नियोगमा बसेर देशी विदेशी रकम घुसखोरी गरेर नीतिगत अपचलन गर्दै चुस्ने ! सरकार र प्रतिपक्षमा बसेर राज्यकोषको अकुत सम्पत्तिमाथि ब्रम्हलुट गर्ने गरिरहेका थिए ।
प्रचण्डको नेतृत्वमा माओवादीले गाउँ-गाउँबाट शोषक सामन्त र सुदखोर लखेट्दै गाउँलाई शोषण विहीन मुक्तक्षेत्र बनाउँदै गर्दा ती लुच्चा र फटाहाको बचाउमा व्यापक सरकारी तथा गैर सरकारी निकायहरूमा न्यायपूर्ण युद्ध दबाउन अनेकौँ नीति योजना बनाउने काँग्रेस एमाले र मण्डलेहरू नै होइन ? माओवादीले बन्दुक समातेको नागरिकलाई कमजोर बनाउन होइन, उनलाई शोषणविहीन बनाएर बलियो बनाउन हो, तर उनीहरू अमानवीय विभेदकारी शोषणमूलक समाजलाई अद्यावधिक राखेर सरकारी सर सुविधामा दायीँ गर्ने हेतुले समाज भाँड्न कोठे बैठक, चोटा बैठक र चोक चौतारीमा झुटा भ्रमपूर्ण अफवाह फैलाउँदै भाषण गर्थे, माओवादी लखेट्न पुलिस लाउँथे ।
जब तिनको फरेवी र झुटले समाजमा काम गरेन, जनताको मायाँ र ममताको ताकतमा पुलिससँग पैठाजोरीमा क्रमशः माओवादी जित्न थाल्यो, तब पार्टीका विभिन्न कमिटीहरूमा निर्णय गरेरै व्यवस्थित सुराकी गर्न थालियो । जनताका प्यारा छोराछोरीहरूलाई अपराधी करार गराउँदै प्रशासनमा सम्भव भएसम्म मासिक, साप्ताहिक रिपोर्टहरू पु¥याउन थालियो । जसको कारणले न्यायप्रेमी, मुक्तिकामी जनताका हजारौँ छोराछोरीहरूको ज्यान गयो । फलस्वरुप सुराकीको सफाया बिना पुलिस कमजोर नहुने, पुलिस कमजोर नभई गाउँका सामन्तहरू नभाग्ने, त्रिकोणात्मक अवस्था सिर्जना भयो ।
त्यसैले एकाध छानिएका सुराकीहरुको सफाया पार्टीले ग¥यो, जसमा एमाले काँग्रेस वा मण्डलेहरू पर्नु स्वाभाविक थियो ... किनकि उनीहरू आवरण जेसुकै भए पनि अन्तर्यमा सुराकी थिए । जसमा एकाध पुरेतहरू पनि पर्न गएको साँचो हो .. तर उनीहरूलाई पेसा, जात, धर्म वा संस्कृति पार्टी कुनै पनि कारणले होइन, उनीहरुको सफाय केवल सुराकी भएकै कारणले भएको आजका युवाहरूलाई बताउनै पर्ने भएको छ ।
खसगरी चौथो विस्तारित बैठक पछि धमाधम पुलिस चौकीमाथि प्रहार केन्द्रित भयो, त्यसको कम्पन सामन्तहरू त गाउँमा बस्ने कुरै भएन, केन्द्रीय सरकार समेत हल्लियो र केन्द्रमा ठूला ठूला नेताहरू समात्ने, बेपत्ता बनाउने क्रम सुरु भयो । त्यसलाई पनि काउन्टर दिन डोल्पाको दुनै कब्जा गरी ठूले राईलाई युद्धबन्दी बनाएपछि सरकार वार्ताको निम्ति तयार भयो । क्रमशः पहिलो दोस्रो र तेस्रो वार्ता सम्म आइपुग्दा युद्धको प्रबृत्ति माओवादी शोषक सामन्त, सुदखोर, जाली फटाहा र विदेशी दलाल नोकरशाहहरुको विरुद्धमा थियो भने काँग्रेस एमाले मण्डलेहरू उनीहरुको पक्षमा थिए ।
हिजो बाउ बाजेहरूलाई गाउँबाट लखेटेर गाउँलेलाई मुक्त बनाउँदा शोषक सामन्तको पक्षमा उभिनेहरू नै हाल सहकारी, मिटरब्याज, लघुवित्तको शोषणको विरुद्ध कानून बनाउँदा सरकारको विरुद्धमा खनिएका छन् । आधुनिक ढङ्गले आएका हरेक भ्रष्टाचार हरेक अनियमितता, सरकारी वा गैर सरकारी आर्थिक अपचलन, नीतिगत तथा राजनीतिक खिचातानी, आदि अनेकौँ काण्ड उनीहरूकै तर्फबाट भइरहेको तथ्य घाम जतिकै छर्लङ्ग छैन र ?
गाउँ-गाउँमा शोषक सामन्त र सुदखोर बनेर जनताको रगत पसिना चुस्ने ! व्यापारी, व्यवसायी र ठेकेदार तस्कर र माफिया बनेर दलाली, घुसखोरी, र कमिसनखोरी गर्दै सहरमा चुस्ने ! कर्मचारी, प्रशासक र कूटनीतिक नियोगमा बसेर देशी विदेशी रकम घुसखोरी गरेर नीतिगत अपचलन गर्दै चुस्ने ! सरकार र प्रतिपक्षमा बसेर राज्यकोषको अकुत सम्पत्तिमाथि ब्रम्हलुट गर्ने गरिरहेका थिए । काँग्रेस एमाले मण्डलेहरूको यस्तो त्रिकोणात्मक शोषणलाई युद्धको चाप र ज्ञानेन्द्रको लातले आधारविहिन बनाईदिएको थियो । परिणामतः माओवादी खोज्न पहिले पुलिस लाउँथे अव पुलिसले उनीहरूलाई नै खोज्न थालेपछि आफै गाउँ ठाउँमा भौँतारिन थाले । र यस्ता अलपत्रे गोत्रका काँग्रेस एमालेलाई लोकतन्त्र ल्याएर बचाएको मात्र होइन पटक पटक प्रधानमन्त्री समेत बनायो । तर अझ यिनको बानी फेरिँदैन ।
जब गाउँका शोषक सामन्त र सुदखोरहरु शहर पसे, अधिकांशले छोरा नाति युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलीया पठाए । माओवादी मन नपराउने, तर शोषक सामन्तहरूको जस्तो हैसियत नपुगेका गाउँले कनिष्ठ एमाले काँग्रेस र मण्डलेका सन्तानहरू उनीहरूकै देखासिखी गर्दै खुन पसिना बेच्न खाडीको प्लेन समात्न पुगे । एमाले काँग्रेस र मण्डलेहरूको गतिलै रहल पहल भेटेका, कुरोको चुरो मिलाउँदै विदेशको लोलीमा बोली मिलाउन जानेका छट्टुहरू शहरमै बसे, एन.जी.ओ. आई. एन.जी.ओ. खोलेर बसे, सहकारी, लघुवित्त, निजी अस्पताल, विभिन्न कन्सल्टन्सी र अन्य सयौंथरीका फर्म खोलेर हरिया, निला, काला डलरखेतीमा लागे ।
यस्तै मान्छेहरू माओवादीलाई कमजोर बनाउँदै एमाले काँग्रेस मण्डले देशमाथि हाबी गराउन मुख्य भूमिका खेल्ने र एमाले काँग्रेस हाबी हुँदा उनीहरू राज्य लुटेर आफू बलियो बन्ने उनीहरुको नियमित कर्म नै बन्यो । गाउँमा बस्दा ‘घिउखाने सहितको चक्रीय ब्याज’ शहरमा आएपछि सहकारी, लघुवित्त, मिटर ब्याजको नाममा आधुनिकीकरण भयो । बाउ बाजेको विरासत पुस्तान्तर गर्दै धानेको भएर उनीहरूलाई सहज र सरल पनि हुँदो हो ।
बुद्धिजीवीहरू देखेको सत्य बोल्दैनन्, सुनेको सत्य बोल्छन् । देखेको तथ्यलाई जस्ताका तस्तै देखाउनुमा मजा मान्दैनन् त्यसलाई त्यसलाई कलात्मक ढङ्गले छोप्दै नक्कली बिम्ब खडा गर्दै भ्रम पार्न सक्नुमा बहादुरी र सन्तोषको श्वास फेर्छन् ।
हिजो बाउ बाजेहरूलाई गाउँबाट लखेटेर गाउँलेलाई मुक्त बनाउँदा शोषक सामन्तको पक्षमा उभिनेहरू नै हाल सहकारी, मिटरब्याज, लघुवित्तको शोषणको विरुद्ध कानून बनाउँदा सरकारको विरुद्धमा खनिएका छन् । आधुनिक ढङ्गले आएका हरेक भ्रष्टाचार हरेक अनियमितता, सरकारी वा गैर सरकारी आर्थिक अपचलन, नीतिगत तथा राजनीतिक खिचातानी, आदि अनेकौँ काण्ड उनीहरूकै तर्फबाट भइरहेको तथ्य घाम जतिकै छर्लङ्ग छैन र ? यद्यपि यति छर्लङ्ग तथ्य लुकाउन आफूलाई बुद्धिजीवी भन्न रुचाउने पेट्टी बुर्जुवा वर्ग कम्मर कसेर लागेका छन् । उनीहरुको अभीष्ट सकभर माओवादीलाई नै हालको सम्पूर्ण विकृति विसङ्गति र बेथितिको जननीको रूपमा प्रस्तुत गर्ने तर्कको खोजी गर्ने नसकिएमा ‘सबै उस्तै हुन्’ ‘सबै चोरैचोर हुन्’ भन्ने भाष्य निर्माण गरेर सुन र पित्तल एकै ठाउँमा राखेर आम नागरिकमा भ्रमको खेती गरिरहने ।
ती बुद्धिजीवीहरू देखेको सत्य बोल्दैनन्, सुनेको सत्य बोल्छन् । देखेको तथ्यलाई जस्ताका तस्तै देखाउनुमा मजा मान्दैनन् त्यसलाई त्यसलाई कलात्मक ढङ्गले छोप्दै नक्कली बिम्ब खडा गर्दै भ्रम पार्न सक्नुमा बहादुरी र सन्तोषको श्वास फेर्छन् । उनीहरू नागरिकको आधारभूत आवश्यकताको सवाल उठाउँदैनन्, भिन्न आवश्यकतामा भिन्न आपूर्तिको कोकोहोलो मच्चाउँदै समाज भाँड्न न्वारान देखिको बल लाउन सक्नुमा मक्ख पर्छन् । वास्तवमा देश बिग्रनुको मूल कारण यही हो, यसैलाई महान् राष्ट्रघात भनिनुपर्छ । तर उनीहरू देश र जनताको आधारभूत आवश्यकता परिपूर्तिको निम्ति ल्याइएको संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई राष्ट्रघातको कडीसँग जोड्छन् ।
बुद्धिजीवी एक प्रकारे भन्दा समाजका आँखा हुन् । तर त्यही आँखाले शोषण अन्याय अत्याचार र विभेदमाथि पूर्णत: चिम्लने, त्यसको विरुद्ध थोरै आवाज उठाउँदा ‘जातीय कुरा गरेर समाज भाँडेको’ विभेदकारी नीतिको थोरै विरोध गर्नेवित्तिकै ‘सामाजिक मर्यादा र परम्परा तोडेको’ भन्न पछि पर्दैनन् । उनीहरुको यो हरकतले शहिद बेपत्ता घाइते, योद्धा र नेताहरूको बदनाम र बेइज्जत त गरेको छ नै उनीहरू समेत मिलेर बनाएको संविधानको समेत हुर्मत लिएको छ । यदि यो सवाल माओवादी मात्र पीडामा पर्ने, उनलाई मात्र सास्ती हुने भए एउटा कुरा उनीहरुको यो गतिविधिले उनैका सन्तान दरसन्तानले समेत लामो समय पीडाको भागिदार बन्नुपर्ने हुन्छ ।
सामाजिक मर्यादा क्रममा बुद्धिजीवी शब्द नै उनीहरुको ब्रण्ड हो । यो ब्राण्ड नै सम्बन्धित व्यक्तिको व्यापारिक चौतारो हो, बाली सपार्ने वा बिगार्ने, असल वा खराब विजन त्यहीँबाट बेचिन्छ ।
प्रचण्ड र माओवादीको कमजोर छँदै नभएको होइन, उनीहरू पनि यही समाजको सिर्जना हो, समाज सुहाउँदो संस्कार, बानी व्यवहार अस्वाभाविक होइन, तर जहाँसम्म नियत र नीतिगत शुद्धताको सवाल छ, ४ पटकको सरकारको नेतृत्व गर्दाको इतिहास हेर्दा थाहा हुन्छ शुद्धतामा उनीहरूलाई जोडा छैन । त्यसैले माओवादीलाई आलोचना गरौँ, व्यक्तिगत र सामूहिक संवाद मार्फत गाली पनि गरौँ, त्यो ध्वंसात्मक होइन सिर्जनात्मक गरौँ, ताकि: माओवादीद्वारा अझै देशले उपलब्धि पाउन सकोस् । र देश र जनताले उनी मार्फत लिएको सकारात्मक योगदानको कदर र उनको त्याग तपस्यामाथि न्याय हुन सकोस् ।
लेखक कलाकार र बुद्धिजीवीहरूसँग किन केन्द्रित छु भने, सामाजिक मर्यादा क्रममा बुद्धिजीवी शब्द नै उनीहरुको ब्रण्ड हो । यो ब्राण्ड नै सम्बन्धित व्यक्तिको व्यापारिक चौतारो हो, बाली सपार्ने वा बिगार्ने, असल वा खराब विजन त्यहीँबाट बेचिन्छ । पसलेको कलाद्वारा असल बिजन खराब भन्दै खराब बिजन असल बताउन सकिन्छ, किसानले पत्याउँछन् । अथवा मौसममा बेमौसमी र बेमौसममा मौसमी भन्दा पनि कसै कसैले पत्याउने परिस्थित बन्न पुग्छ । असल विज्ञापनको सहारामा खराब वस्तु बेच्दा उत्पादनमा त्यसको प्रभाव र परिणाम त देखिन्छ नै, जो तमाम उपभोक्ताले त्यसको नकारात्मकताको भारी बोक्नैपर्छ ।
हरेकलाई प्रचण्ड र माओवादीको कमजोरीमाथि टिप्पणी गर्ने छुट छ, आलोचना प्रत्यालोचना र गाली गर्ने छुट पनि छ । तर आलोचना वा सत्तोसराप गर्दा हरेकले आफूमा रहेको राज्य प्रतिको दायित्व र जिम्मेवारी पूरा गरेर मात्र बोल्दा देश र जनताले न्याय पाउँछन् । उनको योगदानद्वारा आएको लोकतान्त्रिक गणतन्त्र, सहभागितामूलक समानुपातिक समावेशी, आरक्षणको व्यवस्था, धर्मनिरपेक्षता जस्ता मामलाहरूको मर्ममाथि प्रहार गर्ने अधिकार कसैलाई छैन । किनकि त्यसमा हरेक नागरिकको हक अधिकार र जीवन पद्धति को न्यायपूर्ण विनियोजन प्रणाली निहित छ । यदि अन्जानवस प्रचण्ड वा माओवादीमाथि आक्रोशित पूर्वाग्रह पोख्दैछ भने सच्याउन सकिन्छ, तर जानाजान नियतवस गर्दैरहेछ भने समाजले बेलैमा उनलाई चिनेर अलग्याउन सक्नुपर्छ । नत्र किराले हिरा खन्छ ....
तुलना गरौँ ...
आजको नारी पुरुषले दयाले दिएको सारीभित्रको कमारी होइन, आधा आकाश आधा धर्तीकी मालिक्नी बन्न पाएको छ ।
प्रचण्डको पहिलो सरकारको पालामा शहर केन्द्रित विकास र वस्तिलाई गाउँ गाउँमा पु¥याउन मध्य पहाडी लोकमार्ग, हुलाकी राजमार्गको अवधारणा ल्यायो । जसले मध्यपहाडी लोकमार्गमा ३५ देखि ५५ वटा ठूला शहर बन्ने र हुलाकी राजमार्गमा ५५ देखि ८० शहर बस्ने प्रक्षेपण थियो । राजधानीलाई तराईसँग जोड्न, सुरुङ्गमार्ग, द्रुत मार्ग, लगायत विभिन्न पुराना मार्गहरूको स्तरउन्नती, उत्तर दक्षिण जोड्न कोशी करिडोर, गण्डक करिडोर, कर्णाली करिडोर, महाकाली करिडोर, मेची करिडोरको शुभारम्भ भयो । तर एमाले काँग्रेसहरू रणनैतिक महत्वका योजनाहरूको रकम रकमान्तर गर्दै टुक्रे योजनाहरूमा आफूमुखी ठेकेदारहरू लाउँदै कमिसनको खेलोमेलो गर्दै कनिका छरेजस्तो बजेट छर्ने र महत्त्वपूर्ण योजनाहरू अलपत्र पार्ने रणनीतिमा जुट्यो ।
विकास निर्माणमा आएको ज्यादै सुस्तता लाई समाधानार्थ राज्यका ठूला तथा महत्त्वपूर्ण योजनाहरूको निरन्तरतालाई बाचाईराख्न ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणा गरी त्यसमा जुनसुकै पार्टीको सरकार आए पनि बजेट टुटाउन नमिल्ने कानून बनाइदियो । जसको प्रतिफल मेलम्ची बन्यो, सिक्टा सिँचाई आयोजना पूरा भयो, हजारौँ सडक र सयौँ जलविधुत आयोजनाहरू कार्य सञ्चालनमा निरन्तरता पायो । नत्र पहिले एउटा सरकारले थालेको योजनामा अर्को सरकारले बजेट नै नहाल्ने, हालेको बजेटमा पनि गुण्डा प्रयोग गर्दै अनेकौँ दुःख दिने, मजदुर उचालेर काम भाँड्ने, निर्धारित समयमा कार्यसम्पादन भएमा अर्को बजेटमा रकम हाल्न नपाउने र कमिसन नआउने डरले योजना भताभुङ्ग गरिदिने प्रचलन बसेको थियो त्यो बन्द भयो ।
गाउँ-गाउँबाट लखेटिएका किसानहरू बाहेक केही किसानहरू साना किसान बैंकका समेत ऋणी थिए, सामन्तको हातबाट जाली तमसुक जलाउँदै समन्त भगाएपछि जनता मुक्त भएका थिए भने साना किसान बैङ्कको ऋण सरकार आउनेवित्तिकै कुखुरा बाख्रा पाल्न किसानले लिएको १५ देखि ५० हजार रुपैयाँ सम्म लिएका करिब ७ लाख किसानहरूको ऋण मोचन गरिदिए ।
महिलाहरूको हक अधिकारको सुरक्षार्थ ३३ प्रतिशत कोटा, महिलाको नाममा सम्पत्ति राख्दा ५० प्रतिशत राजस्व छुट, सम्पत्ति माथि दाजुभाइ सरहकै हकको व्यवस्था, नारी अस्मिताको सवालमा दुवैको मञ्जुरी बेगर गरिएको सहवासलाई समेत अवैध र दण्डनीय बनायो, डवल विवाहको त संविधानले कल्पनै गरेन । यसरी समग्र नारी जगतलाई चरणकी दासीबाट खसोखस अर्धाङ्गिनी बनायो । जसको परिणाम आजको नारी पुरुषले दयाले दिएको सारीभित्रको कमारी होइन, आधा आकाश आधा धर्तीकी मालिक्नी बन्न पाएको छ ।
दलित, जनजाति, अल्पसंख्यक तथा विभिन्न धर्म सम्प्रदाय, भाषिक तथा सांस्कृतिक समुदाय आदि सबैको हक अधिकारको सुरक्षाको निम्ति समानुपातिक समावेशी र आरक्षणको व्यवस्था ल्याईदिए । जुन कुरा काँग्रेस एमाले र पञ्चेहरूलाई आँखाको धुलो जत्तिकै थियो, त्यसैले मौका पाउनेवित्तिकै त्यसलाई भत्काउन दुलो खोज्दै हिँड्छन् । त्यो बेलामा उनीहरूले उक्त विषयमा सहमति जनाउनुको कारण कुनै जाति भाषा संस्कृति प्रति उनीहरुको प्रेम परेर वा लगाव भएर होइन, ज्ञानेन्द्रले हानेको लात्तीको बदला लिने र अधिनायकवादी शासनको मुट्ठीबाट आफू उम्कने ढोका मात्र खोजेका थिए । यो कुराको पुष्टि लोकतन्त्र आउनेवित्तिकै राजा राख्ने कुनै न कुनै खोपा खोज्दै हिँडेबाट प्रष्ट हुन्छ र त्यो प्रकृयाको अन्त अझै भएको छैन ।
गाउँ-गाउँबाट लखेटिएका किसानहरू बाहेक केही किसानहरू साना किसान बैंकका समेत ऋणी थिए, सामन्तको हातबाट जाली तमसुक जलाउँदै समन्त भगाएपछि जनता मुक्त भएका थिए भने साना किसान बैङ्कको ऋण सरकार आउनेवित्तिकै कुखुरा बाख्रा पाल्न किसानले लिएको १५ देखि ५० हजार रुपैयाँ सम्म लिएका करिब ७ लाख किसानहरूको ऋण मोचन गरिदिए । तर ज्यादै दुखद कुरा ती नै मान्छेहरू एमाले काँग्रेसको गुलिया कुरामा लागेर माओवादीलाई ‘बैङ्क लुटेरा’ भन्दै माओवादी विरुद्ध तथानाम बोल्छन् ।
मध्यरातमा आँखा चिम्लिँदा पनि देखिनेगरी डा. बाबुराम अर्थमन्त्री हुँदा देशमा चमत्कारिक विकास गरेर क्रान्तिको उपलब्धि हरेक जन जनमा पु¥याउने, व्यवस्थासँगै जनताको अवस्था समेत फेर्ने उद्देश्यले चुहिरहेको राजस्वमा कडिकडाउ गरेर धेरै राजस्व उठाइदिए । झुसिलकिराभैं खन्चुवा बानी परेका काँग्रेस एमालेले सरकार पल्टाएर उद्योग कल कारखाना खुल्न प्रयोग गर्नुपर्ने रकम माथि गिद्देदृष्टि लाउँदै कर्मचारी सङ्गठन उठाएर तीन महिना आन्दोलन गर्न लगाएर जम्मा १२ हजार खाइरहेका फस्ट क्लास अफिसरको तलब ५० हजार मागियो र ३५ हजारमा सहित गरी सत्यानाश पारे ।
दोस्रो कार्यकालमा बाटो फराकिलो, लोडसेडिङ मुक्त, संविधान निर्माणको महत्पूर्ण काम, स्वास्थ्य बिमाद्वारा तमाम नागरिकहरूलाई स्वास्थ्यमा पहुँच पु¥याउन महत्त्वपूर्ण रोल खेल्यो, शिक्षामा दोहोरो मापदण्ड नबनाउन सरकारी विद्यालयहरूको स्तरउन्नती र निजी विद्यालयहरूको नियमनको विविध नीतिहरु बनाएर ‘धेरै पैसा धेरै शिक्षा थोरै पैसा थोरै शिक्षा’ को असमानताको बिउलाई निमोठ्ने काम ग¥यो । २० यूनिट सम्म बाल्ने करिब १५ लाख परिवार महसुल छुट जस्ता अनेकौँ निर्णयहरू गरेका छन् । यी सबै नीतिगत र राजनीतिक निर्णयहरूको विरुद्धमा काँग्रेस एमालेले त्यो बेलामा कति तिकडम र जाल झेल प्रपञ्च ग¥यो भन्ने सबैलाई थाहा छ, हाल पनि उनीहरू पाएसम्म देश र जनताले पाएको समानताको अवसर भत्काउन अँध्यारो कुनाबाट चलखेल गरिरहेकै छन् ।
यदि यति नाकै मुनिको सत्य पनि देख्दैन, बुझ्दैन र बोल्दैन भने तिनीहरूको बुद्धिजीवीपनाको लेबल के ? तिनीहरू बेला न कुवेला पत्तर-पत्तर बोल्नुको, लेख्नुको औचित्य के ?
तेस्रो कार्यकाल पनि अघिल्लो दुई कार्यकाल जतिकै चोखो निस्कनुभयो । भ्रष्टाचारको नामोनिशाना भेटिएन, ठूला काण्डहरू एउटै पनि निस्किएन बरु अघिल्ला सरकारहरूको पालामा भएका भ्रष्टाचारहरूको धमाधम फाइलहरू खुलेर नीतिगत र राजनीतिक भ्रष्टाचारको जरा उखेल्न काम ग¥यो । मिटर ब्याज पीडितहरूको माग सम्बोधन गर्दै मिटर ब्याजी विरुद्ध कानून बनाएर हजारौँ बिघा जमिन किसानको हातमा फिर्ता गरायो । सहकारी पीडित, लघुवित्त पीडितहरूको बचत, निच्छेप वा शेयरको सुरक्षाको निम्ति कानून बनायो । उखु पीडितहरूले केपीको पालामा जस्तै सडकमै मर्नु परेन । सरकारले बक्यौता रकम चुक्ता गरिदिने र उद्योगीसँग सरकारले उठाउने विधि ल्याएर किसानमाथि न्याय गरिदियो ।
खर्बौं कमिसन खाएर गिरिबन्धुको जग्गा सट्टापट्टा गर्न मिल्ने कानून नै खारेज गराएर राज्यको सम्पत्ति जोगायो । बाल मन्दिर को जग्गा काण्डको कुरा उठ्दै गर्दा बाँसबारी छलाजुत्ता कारखानाको केश चल्यो र अरुण चौधरी गिरफ्तारी पछि आयल निगम जग्गा घोटाला काण्डका धेरै अपचालित जमिन देखिन आयो, विभिन्न सरकारी कम्पनी वा संस्थानहरूको नाममा रहेको तर काँग्रेस एमालेले राजाकै पालामा व्यक्तिलाई दिइसकेको जग्गाहरू ठाउँ-ठाउँमा देखा प¥यो, तिनलाई पनि राज्यको नाममा फिर्ता ल्याउने पहल भयो, यसरी राज्यको सम्पत्ति काँग्रेस एमाले र मण्डलेहरूले राजाकै पालामा मनमौजी लूट खसौट गरिरहेका लाखौं रोपनी हजारौँ बिघा राज्यकै नाममा ल्याउने पहल भयो । त्यसैको विरुद्ध एमाले काँग्रेसहरूले कुन ढङ्गले पाखुरा सुर्किरहेका छन् सबैलाई थाहा छ ।
यति हुँदा हुँदै पनि तीनवटै टाउको एउटै डालोमा हाल्ने, सबै उस्तै हो, कोही चोखा छैनन्, सब लुटेरै हुन् जस्ता कुतर्क गर्ने पत्रकार, वकिल, बुद्धिजीवीहरूले ... र गोबर छुट्टाउन सकेको मानिन्छ ? अरू कुरा नबुझे पनि कुलमानलाई दुःख दिइरहेको त बुझ्नुपर्ने । कसले जनताको हक अधिकारको रक्षा गर्छ ? कसले हक अधिकारबाट बञ्चित गराउन खोज्छ ? र को को तमासे भएर रमिता हेर्छ ? त्यो त बुझ्नै पर्ने ...। यदि यति नाकै मुनिको सत्य पनि देख्दैन, बुझ्दैन र बोल्दैन भने तिनीहरूको बुद्धिजीवीपनाको लेबल के ? तिनीहरू बेला न कुवेला पत्तर-पत्तर बोल्नुको, लेख्नुको औचित्य के ?
माओवादीलाई रौँ सिरा केलाउन सकिने ठाउँमा ती नै पत्रकार वकिल, बुद्धिजीवी र अन्य समुदायले सराप्दै बोल्न लेख्न एक निमेष पर्खन्छन् ? छेउ कुना मिलाएर भित्ता पुग्ने गरी लेख्न बोल्न वर्णमाला र शब्दकोशको एउटा शब्द बाँकी राख्छन् ? राख्दैनन् ! किनकि उनीहरूलाई आफ्नो लुटेरा वर्गको वर्ग स्वार्थ रक्षा गर्नु छ । एमाले र काँग्रेसको लूट खसौटको पोका पन्तुरामा आफ्नो अंश सुरक्षित गर्नु छ । अथवा देशी विदेशी स्वार्थ मुताबिकको डलरको दाउ र नियुक्तिको भाउ मिलाउनु छ । त्यसैले यस्ताहरूबाट देश र जनताको जनाधिकारको पक्षमा कुलमानको बचाउ थोरैपनि आशा नगरौँ बरु कुलमान हटाएकै निहुँमा बितण्डता मच्चाएर चोरढोकाबाट चिहान खोतल्दै राजतन्त्रको भरिया नबन्ला भन्न सकिन्न ।
अब आशा कसबाट ?
अग्रगमनले आफ्नो अधिकारको रक्षा गर्छ भने प्रतिगमनले प्राप्त अधिकार समेत खोस्छ ।
रोहित वा चित्र बहादुरले के भन्छ छोडौँ, प्रचण्डको आरिसले औडाहामा छटपटिएका वैद्य बाबुरामको कुरा पनि छोडौँ, आफ्नै जिम्मा जिम्मेवारीमा आत्मविश्वासका साथ लागौँ । मिटर व्याजले थलिएका, सहकारीको उत्पीडनबाट डामिएका, बाउ र आमा दुवैको नागरिकता भएर पनि जन्मिएकै भूमिमा अनागरिक बन्नुको पीडा भोगेको लाखौँ नागरिककहाँ पुगौँ । एक गाग्री पानी लिनको निम्ति थाप्लोको छाला खुइलिउञ्जेल नाम्लो बोकेर एक घण्टाको उकाली ओराली ओराली गर्ने दिदी बहिनीकहाँ पुगौँ, दिनभरी तास खेलेर पैसा हार्ने, हारेको झोँकमा भट्टी रित्तिने गरी जाँड ढोक्नी अनि घरमा आएर स्वास्नी कुट्ने पोइको स्वास्नीहरूकहाँ पुगौँ । सौताको धमास देखाउँदै श्रीमतीलाई दाश बनाउने लोग्नेको स्वास्नीकहाँ पुगौँ, कमलरी, हरुवा चरुवा, हली, गोठाला, र कमैयाहरूको खेत खलिहानहरुमा पुगौँ, किनकि गुनको पैँचो तिर्न निम्न वर्गले जानेका हुन्छन् ।
२० यूनिट भन्दा कम बत्ती बाल्ने न्यून आय भएका भुईँ मान्छेहरूकहाँ पुगौँ, हिन्दुवादी सामन्ती सत्ताले किचेर आफ्नो भाषा कला संस्कृति बिर्सिसकेका तर लोकतन्त्र आएपछि क्रमशः बौरीन थालेका समुदायहरूकहाँ पुगौँ । हिजो दर्के पानीमा बलेँसी नभेट्टाउने, चर्को घाममा तिर्खा नमेटाउने दलित अल्पसंख्यक र सीमान्तकृत समुदायकहाँ पुगौँ किनकि उनीहरूले प्रचण्ड र माओवादीको त्याग तपस्याको प्रतिफल बिर्सने छैनन् । उनीहरूलाई थाहा छ, अग्रगमनले आफ्नो अधिकारको रक्षा गर्छ भने प्रतिगमनले प्राप्त अधिकार समेत खोस्छ ।
कथम् कदाचित बिर्सेर वा कसैको बहकाउमा लागेर ‘सबै उस्तै हुन्’ कथित सामन्त पुरातनवादीहरुको रक्षाकवच भिरेर हलेदो चिन्न बेर लाउने हो भने उनैका सन्तान दरसन्तानले दुःख पाउनेछन्, त्यो पनि बताईदिउँ । किनकि एमाले काँग्रेस हिजो जति मात्रामा जनविरोधी थिए, आज पनि त्यति नै छन् । हिजो जति मात्रामा राष्ट्रघाती थिए आज पनि त्यति नै छन् ।
मध्यान्नको घाम जतिकै छर्लङ्ग यो तथ्यलाई बिर्सेर उनैलाई मत दिएर गुण लाउनेहरूलाई यो पनि भनौँ कि: तपाईँले लगाएको गुणको पैँचो बरु कुकुरले मासु पैँचो तिर्ला एमाले काँग्रेसले गुणको पैँचो तिर्न जानेकै छैनन् । उल्टै तपाईँलाई नै चोक्टा चोक्टा पार्नको निम्ति खुकुरीमा साँध लगाइमाग्नेछन् । तपाईकै मुख सिलाइदिन तपाईँसँगै सियो माग्न आउनेछन् । तपाईँकै खुट्टा नंग्याउनको निम्ति तपाईंसँगै जुत्ता माग्न आउनेछन् । तपाईँकै ढाड खुइल्याउनको निम्ति तपाईँसँगै श्रम सिप र साधन माग्न आउनेछन् । होसियार ... हलेदो हाम्ले देखाईदिएका छौँ, नपत्याए सफा सिलौटोमा घोटेर हेर्नु, अझ चित्त नबुझे कुनै रङ्ग नलागेको काँग्रेस र एमालेको फोहर नलागेको ओख्लीमा कुटेर हेर्नु ।
धन्यवाद !
- श्रीराम खाईजु
(भक्तपुर)
(प्रकाशित लेख: लेखकको निजी विचार हो। )