रौतहट, १२ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ताले वर्तमान सरकार अर्थतन्त्र मजबुत तथा जनआँकंक्षा अनुरूप कार्य गर्नको लागी बनेको बताएका छन । रौतहट दृष्टि साप्ताहिक को १७ औ वार्षिक उत्सवको अवसरमा सम्बोधन गर्दै केन्द्रीय सदस्य गुप्ताले उक्त कुरा बताएका हुन ।
देशको स्थिति खराब हुँदै गएकोले देशका अर्थतन्त्र बलियो बनाउन, विचराधीनमा रहेको कानुन निर्माण गर्न नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको उद्देश्य रहेको नेकपा एमालेका केन्द्रीय सदस्य गुप्ताले बताए । प्रधानमन्त्री केपी शर्मा ओली बनेको दिन नै शेयर बजार उच्चमा पुगेकोले जनतामा उत्साह फैलिएको बताउँदै उनले जनताको विकास , सुशासन , शान्ति अमनचयन का लागी वर्तमान सरकारको आवश्यकता रहेको बताए ।
देशको अर्थतन्त्र बलियो नभए पत्रकारिता क्षेत्र पनि नफस्टाउने उनले बताउँदै व्यापार धराशायी अवस्थामा रहेको अवगत उनले गराए । रौतहटका पत्रकारहरू एकजुट भए मात्र पत्रकारिता क्षेत्रको अवस्थामा सुधार हुने उनले बताउँदै पत्रकार माथि विभिन्न समयमा लाग्ने आरोप प्रत्यारोपको निराकरण हुने गुप्ताले बताए । पत्रकारिता क्षेत्र र राजनीतिक क्षेत्र सेवाको भावनाले अगाडी बढ्ने क्षेत्र रहेको उनले अवगत गराएका थिए ।
रौतहट दृष्टि साप्ताहिक परिवारलाई धन्यवाद दिँदै नेकपा एमालेका केन्द्रीय सदस्य गुप्ताले मैले धेरै जनालाई सम्मान गरेको छु तर आज मैले गरिएको द्वय पत्रकार श्रीमान् नारायण मिश्र र संजय साह मित्रलाई गरिएको सम्मान मेरो जीवनका लागी स्मरण रहने बताए । वरिष्ठ पत्रकार श्रीमान् नारायण मिश्रले फेसबुकबाट गरिने पत्रकारिताले पत्रकारको स्तर घटाएको बताए ।
बाज्जिका भाषाका लागी अहम् भूमिका निर्वाह गर्दै आएका पत्रकार तथा लेखक संजय साहले रौतहट दृष्टि साप्ताहिक पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दै पत्रकारिता क्षेत्रमा देखिएको विकृति विसंगतिलाई हामीले नै हटाउने प्रयास गर्नु पर्ने धारणा राखेका थिए । रेड टेलिभिजनका सञ्चालक तथा अध्यक्ष जयप्रकाश यादवले पत्रकार माथि भेदभाव भई रहेको बताए । स्थानीय तहले पत्रकारिता क्षेत्रलाई बदनाम गराउन लागी रहेकोले सबै पत्रकार साथी सजग र सचेत हुन उनले आग्रह गरे । रौतहट दृष्टि साप्ताहिक पत्रिकाले असल पत्रकारिता धर्म निर्वाह गरिने त्यतिलाई सम्मान गरेकोले उनले पत्रिका परिवारलाई धन्यवाद दिएका थिए ।
रौतहट दृष्टि साप्ताहिकका प्रधान सम्पादक शैलेन्द्र झाको अध्यक्षतामा प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष आदर्श उपाध्याय , दिव्य जागरणका प्रकाशक सम्पादक राम एकवाल साह लगायतका वक्ताहरूले पत्रिकाको शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । वरिष्ठ पत्रकार श्रीमान् नारायण मिश्र लाई रौतहट दृष्टि साप्ताहिकले नगद रु २५०० र प्रशंसा पत्र पत्रकार एव लेखक संजय साहलाई नगर रु २५०० र प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रम सञ्चालन दिनेश यादवले गरेका थिए भन्ने कार्यक्रममा रौतहटका अधिकांश पत्रकारहरूको सहभागिता रहेको थियो ।