भनिन्छ, नेपाल सतीले सरापेको देश हो, यहाँ सत्य होइन असत्य बिक्छ । नेपाल गरिखानेहरूको होइन ठगी खानेहरूको देश हो, त्यसैले काम गर्नेको नाम ...... भनिन्छ । हिँड्ने गोरुको पुच्छर निमोठ्दै भगाउने अनि नहिँड्ने, नजोत्ने गोरु पालेर बारी बाँझो रहेकोमा गुनासो गर्दै हिँड्ने वाक चातुर्य बकम्फुसहरूको देश हो ।
थालनी
असार १७ गते मध्यराती काँग्रेस एमालेको गोप्य सम्झौता पछि प्रचण्ड सरकार अल्पमतमा प¥यो । काँग्रेस एमाले राजीनामा माग्ने माओवादी राजीनामा नमागी विश्वासको मत माग्ने रणनीतिमा जुटे । राजीनामा दिँदा धारा ७६.२ कै सरकार बन्ने, विश्वासको मत मागेर असफल हुँदा धारा ७६.३ मा पुगेर शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने सुझाव तमाम संविधान विज्ञ तथा बुद्धिजीवीहरूले दिइरहेका थिए । सरकारमा सहभागी पार्टीले समर्थन झिकेर अल्पमतमा परेको स्पष्ट सङ्केत भएको ३० दिन सम्म सरकारी जिम्मेवारी निर्वाह गर्ने मौका छँदा छँदै, तत्कालीन प्रधानमन्त्री प्रचण्डले आठ दिनमै अर्थात् ०८१ असार २८ गतेकै दिनमा विश्वासको मत मागेर सत्ता बहिर्गमनको बाटो रोजे ।
केपी ओलीको नेतृत्वमा बनेको करिब दुई तिहाइ नजिकको सरकार कुन परिवेशमा कसरी ढल्यो ? त्यसैले आफूले नबोली ‘सर्ट टम मेमोरी’का बिचौलियाहरूलाई प्रयोग गरिरहेका छन् । त्यसैलाई रट्टा मार्ने भजनमण्डलीहरु ‘धोखा खाने खाने मिलेर धोखेबाजलाई धोखा दिएको, बल्ल स्वाद पायो ...!’ भन्दै ताली ठटाउँदै छन् ।
क. प्रचण्डको सत्ता बहिर्गमनलाई माओवादी वा प्रचण्ड ‘युग’को अन्त्य भएको ‘सुखद् क्षण’ भन्दै अधिकांश राजनीतिक, आफूलाई बुद्धिजीवी भन्न रुचाउने पेटी बुर्जुवा वर्गले हर्ष मनाएको देखियो । माओवादी विरोधी एकाध बाम र काँग्रेस एमालेका कार्यकर्ताहरूले खुसी मनाउनु पचाउन कठिन छैन, तर जाति जनजाति अल्पसंख्यक तथा सीमान्तकृत समुदाय, दलित, महिला, भिन्न लैङ्गिक समुदाय, आदिका ‘शिक्षित र जान्ने सुन्ने पल्टनेहरू’ प्रचण्डको सत्ता बहिर्गमनलाई उल्लासमय पर्व मान्दै रमाएको हेर्न साँच्चै नै पचाउन मुश्कील रहेछ ।
एमाले काँग्रेसको तर्क छ:– सानो पार्टीले धेरै हैसियत खोज्यो, प्रचण्डको अस्थिरताले देशले दुःख पायो । त्यसैले स्थिर सरकारकारलागि दुई ठूला पार्टीहरू मिल्नै पर्ने अवस्था आएको तर्क गरिरहेका छन् । यो कुरा उनीहरू आफै भन्न लजाइरहेका छन्, किनकि देश दुनियाँले बिर्से पनि उनीहरू आफैले बिर्सन सकेका छैनन् कि: ०४८ पछि काँग्रेसले बहुमत लियो ? कति पटक कुन कुन कारणले सरकार ढल्यो ? केपी ओलीको नेतृत्वमा बनेको करिब दुई तिहाइ नजिकको सरकार कुन परिवेशमा कसरी ढल्यो ? त्यसैले आफूले नबोली ‘सर्ट टम मेमोरी’का बिचौलियाहरूलाई प्रयोग गरिरहेका छन् । त्यसैलाई रट्टा मार्ने भजनमण्डलीहरु ‘धोखा खाने खाने मिलेर धोखेबाजलाई धोखा दिएको, बल्ल स्वाद पायो ...!’ भन्दै ताली ठटाउँदै छन् ।
सत्य के हो ?
शेखर ग्रुपकै केही मतदाताहरूको बदमासीको कारणले माओवादी पक्षको उम्मेदवार हारेर प्रतिपक्षी उम्मेदवारले जित्यो । माओवादीले गुणको पैँचो सुका आना गर्दै तिर्दै जाने, तर माओवादीलाई धोखा दिँदैजाने । यो प्रकृयामा कहीँ कतै ब्रेक लागेन अझै उनैमाथि अस्थिरताको आरोप पनि लाग्ने अभिषप्तता भोगिरहेका छ ।
०७९ मङ्सिर ५ को निर्वाचन तयारीको क्रममा भएको गठबन्धनले प्रष्ट घोषणा गरेको ‘निर्वाचन पश्चातको पहिलो अवधि माओवादी र दोस्रो अवधि एकीकृत समाजवादी र तेस्रो अवधि नेपाली काँग्रेसले नेतृत्व गर्ने’ घोषित उद्घोषलाई ‘माओवादीको कम सिट आएको’ ‘एककृत समाजवादी राष्ट्रिय पार्टी नै नबनेको’ बहानामा सम्झौता तोड्यो ..। उनीहरू यो सोच्दैनन् कि: माओवादीले जम्मा ३२ सिटमा लडेर १८ जितेको हो, काँग्रेसले जस्तो ९६ सिटमा लडेर ५५ सिट मात्र जितेको होइन । आफ्नो भन्दा तीन गुना कम सिटमा लडेर बरावर जितको अपेक्षा गर्नु कतिको जायज र नैतिक हुन्छ ? उनीहरू सोच्दैनन् । अन्य पार्टीसँग हरेक ठाउँमा भोट लिने तर अन्य पार्टीलाई दिने बेलामा मुठ्ठी कसेको अनुभूत हरेक निर्वाचन क्षेत्रमा गरिएको छ, यसको जवाफ दिन उनीहरू आवश्यक ठान्दैनन् ।
उनीहरू कम सिट ल्याएको माओवादीलाई सत्ता हस्तान्तरण गर्नु भन्दा नीति नैतिकता सबै कुरा टुकुचामा मिल्काउँदै धोखा दिनुमा श्रेयस्कर ठान्दै २ घण्टा अलमल्याउने, पाँच बजेपछि धार ७६.३ अनुसार ठूलो पार्टीको नेताको हैसियतमा प्रम बन्ने र सकेसम्म माओवादीलाई लतारेर समर्थन लिने, नसके एमालेसँग मिलेर लोकतन्त्र र जनाधिकारमाथि सक्नेले सकेको ठाउँबाट झट्टी हान्ने अभियानको नेतृत्व गर्ने कुत्सीत अभिप्राय लियो । त्यसैले यो धोखा केवल माओवादी र प्रचण्डलाई दिए झैँ लागेपनि वास्तवमा सात दशक लामो त्याग तपस्या दश वर्षे जनयुद्धको उपलब्धि स्वरूप प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र नै समाप्त पार्ने विशाल जालसाजी लुकेको थियो । अर्थात् यो धोखा देशको निम्ति हो यो धोखा जनताको निम्ति हो । तर माओवादी विरुद्ध झुट र फरेवी सुन्न र सुनाउने बानी परेका जनताहरूले केवल माओवादीले धोखा दिएर एमालेसँग गएको उल्टो आरोप मात्र लगाए ।
२०७९ पुष १० गते एमालेको समर्थनमा प्रचण्ड नेतृत्वमा सरकार बन्यो, विश्वासको मत लिने बेलामा दुई चमत्कार भयो, पहिलो नेपाली काँग्रेसले समेत विश्वासको मत दिने भयो, दोस्रो साँढे दुइघण्टा रोष्ट्रमबाट बोलेका ओलीले ६० प्रतिशत समय संसद विघटन सही भएको, माओवादी र एकीकृत समाजवादीले समेत त्यो कुरा स्वीकारेर मात्र नयाँ गठबन्धन बनेको जस्ता पूर्णतः झुटो र फरेवी मात्र नभई ०७२ को संविधानको बर्खिलाप ०४७ को संविधान हवाला दिन कति धक मानेनन् । अर्थात् उक्त दिन उनको भाषणको सार सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र समग्रमा लोकतान्त्रीक गणतन्त्रकै विरुद्धमा थियो । जुन सामान्य मान्छेहरूलाई सामान्य लागे पनि लोकतान्त्रिक गणतन्त्रका जननीहरूलाई सह्य हुने सवाल थिएन । किनकि यो सवाल केवल माओवादी र प्रचण्डमाथिको मात्र प्रहार थिएन, यो त तमाम जाति जनजाति, दलित, महिला, मुस्लिम र लगायत अल्पसङ्ख्यक समुदायहरूको हक अधिकार खोस्थे सवालसँग सम्बन्धित थियो, जुन कुरा माओवादी आफ्नो प्राणको मूल्यमा समेत छोड्न तयार छैन ।
धर्मनिरपेक्षता खारेज गर्दै ०४७ सालको संविधान फर्काउने ठूलै ग्रण्ड डिजाईन थियो । माओवादीले टाउका काटिन तयार भएर ल्याएको लोकतन्त्रमाथिको यत्रो प्रहार सहनसक्ने सवालै थिएन र शेरबहादुरसँग तत्काल फोन गरी उक्त कृयाकलाप रोक्न लगायो तर बीजारोपण भइसकेको विष वृक्ष उखेल्न त्यति सजिलो छैन । यही पृष्ठभूमिमा तयार भयो एमालेसँगको नयाँ गठबन्धन ।
राष्ट्रपति विधा भण्डारीको ०७९ फुनमा कार्यकाल सकिएर नयाँ राष्ट्रपति चयन गर्ने तयारीको क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको निम्ति काँग्रेसलाई राष्ट्रपति दिने र पावर शेयरिङ्ग मार्फत देशलाई अग्रगामी दिशा दिने र ०७२ को संविधानमा परा गर्न नसकिएको केही अधिकारहरू पूर्ण बनाउने र शान्ति प्रक्रियाको बाँकी कामहरू समेत पुरा गर्ने सल्लाह गरे तर केपी मानेनन्, उल्टै सुवास नेम्वाङ्गलाई उम्मेदवारी दिने, उनलाई माओवादीले सपोर्ट नगरेको अवस्थामा सरकारलाई आफूmल दिएको समर्थन फिर्ता लिने सङ्केत ग¥यो । यद्यपि प्रचण्ड अन्य पार्टीहरूको समर्थनमा बहुमत आउने अपेक्षा सहित सरकार बनेको चौथो महिनामा दोस्रो पटक विश्वासको मत लिनुप¥यो ।
काँग्रेसको समर्थनमा बहुमत जुटे पनि त्यहाँ भित्रका अतिवादी समूहहरूले प्रचण्डसँग प्रतिगामी कोणबाट प्रहार गर्न छोडेनन् । कोशी प्रदेशको तीन पटकको सरकार परिवर्तन, पछिल्लो पटकमा स्थिरताको अभीष्ट राख्दै राप्रपालाई सभामुख दिँदा पनि चित्त नबुझेपछि आफ्नो भागमा परेको संसदीय समितिमा दिपक सिंहलाई दिएपछि राप्रपाको ८ मत कोशी प्रदेशमा माओवादी तर्फका उम्मेदवार इन्द्र आङ्गबोलाई दिन तयार भयो, जसको कारणले अघिल्लो पटकको अस्थिरता स्थिरतामा बदलिने भयो । तर सहमति भएकै राति शेखर कोइराला ८ सांसद बोकेर बालकोट पुगे । बल्ल बल्ल बिस्तारै बल्न थालेको आशाको दियालोमा एक पाथी पानी खन्याएझैँ भयो । यद्यपि प्रचण्डले तत्काल देउवासँग वार्ता गर्दै एकाबिहानै शेखरलाई समेत बालुवाटार बोलाएर गठबन्धन नटुट्ने लिखित गराउँदै शेखरकै उम्मेदवारलाई आधिकारिक मान्ने निर्णयमा पुगेर गठबन्धन जोगाए ।
यथार्थमा काँग्रेस र एमाले दुवैले माओवादीको काँधमा चढेर लोकतन्त्रमाथि गद्दारी गर्दै थिए, धोखा दिँदै थिए । माओवादी यदि अस्थिरता लोकतन्त्र र त्यसका उपलब्धि जनताको हातमा जोगाउनाको केन्द्रित थियो भने काँग्रेस एमालेको अस्थिरता लोकतन्त्र मास्न केन्द्रित थियो । तर लामो समयदेखि माओवादी मासेपछि मात्र आफ्नो दिन फर्कने मौका कुरेर बसेका पेटी बुर्जुवा वर्गले प्रचण्ड नै एक मात्र अस्थिरताको बिउ बताउँदै हिँडे । त्यसकै पछि पछि देश र जनता प्रति कुनै जिम्मेवारी वा दायित्वबोधको अनुभूत नगरेका पल पलमा माओवादी र प्रचण्डलाई सराप्दै नयाँ वा क्रान्तिकारी देखिँदै आएकाहरूले हाँ मा हाँ मिलाइदिए, यही हो आजको सत्य दृष्टिगोचर ।
महिना दिन पनि नबित्दै राष्ट्रिय सभाको निर्वाचन भयो जहाँ शेखर ग्रुपकै केही मतदाताहरूको बदमासीको कारणले माओवादी पक्षको उम्मेदवार हारेर प्रतिपक्षी उम्मेदवारले जित्यो । माओवादीले गुणको पैँचो सुका आना गर्दै तिर्दै जाने, तर माओवादीलाई धोखा दिँदैजाने । यो प्रकृयामा कहीँ कतै ब्रेक लागेन अझै उनैमाथि अस्थिरताको आरोप पनि लाग्ने अभिषप्तता भोगिरहेका छ ।
२०८० मङ्सिरसम्म आइपुग्दा तीनवटा काण्ड आइलाग्यो, पहिलो राष्ट्रिय सभामा रिक्त १९ सदस्यहरूमा निर्वाचनको प्रकृया जहाँ काँग्रेसका अतिवादी शक्तिहरुको धोखा माओवादीले खेप्यो, दोस्रो काँग्रेसकै महाधिवेशनकै समयमा माओवादी र जनयुद्धप्रति हेर्ने दृष्टिकोणले ०७२ को संविधानको खिल्ली उडाएको थियो, जो प्रतिगमनको निम्ति आधारभूमी तयार पार्दथ्यो । त्यही बैठकमा बाहिरै स्टल राखेर हिन्दु अधिराज्य कायम गर्नु पर्ने भन्दै हस्ताक्षर सङ्कलन गरियो, जुन प्रसङ्ग माओवादीकै काँधमा चढेर लोकतन्त्रमाथि गरिएको सबैभन्दा ठूलो प्रहार थियो । जसको दिशा धर्मनिरपेक्षता खारेज गर्दै ०४७ सालको संविधान फर्काउने ठूलै ग्रण्ड डिजाईन थियो । माओवादीले टाउका काटिन तयार भएर ल्याएको लोकतन्त्रमाथिको यत्रो प्रहार सहनसक्ने सवालै थिएन र शेरबहादुरसँग तत्काल फोन गरी उक्त कृयाकलाप रोक्न लगायो तर बीजारोपण भइसकेको विष वृक्ष उखेल्न त्यति सजिलो छैन । यही पृष्ठभूमिमा तयार भयो एमालेसँगको नयाँ गठबन्धन ।
सतही रूपमा सरसरती हेर्दा, राजनीति भित्रको कूटनीति नबुझ्दा माओवादीले दुई ठूला दललाई नचाए जस्तो, पालैपिच्छे दुइटैलाई प्रचण्डले धोखा दिएजस्तो, काँग्रेस एमाले त असाध्यै चोखा जस्तो । तर यथार्थमा काँग्रेस र एमाले दुवैले माओवादीको काँधमा चढेर लोकतन्त्रमाथि गद्दारी गर्दै थिए, धोखा दिँदै थिए । माओवादी यदि अस्थिरता लोकतन्त्र र त्यसका उपलब्धि जनताको हातमा जोगाउनाको केन्द्रित थियो भने काँग्रेस एमालेको अस्थिरता लोकतन्त्र मास्न केन्द्रित थियो । तर लामो समयदेखि माओवादी मासेपछि मात्र आफ्नो दिन फर्कने मौका कुरेर बसेका पेटी बुर्जुवा वर्गले प्रचण्ड नै एक मात्र अस्थिरताको बिउ बताउँदै हिँडे । त्यसकै पछि पछि देश र जनता प्रति कुनै जिम्मेवारी वा दायित्वबोधको अनुभूत नगरेका पल पलमा माओवादी र प्रचण्डलाई सराप्दै नयाँ वा क्रान्तिकारी देखिँदै आएकाहरूले हाँ मा हाँ मिलाइदिए, यही हो आजको सत्य दृष्टिगोचर ।
जनभावना र प्रचण्ड सरकारको संयोग
भनिन्छ, नेपाल सतीले सरापेको देश हो, यहाँ सत्य होइन असत्य बिक्छ । नेपाल गरिखानेहरूको होइन ठगी खानेहरूको देश हो, त्यसैले काम गर्नेको नाम ...... भनिन्छ । हिँड्ने गोरुको पुच्छर निमोठ्दै भगाउने अनि नहिँड्ने, नजोत्ने गोरु पालेर बारी बाँझो रहेकोमा गुनासो गर्दै हिँड्ने वाक चातुर्य बकम्फुसहरूको देश हो ।
भनिन्छ, नेपाल सतीले सरापेको देश हो, यहाँ सत्य होइन असत्य बिक्छ । नेपाल गरिखानेहरूको होइन ठगी खानेहरूको देश हो, त्यसैले काम गर्नेको नाम ...... भनिन्छ । हिँड्ने गोरुको पुच्छर निमोठ्दै भगाउने अनि नहिँड्ने, नजोत्ने गोरु पालेर बारी बाँझो रहेकोमा गुनासो गर्दै हिँड्ने वाक चातुर्य बकम्फुसहरूको देश हो । त्यसैले .. त्यसैले...।
नक्कली भुटानी शरणार्थीको काण्डको छानबिन सुरु हुनेवित्तिकै आत्तिएका अपराधीहरू सकेसम्म आत्तिँदै एकले अर्कालाई ढाडस दिन सुरुमा यो त ‘प्रचण्ड र नारानकाजिले सुरु गरेकै होइन, अमेरिकी दबाब थेग्न नसकेर सुरु गरेको !’ एकोहोरो अनुसन्धान चल्दै गएपछि कहीँ कसैगरी पनि अनुसन्धान नरोकिएपछि ‘माओवादी छोडेर एमालेमा गएका, बादल र टोपबहादुर रायमाझी माथि पूर्वाग्रह साँध्नमात्र केशको फाइल खोलेको’ भन्दै रह्यो । केशले विश्राम लिने छाँट नदेखिएपछि एक पछि अर्को गर्दै उच्च तहका राजनीति र प्रशासनिक उच्च ओहदाका मानिसहरू समातिँदै गएपछि थप आत्तिए । सरोकारवालाहरू सिंगापुर, कलकत्ता लगायत कहाँ कहाँ गए सबैलाई थाहा छ ।
प्रचण्डले सरकार सम्हालेको दोस्रो दिनमा वैदेशिक रोजगारी तथा विभिन्न सरकारी निकायहरूमा लाग्ने लाइन हटाउन विशेष व्यवस्था ल्याए, त्यसैमा प्रशासनिक असङ्गति ल्याएको आरोप लाग्यो ... किनकि लाइन लाग्दा बिचौलियाहरूले काम पाउँथे, मोटा रकमको खेतीपाती हुन्थ्यो त्यसको मूलमै प्रचण्डले बन्ध्याकरण गरिदिए । दोस्रो निर्णय लामो समयदेखि अलपत्र परेको भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला बनाउन ‘नगरपालिकाले जिम्मा लिनु धुर्मुस सुन्तलीले सकारात्मक भूमिका खेल्दा खेल्दै पनि विभिन्न कम्पनीहरूमा रहन गएको उधारो समिति बनाएर सत्य तथ्य पत्ता लगाउने र ऐन बमोजिम बक्यौता चुक्ता गराई रङ्गशालाको काम नरोक्नु’ भन्ने निर्देशन भयो । त्यही सातामा कीर्तिपुरमा भएको क्रिकेट खेल हेर्न जाँदा ‘ज्यानमारा प्रचण्डे रङ्गशाला बनाईदे ....!’ हरेकको मुखबाट नारा गुञ्जियो ।
नक्कली भुटानी शरणार्थीको काण्डको छानबिन सुरु हुनेवित्तिकै आत्तिएका अपराधीहरू सकेसम्म आत्तिँदै एकले अर्कालाई ढाडस दिन सुरुमा यो त ‘प्रचण्ड र नारानकाजिले सुरु गरेकै होइन, अमेरिकी दबाब थेग्न नसकेर सुरु गरेको !’ एकोहोरो अनुसन्धान चल्दै गएपछि कहीँ कसैगरी पनि अनुसन्धान नरोकिएपछि ‘माओवादी छोडेर एमालेमा गएका, बादल र टोपबहादुर रायमाझी माथि पूर्वाग्रह साँध्नमात्र केशको फाइल खोलेको’ भन्दै रह्यो । केशले विश्राम लिने छाँट नदेखिएपछि एक पछि अर्को गर्दै उच्च तहका राजनीति र प्रशासनिक उच्च ओहदाका मानिसहरू समातिँदै गएपछि थप आत्तिए । सरोकारवालाहरू सिंगापुर, कलकत्ता लगायत कहाँ कहाँ गए सबैलाई थाहा छ । यद्यपि सिप नचलेपछि खुम्चिएको दृश्य सबैलाई थाहा छ ।
जब बाँसबारी छाला जुत्ता कारखानाको केश चल्यो, अरुण चौधरी समातियो तब उनले पोले अनुसार आयल निगम जगा घोटलाकाण्ड, भृकुटी कागज कारखानाको जगा बेचबिखनको तयारी गरेको कुरा पनि पत्ता लगायो र तुरुन्त रोक्ने कार्य भयो ।
काम गर्दै जाने क्रममा पदोन्नति र अन्य विभागीय जिम्मेवारीको निहुँमा विमानस्थलमा कार्यरत एस. एस. पी. बिदामा बसे सोही अवधिमा जिम्मेवारी सम्हाल्न आएका कुनै कर्मचारीमार्फत सुन आएको गोप्य सूचना आयो । केपीको रक्षा कवचमा दिपक मलोहत्राको सेटिङ्ग भएकोले त्यहाँको सुरक्षाकर्मी लगायत कर्मचारी संयन्त्रले सुन समात्न नसक्ने तथ्य बुझेका प्रचण्डले आफ्नै विभागीय सुरक्षाकर्मी पठाएर विमानस्थलको गेट नाघेर आइसकेपछि सिनामंगलमा समाते । त्यसपछि फेरी सुरु भयो फण्डा ‘खेती भित्रै किन नसमातेको ?’ ‘बाहिर समात्ने भए सुनको वास्तविक ठेगानासम्म किन नपुगेको ?’ ‘
ड्राइभर समातेर मालिक उम्काएको !’ समय बित्दै गएपछि भन्न थालियो, ‘सुन ल्याएकै माओवादीले हो ....!’ जसले दुनियाँको सामू लाइभ सुन गालेर राज्यकोषमा राख्यो उनैलाई सुन चोर आरोप लायो । त्यो पनि कसले भन्दा जसले ३३ किलो, २२ किलो, ८ किलो ४ किलो सुन समातेर एकाध दिनमा अदालत हाजिर गराउँदा सुन जस्तै पहेँलो पदार्थमा परिवर्तन गराउने बानी परेकाहरूले इमान्दारीतासाथ राज्यकोषमा दर्जा गर्नेमाथि लगाएको आरोप ।
जब बालुवाटार काण्डको छानबिन हुन्थ्यो तब बौलाएका सयौँ अवरोध पन्छाउँदै करिब १२ सयको हाराहारीमा राज्यद्रोहीहरु जेल परे, देशभरकै लाखौँ रोपनी एमाले काँग्रेस पञ्चेहरूले व्यक्तिगत प्रयोजनको निम्ति भू माफियाहरूको हातमा पु¥याएको जग्गा सरकारको स्वामित्वमा ल्यायो । जब बाँसबारी छाला जुत्ता कारखानाको केश चल्यो, अरुण चौधरी समातियो तब उनले पोले अनुसार आयल निगम जगा घोटलाकाण्ड, भृकुटी कागज कारखानाको जगा बेचबिखनको तयारी गरेको कुरा पनि पत्ता लगायो र तुरुन्त रोक्ने कार्य भयो । त्यसतै जिल्ला जिल्लामा सार्वजनिक जमिनको तथ्याङ्क सङ्कलन र सिडिओ कार्यालय मार्फत ७७ जिल्लामै त्यसको रक्षाको निम्ति सम्बन्धित निकायमा पत्र पठायो । यसरी राज्यको सम्पत्ति व्यक्तिले अपचलन गर्ने प्रवृत्तिको पूर्णता निषेध गर्ने र पहिले गरिसकेको समेत फिर्ता ल्याउने प्रक्रियाको शुभारम्भ ग¥यो ।
माओवादी जनयुद्ध चल्दै गर्दा कब्जा गरिएको बैङ्कको हवाला दिँदै जसले जेसुकै भनेपनि एक जना बचतकर्ता वा सियर होल्डरको रकम पनि सङ्कटमा परेको थिएन, तर दुर्गाको आन्दोलनले कतिको बचत सङ्कटमा प¥यो ? कतिको निच्छेप सङ्कटमा प¥यो ? त्यसको लेखाजोखा र जिम्मेवारी कसले ग्रहण गर्ने ?
सरकार गठन गरेर विश्वासको मत लिन पाएको छैन, मिटर ब्याज पीडितहरू माइतीघर मण्डलामा आई पुगे तेस्रो दिनमै प्रधानमन्त्री आफैले ऐन नै ल्याएर मिटरब्याजलाई अपराध घोषित गरेर पीडितहरूको करिब हजार विधा जमिन फिर्ता गर्न सफल भयो । अर्को हप्तामा लघुवित्त पीडितहरूको जुलुसले रत्नपार्क घुम्दै मण्डलामा डेरा जमायो, त्यसको पनि विधि बनाएर समाधानको बाटो खोजे । अर्को हप्तामा सहकारी पीडितहरूको आन्दोलन सुरु भयो, त्यति नै बेला झापामा दुर्गा प्रसाईँले राजा लगेर उत्पात मच्चाए । जसको घोषित उद्देश्य नै सहकारीहरू सबै ठग हुन् उनीहरुको साँवा ब्याज किस्ता केही पनि तिर्नु नपर्ने भन्दै अभियान चलायो ।
करिब चार–पाँच महिना देशभरिका कुनै पनि सहकारीहरूको राम्रो कारोबार नहुने परिस्थिति जन्माइदियो । जस्तोसुकै राम्रो चलेको सहकारी पनि अर्थ चक्रको एक भागमा घाउ लागेपछि पूर्ण चक्रमा समस्या आउनु स्वाभाविकै छ । जसको कारणले करोडौँ नागरिकहरूको बचत डुब्यो, लाखौँ शेयर होल्डरहरूको लगानी डुब्यो लगभग १०० वटा सहकारीहरू भाग्न विवश बन्यो ।
यसमा सहकारीका आफ्नो व्यवस्थापकीय भूमिकाहरुलेपनि काम गरेको होला .. तर मुख्य कारक अर्थ चक्रमा आएको समस्या नै हो, जो दुर्गाको आन्दोलनबाट सिर्जना भयो । माओवादी जनयुद्ध चल्दै गर्दा कब्जा गरिएको बैङ्कको हवाला दिँदै जसले जेसुकै भनेपनि एक जना बचतकर्ता वा सियर होल्डरको रकम पनि सङ्कटमा परेको थिएन, तर दुर्गाको आन्दोलनले कतिको बचत सङ्कटमा प¥यो ? कतिको निच्छेप सङ्कटमा प¥यो ? त्यसको लेखाजोखा र जिम्मेवारी कसले ग्रहण गर्ने ?
उखु किसानहरूको पीडा हालसालैको होइन, हरेक सरकारको पालामा उखु किसानहरू माइतीघर आउने र महिनौँ आन्दोलित बनेर रित्तो हातै फर्कने प्रचलन थियो, केपी ओलीको पालामा त चारजना जाडोले कठाङ्ग्रिएर मर्दा समेत वार्ता नै गर्न रुचाएका थिएनन् तर प्रचण्डको सरकार आएपछि एकाध दिनमा नै वार्तामा बसेर उनीहरुको बक्यौता सरकारले तिर्ने र सरकाले उद्योगीहरूसँग उठाउने बाटो खोलिदिए । बेलैमा पुस्तक पु¥याउने, इतिहासमै नाफामा नपुगेका आयल निगम नाफामा, इतिहासमै नाफामा नपुगेको वायुसेवा निगम नाफामा, प्राधिकरण नाफामा लगायत देशमा रहेका हरेक निगम र सरकारी संस्थानहरू नाफामा पु¥याउन प्रचण्डले सञ्चालन गरेको सुशासनको अभियान आधारस्तम्भ बन्यो ।
विपद् व्यवस्थापनमा चाहे जाजरकोटको भूकम्प होस् चाहे युक्रेनको, चाहे बाढी पहिरो वा चाहे हमासको आक्रमणबाट उद्धारको सवाल होस् तत्काल उद्धारको प्रकृया चलाउन यो भन्दा अगाडिको सकार कहिल्यैपनि तदारुकता देखाएका थिएनन्, तर प्रचण्डको सरकारले हरेक नागरिक प्रति आफ्नो जिम्मेवारी निर्वाह गरेर आफूलाई साँच्चैको देश र जनताको अभिभावकको रूपमा उभ्यायो । जनताको पक्षमा गरिएका यस्ता हजारौँ कामहरूको फेहरिस्त लगाउन सकिन्छ, तर माओवादीलाई गाली नगरी आफ्नो लूट धन्दा नजोगिने, अस्तित्व नजोगिने प्रस्टै देखेका पुरातन सामन्तवाद र दलाल तथा नोकरशाहहरुका आसेपासेहरू विपक्षमा चिच्याइरहेका छन् । आफ्नै कमजोरीका कारणले विवादमा आएका पल शाह र सजिप लामिछानेको सवालमा पक्ष वा विपक्ष दुवैको तारो सरकार नै बन्यो । करिब एक वर्ष सरकारलाई सराप्ने मुख्य विषय नै नारी स्वतन्त्रता ल्याएर माओवादीले अपराध गरेझैँ व्याख्या सुनिरहनुप¥यो ।
अव के हुन्छ ?
विभिन्न केशहरूका मुख्य पात्र समातिँदै जाँदा, अन्य केशहरू समेत फाइल खुल्ने अन्तिम तयारी गर्दै गर्दा सरकार ढालेर नयाँ बनाएर आफू र आफ्ना आसेपासे जोगाएको तथ्य नभुलौँ । यस्तो सरकारबाट नयाँ फाइल खुल्ला, देश जनताको अधिकारको रक्षा गर्ला भनेर के आशा गर्ने बल्कीः राम्रो काम गर्नेहरूलाई सजाय र नराम्रो काम गर्नेहरूले पुरस्कार पाउँदै जाने निश्चित छ, जसको प्रारम्भ, नक्कली भुटानी काण्डका अधिकृत सरुवा, कुलमानमाथिको दुर्व्यवहार आदिले देखाइसकेको छ ।
प्रचण्डको सरकार नराम्रो गर्दा गर्दै ढलेको होइन, राम्रो गर्दा गर्दै ढलेको हुँदा सङ्कट अनुभूत गरेर ढलाईन्छ भने उनीहरुको सङ्कट भनेको के हो ? आफै बुझ्न सकिन्छ । आफैले भ्रष्टाचार गरेको होइन अघिल्लो सरकारहरूको पालामा भएका भएका भ्रष्टाचार र अनियमितताको अर्थ राजनीतिक ढङ्गले नै समाधानको पहल गर्दै गर्दा ढालेर बनाएको नयाँ सरकारले के गर्छ स्वाभाविक अनुमान लगाउन सकिन्छ ।
विभिन्न केशहरूका मुख्य पात्र समातिँदै जाँदा, अन्य केशहरू समेत फाइल खुल्ने अन्तिम तयारी गर्दै गर्दा सरकार ढालेर नयाँ बनाएर आफू र आफ्ना आसेपासे जोगाएको तथ्य नभुलौँ । यस्तो सरकारबाट नयाँ फाइल खुल्ला, देश जनताको अधिकारको रक्षा गर्ला भनेर के आशा गर्ने बल्कीः राम्रो काम गर्नेहरूलाई सजाय र नराम्रो काम गर्नेहरूले पुरस्कार पाउँदै जाने निश्चित छ, जसको प्रारम्भ, नक्कली भुटानी काण्डका अधिकृत सरुवा, कुलमानमाथिको दुर्व्यवहार आदिले देखाइसकेको छ ।
प्रचण्डको हरेक कार्यकाल भ्रष्टाचार अनियमितता र माफियाखोरहरुको नीद हराम गराएर आफू इमान्दार र शुद्ध रूपमा निस्किएका छन् जसले माथिको दलाली गर्दै तलकालाई निचोर्दै आएका बिचौलियाहरूलाई चित्त बुझेको छैन, त्यसैले नयाँ सरकारले यो प्रक्रियाको अन्त्य गर्दै आसेपासे पुँजीको प्रश्रय दिनेछन् जसले देशका तमाम जाति जनजाति र अल्पसङ्ख्यकहरूले आफ्नो सामर्थ्य गुमाउने र हरेक प्रकारको सामर्थ्य सत्ताधारी जाती, वर्गको आसपासमै केन्द्रित हुनेछ । प्रचण्डको बहिर्गमनमा खुसी हुने वा दुःखी हुने तपाईँको कुरा ...। जो मर्जी .. २०८१–०४–२१
- श्रीराम खाईजु
(भक्तपुर)
(प्रकाशित लेख: लेखकको निजी विचार हो। )