बुधबार ३० माघ, २०८१

नेपाली समय

पूर्व विधायक कुशवाहा एमालेको केन्द्रीय सदस्यमा मनोनित

पूर्व विधायक कुशवाहा एमालेको केन्द्रीय सदस्यमा मनोनित

रौतहट, १७ साउन । जिल्लाको क्षेत्र नम्बर ३ केही महिना अगाडी प्रभु साहको पार्टी छाडेर नेकपा एमाले प्रवेश गरेका रौतहटका कुन्दन कुशवाह नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन । बिहीबार नेकपा एमालेको सचिवालय बैठकले कुशवाहा लगायत १७ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएकोको हो ।

नेकपा एमालेको नयाँ केन्द्रीय सदस्यहरूमा सुवास कर्मचार्य, कुन्दन कुशवाहा, जितेन्द्र देव, रामपृत राम, कृष्णभक्त पोखरेल,कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जवेगु रहेका छन ।

२०७४ सालको निर्वाचनमा नेकपा माओवादीको तर्फबाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित कुशवाह नेकपा एमालेको १३ औँ महाअधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०७९ सालको संघिय तथा प्रदेश सभाको निर्वाचनमा एमाले संग प्रभु साहसँगै गएका कुशवाहा केही महिना अगाडी नेकपा एमालेमा प्रवेश गरेका थिए । यसैबिच एमालेले सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज हेरफेरको निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार, कोसीको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरख बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट तोकिएका छन् । अर्याल र भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरिएका हुन् ।

त्यस्तै, पार्टीले उपाध्यक्षमा गुरु बराल, स्थायी कमिटी सदस्यमा लिलानाथ श्रेष्ठ र मुकुन्द न्यौपानेलाई मनोनीत गरेको छ ।